• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पत्रकारिताका सात महापाप

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  ११:५७
1140x725

सात सामाजिक महापापबारे सुन्नु भएकै होला। (क) परिश्रम बिनाको सम्पति, (ख) विवेक बिनाको सुख, (ग) चरित्र बिनाको ज्ञान, (घ) चरित्र बिनाको व्यापार, (ङ) मानवीयता बिनाको विज्ञान, (च) त्याग बिनाको धर्म र (छ) सिद्धान्त बिनाको राजनीति। 

यी महापापहरुबारे बेलायतको पादरी फ्रेडरिक लेविसले सन् १९२५ मार्च २० मा चर्चा गरेका थिए। तर भारतका राष्ट्रपिता महात्मा गान्धीले त्यसै वर्षको अक्टोबर २२ मा ‘योङ इन्डिया’ साप्ताहिक यी महापापहरुबारे लेखेपछि त्यसले विश्वव्यापी चर्चा पायो।

पत्रकारितामा पनि सात महापापहरुबारे चर्चा हुने गर्छ। अमेरिकाका जर्ज वेस्टिङहाउस कलेज र सिएरा नाभदा कलेज अफ जर्नलिजमले ‘ल एन्ड एथिक्स्’ पुस्तकबाट ‘द सेभेन डेड्ली सिन्स्’ (सात महापापहरु) शीर्षकको अनुच्छेद आ–आफ्नो वेबसाइटमा राखेका छन्। यस आलेखमा तिनै महापापहरुको चर्चा गरिएको छ। 

१. छद्मभेषी रिपोर्टिङ गर्नु : पत्रकारले आफ्नो परिचय बदलेर समाचारका लागि सूचना प्राप्त गर्नु पहिलो महापाप हो। सामान्यतः सूचना प्राप्त गर्नका लागि पत्रकारले आफ्नो परिचय लुकाउनु हुँदैन। साथै, अर्कै प्रयोजनका लागि लिइएको सूचना स्रोतको अनुमतिबिना समाचारको रुपमा प्रयोग गर्नु हुँदैन।यसले विश्वसनीयतालाई समाप्त पार्छ। उदाहरणका लागि कुनै पत्रकारले डाक्टर वा नर्सको भेष धारण गरी अस्पतालमा कुनै व्यक्तिका स्वास्थ्यसम्बन्धी निजी विवरणहरु लिएर प्रकाशन/प्रसारण गर्नु हुँदैन। पत्रकारले सुरक्षाकर्मीको रुप धारण गरेर कसैको घरभित्र पसी कुनै सूचना प्राप्त गर्ने वा प्रकाशन/प्रसारण गर्ने प्रयास गर्नु हुँदैन। पत्रकारले कुनै होटलमा ग्राहक बनेर बसी त्यहाँ बसेको कुनै अर्को व्यक्तिको गतिविधि समेटेर समाचार प्रकाशन/प्रसारण गर्नु हुँदैन। 

अमेरिका, भारत, न्युजिल्यान्ड जस्ता देशमा स्टिङ अपरेसनलाई मान्यता दिइएको छ भने स्विडेन जस्ता कतिपय देशमा छद्मभेषी रिपोर्टिङलाई अपराध मानिन्छ।

तर निम्न तीन अवस्थामा छद्मभेष धारण गरी प्राप्त गरिएको सूचनालाई जायज मान्न सकिन्छः (क) यदि कुनै सूचना प्रकाशन/प्रसारण गर्नु सार्वजनिक चासोको हिसाबले महत्वपूर्ण छ भने, जस्तैः कुनै सनसनीपूर्ण भ्रष्टाचार वा हत्या वा बलात्कारको विषय, (ख) यदि कुनै अपराध भइरहेको वा हुन सक्ने अवस्थाको जानकारी छ, तथ्य प्रमाणको अभाव रहेको अवस्था छ र सूचना सार्वजनिक गर्दा त्यस्तो अपराध रोकिने अवस्था छ भने, (ग) यदि कुनै सूचना प्राप्त गर्ने सबै वैधानिक उपायहरु अबलम्बन गरिएको छ तर त्यसबाट सफलता नमिलेको अवस्था छ भने। यस्तो समाचार प्रकाशन/प्रसारण गर्दा उनीहरुले सम्बन्धित समाचार संस्थाको औपचारिक स्वीकृति लिनुपर्छ र उपलब्ध सूचना तोकिएको उद्देश्यका लागि मात्र प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरिनुपर्दछ। साथै समाचार प्रकाशन/प्रसारण गर्दा भेष बदलेर सूचना लिन खटिएका पत्रकारहरुले आफ्नो सक्कली परिचय, भेष बदलेर सूचना लिनुपर्ने कारण र त्यसरी सूचना लिन प्रयोग गरिएको विधिको यथार्थ जानकारी पनि समेट्नुपर्छ।

अमेरिका, भारत, न्युजिल्यान्ड जस्ता देशमा स्टिङ अपरेसनलाई मान्यता दिइएको छ भने स्विडेन जस्ता कतिपय देशमा छद्मभेषी रिपोर्टिङलाई अपराध मानिन्छ। पत्रकार आचारसंहिता–२०७३ ले छद्मभेषी रिपोर्टिङलाई स्पष्ट व्याख्या गरेको छैन तर दफा ४(९) मा व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्ने पत्रकारको दायित्व भए पनि 'सार्वजनिक हितमा त्यस्तो सूचना वा सामग्री सम्प्रेषण भएमा' त्यसलाई गोपनीयताको हकको उल्लंघन नमानिने जनाइएको छ। त्यसैगरी दफा ११(२) मा 'सार्वजनिक हितका लागि प्रविधिको गोप्य रूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामग्री प्रस्तुत गर्दा पाठक, स्रोता वा दर्शकलाई जानकारी दिनुपर्दछ' भनिएको छ।

२. स्वार्थ बाझिनु : पत्रकारिताका आधारभूत मूल्यमान्यताहरुसँग पत्रकारका गतिविधिहरु बाझिनु हुँदैन। पत्रकारिताका आफ्नै मूल्यमान्यता हुन्छन्, जस्तैः समाचारको सत्यता खोज्ने, विषयवस्तुको सन्तुलित प्रस्तुति दिने, तथ्यमा आधारित भएर विश्लेषण गर्ने, पूर्वाग्रहमुक्त भएर समाचार/समीक्षा लेख्ने, आफ्नो समाचारप्रति जवाफदेही हुने आदि। कसैले प्रायोजन गरेको खानपिन, यातायात खर्च, भत्ता, सम्मान, घुस आदि प्राप्त गरेबापत सकारात्मक समाचार लेख्नु वा पत्रकारले कुनै समाचार लेखिदिएर वा नलेखिदिएबापत आफन्तहरुको जागिर, पढाइ वा अन्य अवसरका लागि सौदाबाजी गर्नु पत्रकारिताको दृष्टिकोणबाट दोस्रो जघन्य अपराध वा महापाप हो। 

nimb
nimb
Ncell 2
Ncell 2

पत्रकारको पेसागत मूल्यमान्यतासँग उसको व्यक्तिगत स्वार्थ बाझिन सक्ने केही उदाहरण हेरौं :
(क) कुनै पत्रकार एउटा राजनीतिक दलप्रति झुकाव राख्छ र त्यही दलका गतिविधिहरुको रिपोर्टिङ गर्छ, (ख) एउटा पत्रकार कुनै नगरपालिकाको मेयरकी छोरीसँग बिहे गरेको छ र ऊ त्यही नगरपालिकाका गतिविधिहरुबारे समाचार लेख्छ, (ग) कुनै पत्रकारले कुनै संस्थाका गतिविधिहरुबारे रिपोर्टिङ गरिदिएर आफन्तलाई त्यही जागिर खुवाएको छ, (घ) कुनै पत्रकारले कुनै संस्थाको समाचार रिपोर्टिङ गर्नुका साथै त्यहाँ उपलब्ध हुने विज्ञापन पनि लिएर जान्छ, (ङ) एउटा पत्रकार कुनै संस्थाबाट आकर्षक भत्ता लिएर वा कुनै स्थानमा जाने, घुम्ने वा रमाइलो गर्ने सुविधा पाए मात्रै कुनै विषयको समाचार लेख्न/प्रसारण गर्न चाहन्छ।

कुनै खराब व्यापारीले खाद्यान्नमा मिसावट गरेजस्तो खराब पत्रकारले समाचारमा प्रायोजित विचारहरु मिसाउँछ र पाठकको मन/विचारलाई धुमिल्याउँछ। त्यसैले यो पत्रकारिताको अर्को महापाप हो।

क्यानडेली पत्रकार संघले तयार पारेको आचारसहिंताको ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ खण्डमा भनिएको छ– कुनै पनि पत्रकार पत्रकारिताका मूल्यमान्यतासँग प्रतिकूल प्रभाव पार्ने गतिविधिमा संलग्न हुन चाहेमा (जस्तै: राजनीतिक उम्मेदवारी, व्यापार र नियुक्ति आदि) सार्वजनिक रुपमा आफ्नो संलग्नता र योजना सार्वजनिक गर्नुपर्छ र स्वार्थ बाझिने भए पत्रकारिता त्याग्नुपर्छ। पत्रकार आचारसंहिता–२०७३ को दफा ४(१०) मा प्रायोजित भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता अपनाउन र त्यस्तो प्रायोजनार्थ लेखिएको समाचारमा सहयोग दिने संस्थाको विवरण र निहित उद्देश्य खुलाउन निर्देशन गरिएको छ भने दफा ५(१३) मा पेसागत मर्यादामा प्रतिकूल प्रभाव पर्नेगरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार, सम्मान वा सुविधा लिनु हुन्न भनिएको छ। 

३. पूर्वाग्रह राख्नु : तथ्यहरुलाई पक्षपातपूर्ण ढंगले प्रस्तुत गरेर कसैको पक्ष वा विपक्षमा लेख्ने कामलाई मिडिया पूर्वाग्रह भनिन्छ, जसले गर्दा पाठक कुनै खास किसिमको विचार ग्रहण गर्न वा त्यसबाट प्रभावित हुन बाध्य हुन्छन्। स्तम्भकारहरु कुनै खास पक्षमा तर्क गर्न स्वतन्त्र हुन्छन्। विश्लेषकहरुले पनि पक्ष वा विपक्षमा लेख्न बोल्न पाउँछन्। तर पत्रकारहरु तटस्थ रहनुपर्छ। तथ्यमा आधारित भएर लेख्नु/बोल्नुपर्छ। तथ्यभन्दा घटी वा बढी पनि होइन। कुनै एक पक्ष मात्रै होइन। घटनाको समग्र सत्य। 

मिडिया विश्लेषक डालेसिओ र एलेनले जर्नल अफ कम्युनिकेसनमा प्रकाशित एउटा आलेखमा मिडियाको पूर्वाग्रहलाई तीन समूहमा वर्गीकरण गरेका छन्ः पहिलो, प्रस्तुति पूर्वाग्रह अर्थात् कभरेज बायस। एक पक्षको बढी र अर्को पक्षकको कम समाचार लेख्नु। दोस्रो, छनोट पूर्वाग्रह अर्थात् गेटकिपिङ बायस। समाचारका मूल्यमान्यताको आधारमा होइन कि विशेष सम्बन्ध वा अजेन्डाका आधारमा समाचारहरु छनोट गर्नु। तेस्रो, व्याख्यान पूर्वाग्रह अर्थात् स्टेटमेन्ट बायस। समाचारको प्रस्तुतिलाई एकातर्फ ढल्काउँदै फलानो राम्रो र फलानो खराब भन्ने निष्कर्ष निकाल्न पाठकलाई उत्प्रेरित गर्नु। 

यी तिनैथरी पूर्वाग्रह उत्तिकै खराब हुन्; जसले तटस्थ समाचार होइन, प्रायोजित विचार पस्किन्छन्। कुनै खराब व्यापारीले खाद्यान्नमा मिसावट गरेजस्तो खराब पत्रकारले समाचारमा प्रायोजित विचारहरु मिसाउँछ र पाठकको मन/विचारलाई धुमिल्याउँछ। त्यसैले यो पत्रकारिताको तेस्रो महापाप हो। 

अहिलेको पत्रकारितामा ‘यहाँ उल्लिखित तथ्य, विचार, उद्धरण, चित्र वा श्रव्यदृश्य सामग्री सबै सक्कली हुन्, काल्पनिक होइनन्’ भनेर कबुल गर्नु पर्ने अवस्था आइसकेको छ।

नेपाली पत्रकारितामा सर्वसाधारणले अनुभव गरेका पूर्वाग्रहहरु अनेक छन्, जस्तैः विज्ञापनदातालाई खुसी पार्ने समाचारहरु लेख्ने वा विज्ञापनकै विषयवस्तुलाई समाचारका रुपमा प्रस्तुत गर्ने। समाचारमा तथ्य र तर्कहरुलाई रणनीतिक क्रममा मिलाउने र आफूले चाहेको निष्कर्षमा पाठक पुगोस् भन्ने हिसाबले रिपोर्टहरुको प्रस्तुति गर्ने। मिडियाका सञ्चालकहरुको स्वार्थअनुकूल समाचारहरु छान्ने, लेख्ने र बढी महत्व दिने। दलीय झुकावका आधारमा कुनै खास दलको पक्षवा विपक्षमा समाचार लेख्ने। कुनै घटनालाई विशेष महत्व दिने जस्तै बस दुर्घटनाभन्दा हवाई दुर्घटनाको कभरेज। सेलेब्रिटीहरुले गैरकानुनी काम गरे पनि उनीहरुकै पक्षमा सहानुभूति व्यक्त गर्ने। कतिपय समाचारहरुमा पत्रकार यति पूर्वाग्रही हुन्छ कि उसले आफ्नो पूर्वाग्रहलाई बल पुग्ने व्यक्तिहरुको मात्रै उद्धरण राख्छ, विपक्षीलाई आफ्ना भनाइ राख्ने अवसरै दिँदैन। कदाचित् दिइहालेमा उसको मूल कुरालाई ओझेल पारेर कमजोर तर्क राखिन्छ। 

४. अफवाह फैलाउनु : पत्रकारिताका नाममा अफवाह फैलाउनु चौथो महापाप हो। वास्तविक तथ्यभन्दा बढाइचढाइ गरेर लेख्ने, भएका कुरा हटाउने र नभएका कुरा थप्ने कामले समाचार होइन, उपन्यास लेखिन्छ। हुँदै नभएको उद्धरणहरु राख्ने, गोप्य स्रोतका अनुसार भनेर मनगढन्ते स्रोत राख्ने र आफूलाई मन लागेको कुरा भन्ने यस पापका विशेषता हुन्। काल्पनिक लेखाइले पाठकलाई दिग्भ्रमित पार्छ। कुनै खास एजेन्डातर्फ पाठकलाई डोहोर्याउँछ। पत्रकारिता र सिनेमामा के फरक छ भने पत्रकारिता सबै सत्यघटना र विवरणमा आधारित हुन्छ। सिनेमा काल्पनिक वा सत्य घटनामा आधारित भए पनि विवरण पूर्णतः काल्पनिक हुन्छ। त्यसैले सिनेमाको सुरुमा 'यस घटनाका सबै पात्रहरु काल्पनिक हुन्, कसैको जीवनमा मेल खाएमा त्यो संयोग मात्र हुनेछ' भन्ने वाक्य राखिएको हुन्छ। अहिलेको पत्रकारितामा ‘यहाँ उल्लिखित तथ्य, विचार, उद्धरण, चित्र वा श्रव्यदृश्य सामग्री सबै सक्कली हुन्, काल्पनिक होइनन्’ भनेर कबुल गर्नु पर्ने अवस्था आइसकेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चामा ल्याएको अंग्रेजी शब्द ‘फेक न्युज’ले पनि कपोलकल्पित समाचारलाई जनाउँछ। यस्तो समाचार पूरै काल्पनिक हुन्छ भन्ने छैन तर कतिपय पात्र वा सन्दर्भ वा उद्धरण वा स्रोत काल्पनिक हुन्छन्, जसलाई प्रयोग गरेर समाचार पत्रकारले इच्छाएको आसय झल्काउन प्रयोग गर्दछ। बहुअर्थी समाचार शीर्षक राख्ने, तस्बिरहरु अनर्थ लाग्ने गरी सम्पादन गर्ने, आधिकारिक जस्तो देखाउन समाचारमा हुँदै नभएका मानिसको भनाइ राख्ने आदि। अमेरिकाको ‘बजफिड’ नामक संस्थाले गरेको अध्ययन अनुसार अमेरिकी राष्ट्रपतिको निर्वाचनका बेला फैलाइएका २० वटा अफवाहले मूलधारका सञ्चारमाध्यमले प्रस्तुत गरेका २० मुख्य समाचारले भन्दा बढी सर्वसाधारणलाई आश्वस्त पारेका थिए। 

स्मरण रहोस्, कुनै एउटा सञ्चारमाध्यममा प्रकाशन/प्रसारण हुनेबित्तिकै कुनै समाचार सार्वजनिक सम्पति हुँदैन।

प्रोपगन्डा पनि एक प्रकारको कपोलकल्पित समाचार नै हो, जसमा सत्यतथ्यको केही हिस्सा त हुन्छ तर बनावटी कुरा थपेर त्यसलाई वास्तविकभन्दा भिन्न देखाइन्छ। उदाहरणका लागि बेलायत र अर्जेन्टिनाबीच भएको १९८२ को फकल्यान्ड युद्धमा गोर्खा फौजका बारेमा बेलायती सञ्चारमाध्यमले अफवाह फैलाए, जस्तैः गोर्खालीहरुले खुकुरी झिकेपछि शत्रुलाई १२ फिट पर भए पनि नकाटी छाड्दैनन् र गोर्खालीहरुले शत्रुसेनालाई मारेर रगत पिउँछन्। कपोलकल्पित समाचार भनेर नेपालमा पनि रसेन्द्र भट्टराई काण्ड, हृतिक रोशन काण्ड, श्रीषा आत्महत्या प्रकरण, भक्तमान काण्ड लगायत चर्चामा छन्। समाचारमा बनावटी कुरा मिसिएको छ भने हटाउने जिम्मेवारी पत्रकारको हो। तर पत्रकार नै बनावटी कुरा थपेर आफ्नो स्वार्थसिद्धि गर्न लाग्छ भने त्यो पत्रकारिता पेसाका लागि कलंक हो। 

५. सूचनाको अनधिकृत प्रयोग गर्नु : पत्रकारले अनधिकृत रुपमा चोरिएका सूचनालाई समाचार बनाएर सार्वजनिक गर्न हुँदैन। कसैका निजी विवरणहरु जस्तै नाम, फोटो, प्रहरी रेकर्ड, स्वास्थ्य विवरण आदि जानकारीहरु सम्बन्धित व्यक्तिको अनुमतिबिना प्रकाशन/प्रसारण गर्नु अपराध हो। अनुमतिबिना चर्चित व्यक्तिका निजी जीवनका तस्बिर खिचेर मिडियालाई बिक्री गरी जीविकोपार्जन गर्ने ‘पापाराजी’हरु पत्रकार होइन, अपराधी हुन्। 

नेपालमा धेरै रेडियो/टेलिभिजन, अखबार र अनलाइनहरु छन्, जसले एउटा सञ्चारमाध्यमका लागि कुनै पत्रकारले मेहनत गरेर लेखेको समाचार आफ्नै जस्तो गरेर प्रकाशन/प्रसारण गर्छन्। मानौं, कान्तिपुर दैनिकको एउटा पत्रकारले नेपाली सेनाभित्र भएको कुनै भ्रष्टाचारको मुद्दाको समाचार लेख्छ। अब, त्यो समाचार कुनै रेडियोले प्रसारण गर्दा ‘कान्तिपुर दैनिकको फलाना संवाददातासँग फलानो अधिकारीले यसो भन्नुभयो’ भन्नुपर्नेमा ‘फलानो अधिकारीले यस्तो भन्नुभयो’ भन्ने मात्रै उल्लेख गर्छ भने त्यहाँ दुई वटा अपराध हुन्छन्। पहिलो, कान्तिपुरको समाचार उसको अनुमति लिएर वाचन गरिएन। दोस्रो, सम्बन्धित स्रोतले कान्तिपुरको फलानो रिपोर्टरलाई मात्रै त्यो सूचना दिएको थियो, रेडियो वा अन्यलाई दिएको थिएन। त्यसो हुँदा सम्बन्धित स्रोतले मेरो भनाइबिना अनुमति यो रेडियोले प्रसारण गर्यो भनेर कानुनी उपचार खोज्यो भने रेडियो फस्छ। 

कुनै पत्रकारले सूचनादाताले भनेको कुरालाई गलत सन्दर्भमा प्रयोग गर्दछ, उसले भन्न खोजेको कुरा बेवास्ता गरेर वा उसको उद्धरणलाई तोडमोड गरेर आफू अनुकूल समाचार प्रस्तुत गर्दछ भने त्यो सूचनादाताप्रति गम्भीर धोका हो।

स्मरण रहोस्, कुनै एउटा सञ्चारमाध्यममा प्रकाशन/प्रसारण हुनेबित्तिकै कुनै समाचार सार्वजनिक सम्पति हुँदैन। त्यो उसकै सम्पत्ति हो र उसको अनुमति लिएर मात्रै पुनः प्रकाशन/प्रसारण गर्न मिल्छ। नेपालको वर्तमान पत्रकार आचारसंहिताको दफा ५(८) मा 'पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपयोग गर्दा मूल स्रोत उद्धृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ' भन्ने उल्लेख छ।

६. सूचनादातालाई धोका दिनु : अनुमतिबिना स्रोतको परिचय खोल्नु वा ‘अफ द रेकर्ड’ भनिएका कुरा सार्वजनिक गर्नु। अर्थात् सूचना स्रोतको परिचय गोप्य राख्ने सर्तमा लिइएको समाचारमा स्रोतको परिचय खुलाउनु वा स्रोतले नभन्नु, नछाप्नु वा प्रसारण नगर्नु भन्ने सर्तमा दिएका सूचनाहरु सार्वजनिक गर्नु भनेको स्रोतप्रति गरिएको विश्वासघात र बेइमानी हो। अमेरिकामा पत्रकारले समाचार स्रोतको स्वीकृतिबिना उसको परिचय सार्वजनिक गर्छ भने उसमाथि गोपनीयताको अधिकार उल्लंकन गरेको आरोपमा फौजदारी सजाय हुन्छ, प्रेस स्वतन्त्रताको विशेषाधिकारले उसलाई जोगाउन सक्दैन। अर्थात् प्रेस स्वतन्त्रताको आडमा समाचार स्रोतसँग गरिएको सम्झौता उल्लंघन गर्न सकिन्न। यो गोपनीयता उल्लंघनको अपराधसरह हुन्छ। 

पत्रकार आचारसंहिता–२०७३ को दफा ५(८) भनिएको छ– 'समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ। तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ।'

हो, विश्वसनीय पत्रकारिताका लागि सकेसम्म स्रोतहरु खुलाउनुपर्छ। तर अन्य विकल्पबाट कुनै सूचना प्राप्त गर्न सकिएन र त्यो सूचना निकै सार्वजनिक महत्वको छ भने स्रोतलाई गोप्य राख्ने सर्तमा भए पनि लिनुपर्छ। तर, त्यस्तो सर्त मान्नुअघि स्रोतले किन आफ्नो नाम गोप्य राख्न चाहिरहेको छ भन्ने कारण बुझ्नुपर्छ र यस्तो कारण वास्तविक हो कि होइन भनी परीक्षणसमेत गर्नुपर्छ। गोप्य स्रोतमा आधारित समाचार प्रकाशन/प्रसारण गर्दा स्रोतले आफ्नो परिचय किन लुकाउन चाहेको छ भन्ने कुरा प्रस्ट्याउनुपर्छ। बेनामे स्रोतका आधारमा समाचार लेख्ने प्रवृत्ति बढ्दै गएपछि गत वर्ष न्यूयोर्क टाइम्सले नयाँ नियम लागू गर्यो, जसअन्तर्गत अब रिपोर्टरले आफ्नो समाचारमा गोप्य स्रोत उल्लेख छ भने कम्तीमा एक जना सम्पादकलाई समेत त्यस्तो स्रोतको परिचय खुलाउनुपर्नेछ। यो नियमले त्यहाँ गोप्य स्रोतमा आधारित समाचार लेखनमा ३० प्रतिशतले कमी आयो। 

नेपालमा अचेल बौद्धिक चोरी यति बढेको छ कि समाचार खोजेर ल्याउने सुरु पत्रकार को हो भनेर ठम्याउन हम्मेहम्मे पर्छ। रेडियोले अनलाइनको, अनलाइनले रेडियो/टेलिभिजनको, रेडियो/टेलिभिजनहरुले अनलाइन वा अखबारको समाचार अनधिकृत रुपमा चोर्छन्।

कुनै पत्रकारले सूचनादाताले भनेको कुरालाई गलत सन्दर्भमा प्रयोग गर्दछ, उसले भन्न खोजेको कुरा बेवास्ता गरेर वा उसको उद्धरणलाई तोडमोड गरेर आफू अनुकूल समाचार प्रस्तुत गर्दछ भने त्यो सूचनादाताप्रति गम्भीर धोका हो। तपाईंले लेख्ने हरेक उद्धरण सम्बन्धित व्यक्तिको हुनुपर्छ र शब्दहरु काँटछाट गर्ने वा सम्पादन गर्ने बहानामा उसको आसय फरक पर्नु हुँदैन। फलानो समाचारमा ‘मेरो भनाइ वा उद्धरणको आसय यो थिएन’ भनेर कुनै स्रोतले दाबी गर्छ भने सम्बन्धित सञ्चार संस्थाले उक्त पत्रकार र स्रोतको भनाइको यथार्थ पत्ता लगाउन अनुसन्धान गर्नुपर्छ। पत्रकारहरु कसैको अन्तर्वार्ता वा भाषण सुनेर घरमा आएर अघि फलानोले भनेको कुरा सम्झेर लेख्नु हुँदैन। घटनास्थलमै जे भनेको हो, त्यही टिपोट गर्नुपर्छ र उद्धरणलाई स्रोतसँग रुजु गराएर मात्र प्रकाशन गर्नुपर्छ।

७. बौद्धिक चोरी गर्नु : अर्काको सिर्जना चोर्ने कामलाई बौद्धिक चोरी भनिन्छ। यस अन्तर्गत समाचार, फिचर, सम्पादकीय, डिजाइन मात्रै होइन, गीतसंगीत, श्रव्यदृश्य सामग्री वा कुनै पनि किसिमका सिर्जनाहरु पर्दछन्। तीन-चार वटा समाचार स्रोतबाट सूचना वा उद्धरण लिएर कार्यालयमै बसेर अर्को समाचार तयार पार्नु पनि बौद्धिक चोरी हो। 

पत्रकारितामा अरुको समाचार बिनाअनुमति सार्नु, अरुको स्रोत आफ्नै जस्तो गरेर प्रयोग गर्नु, अरुले खिचेको तस्बिर, अरुले तयार पारेका ग्राफिक्स, कार्टुन आदि बिनाअनुमति र बिनास्रोत प्रयोग गुर्न बौद्धिक चोरी हो। यस्तो अवस्थामा प्रतिलिपि अधिकार कानुन आकर्षित हुन्छ। अरुका सिर्जनाका बारेमा केही लेख्नुपर्यो भने तपाईंले त्यसको मूलसार लेखेर सक्कली सामग्रीका लागि उनीहरुको लिंक दिनुपर्छ। मूलस्रोतले अनुमति दिएको अवस्थामा बाहेक अर्काको सामग्री सर्लक्कै कपी गरेर आफ्नै वेबसाइटमा राख्नु अपराध हो। फेरि, अरुको सूचना सामग्री सार्दा पनि कति शब्दसम्म जस्ताको तस्तै सार्ने, कसरी स्रोत उद्धृत गर्ने लगायतका नियमहरु हुन्छन्। त्यसलाई उल्लंघन गर्दा पनि कानुनी झमेलामा फसिन्छ। केहीअघि 'नयाँ पत्रिका' र 'अन्नपूर्ण पोस्ट'ले आफ्ना समाचार स्रोत खोलेर वा नखोलेर पनि नसार्नु भन्दै औपचारिक सूचना नै निकालेका थिए। 

'तपाईंसँग कुनै खास अजेन्डा छ भने तपाईं अखबारको व्यवसायका लागि उपयुक्त पात्र होइन... यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने शिक्षक वा राजनीतिज्ञ वा समाजशास्त्री वा आमा बन्नुहोस्। रिपोर्टर नबन्नुहोस्।'

नेपालमा अचेल बौद्धिक चोरी यति बढेको छ कि समाचार खोजेर ल्याउने सुरु पत्रकार को हो भनेर ठम्याउन हम्मेहम्मे पर्छ। रेडियोले अनलाइनको, अनलाइनले रेडियो/टेलिभिजनको, रेडियो/टेलिभिजनहरुले अनलाइन वा अखबारको समाचार अनधिकृत रुपमा चोर्छन्। अनि आफैले खोजेको जस्तो गरेर प्रकाशन प्रसारण गर्छन्। हालै 'अन्नपूर्ण पोस्ट'ले पशुपति गुठीका तराईका जग्गाहरुमा अरुले कब्जा जमाएको समाचार लेखेको थियो। त्यो समाचार एकैछिनमा धेरै अनलाइनमा भाइरल भयो। मूल दुःख गर्ने पत्रकार र सञ्चारमाध्यमको अत्तोपत्तो छैन। पत्रकारिता लगायत सिर्जनशीलताको क्षेत्रमा यो सबैभन्दा ठूलो अपराध हो। यो अपराधमा एकपटक डामिएको व्यक्तिले फेरि पुरानै व्यावसायिक हैसियतमा फर्किन सक्दैन। 

उपसंहार 
पत्रकारिताका मूल्यमान्यता र व्यावसायिक अभ्यासहरुलाई राम्ररी नबुझी सोझै पत्रकारितामा प्रवेश गरियो भने अञ्जानमै कतिपय अपराधको भागीदार भइसकिन्छ। ठूलो सञ्चार संस्थाले त त्यसो गर्छ, फलानो अग्रज पत्रकारले पनि यसो गरेको छ, त्यो अखबारले मेरो सूचना अनधिकृत रुपमा लिएको छ भने मैले किन नहुने जस्ता प्रतिप्रश्नहरु हाम्रा मस्तिष्कभरि घुम्छन्। यस्तो भनेर व्यावसायिक अभ्यासमा छुटकारा भने पाइँदैन किनभने ‘त्यसले मान्छे मारेको छ, फलानाले बलात्कार गरेको छ, फलानाले ठगेको छ, फलानाले चोरेको छ, मैले किन नहुने’ भन्न मिल्दैन। 

विज्ञापन पाउने लोभमा, राजनीतिक नियुक्तिका लोभमा, नगद पाउने वा कुनै सेवा सुविधा पाउने आशामा कतिपय समाचारहरु भित्रभित्रै दबाइएका छन् भने कतिपय समाचार हुन नपर्ने विषय चर्चामा छन्। अमूक दलको सदस्य भएर, अमूक संस्थामा सल्लाहकार भएर, अमूक व्यापारिक प्रतिष्ठानमा हिस्सेदार भएर पत्रकारले ती संगठन वा संस्थाहरुले गरेका गलत गतिविधिप्रति चुप लाग्नु भनेको पत्रकारिताका दृष्टिले महापाप नै हो। 

‘द डेली ट्रिब्युन’का पत्रकार माइकल गार्टनर भन्छन्, 'तपाईंसँग कुनै खास अजेन्डा छ भने तपाईं अखबारको व्यवसायका लागि उपयुक्त पात्र होइन... यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने शिक्षक वा राजनीतिज्ञ वा समाजशास्त्री वा आमा बन्नुहोस्। रिपोर्टर नबन्नुहोस्।'

व्यावसायिक मान्यता विरुद्धका उल्लिखित महापापहरुबाट मुक्त पत्रकारिताले मात्रै चौथो अंगका रुपमा आफूलाई प्रस्तुत गर्न सक्छ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्