काठमाडौं– यूएईसँगको दुई खेलको टी–२० सिरिज र विश्वकप लिग टूका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दुई फरक प्रतियोगिताका लागि दुई टोलिको घोषणा गरेको हो।
टी–२० सिरिजका लागि क्यानले ठूलो फेरबदल गरेको छ। नियमित कप्तान रोहित पौडेल टोलिमा नपर्दा दीपेन्द्र सिंह ऐरीलाई कप्तानी दिइएको छ।
नेपालले २० र २१ अप्रिलमा यूएईसँग दुई खेलको टी–२० सिरिज खेल्दैछ। उक्त खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।