• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जिन्दगी सिकाउने ʻरोल मोडलʼ आमा

64x64
नेपाल लाइभ शनिबार, माघ १२, २०७५  १४:००
1140x725

पोहोर दसैंको बेला। डा भावना तामाङकी आमालाई भेट्न काठमाडौंको बौद्ध पुगेँ। कडा संघर्ष र साह्रै कठिन परिस्थितिका बाबजुद दन्त चिकित्सक बन्न सफल डा भावनाको कथा मिडियामा आइरहेकै थिए। मलाई उनकी आमा सीता तामाङको कथा सुन्न मन लागेको थियो। आफ्नो उद्देश्य मैले डा भावनालाई सुनाएँ। उनी तयार भइन्। 

यसरी उनकी आमा सीता तामाङसँगको भेट जुर्‍यो।

OOO

‘शिक्षाले मानिसलाई दह्रोसँग आफ्नो खुट्टामा उभिन सक्ने बनाउँछ।’

झट्ट सुन्दा उक्तिजस्तो लाग्ने यो भनाइ पढाइलेखाइको नाममा नेपाली अक्षर अलिअलि चिन्न सक्ने ५६ वर्षीया सीता तामाङको हो। कोही शिक्षक वा अरु कसैबाट सुनेर होइन, आफ्नो जीवनमा भोगेको अपार दु:खकष्टबाट उनलाई यस्तो बोध भएको हो। 

६ वर्ष हुँदा आमाको निधन भएपछि सीतालाई उनकी फुपूले सिन्धुपाल्चोकबाट काठमाडौं ल्याइन्। त्यति सानै उमेरमा उनी अरुको घरमा काम गर्न थालिन्। १९/२० वर्षको उमेरमा बिहे भयो। श्रीमान् ज्याला मजदुरी गर्थे। तीनटी छोरी जन्मिए। 

ʻधेरै पिउने, छोरो नजन्माएका कारण गाली कुटपिट गर्ने अनि छोरीहरुको पढाइप्रति वास्ता नगरेपछि लोग्नेसँग मन मर्न थाल्यो,ʼ उनले सुनाइन्। श्रीमान्‌को साथ सहयोग नपाउँदा छोरीहरुको लालनपालन गर्ने सबै जिम्मेवारी उनीमाथि आयो। 

बौद्ध जोरपाटी क्षेत्रमा अरुका घरमा भाँडा माझ्न ,लुगा धुन उनी बिहान ८/९ बजे निस्कन्थिन्। घर फर्कंदा साँजको ६ बज्थ्यो। चकचके उमेरका साना छोरीहरुलाई समातेर कोठामै बस्नु कि, काममा जानु। खान दिनु कि, लाउन दिनु। पैसा तिरेन भने घरबेटीले घरबाट निकालिहाल्ने। कम्ता चिन्ता थिएन उनलाई।

Ncell 2
Ncell 2
nimb
nimb

काम गर्ने ठाउँमा कसैले चियाखाजा खान दिए त्यसैबाट उनको भोक टर्थ्यो। नभए भोकै। आफूले भोक खप्न सके पनि साना केटाकेटीले खप्न सक्दैनन् भन्ने उनलाई थाहा थियो। 

ʻएक किलो चामलले झन्डै एक हप्तासम्म खोले बनाएर छोरीहरुलाई खुवाउँथे। म त छिप्पिएको मान्छे, भोक खप्न सक्थेँ नि,ʼ यसो भनिरहँदा उनका आँखा रसाएका थिए। उनी आफू कैयौंपटक भोकै बसिन् तर छोरीहरुलाई खाली पेट राखिनन्। कहिले पसलबाट उधारो ल्याउँथिन्। ʻकाम गरेको ठाउँबाट पैसा आएपछि तिर्थें। बेइमानी गर्दिनथेँ। त्यही भएर त उधारो पत्याउँथे,ʼ उनले सुनाइन्। कहिले भने डेरामा सँगै बस्ने साथीहरुसँग मागेर खुवाउँथिन्। 

घर-माइती कतैतिरबाट पनि उनले सहयोग पाइनन्। घर चलाउन गाह्रो हुन थाल्यो। दु:ख गरेअनुसार कमाइ भएन भन्ने उनलाई महसुस हुन थाल्यो।

जेठी छोरी भावनालाई सकी नसकी मध्यम स्तरको एक बोर्डिङ स्कुल पढाउँदै गरेकोमा कक्षा ३ बाटै निकाल्नुपर्ने अवस्था आयो। 

Xtrem

Xtrem

१६/१७ वर्षअघिको कुरा। सामुदायिक विद्यालयमा कम पैसा वा नि:शुल्क पढ्न पाइन्छ भन्ने पनि उनलाई थाहा रहेनछ। छोरीहरुले पढ्न पाऊन् भनी उनी भगवान्‌लाई पुकार्थिन्।

उनले काम गर्ने एक घरधनी निकै सम्पन्न थिए। गरिबका छोराछोरीलाई बिनापैसा पढाइदिने ठाउँ कतै छ कि भनेर एकदिन सीताले उनीसँग सोधिन्। मनमा कताकता केही सहयोग होला कि भन्ने आस थियो उनलाई। यस्ता पढाउन नसक्ने कंगालले किन सन्तान जन्माएको त भन्ने जवाफ पो पाइन्। 

गरिब भएपछि मान्छेले साह्रै हेप्दा रहेछन् भन्ने उनलाई लाग्यो। ʻमन दुख्नेगरी त्यस्तो जवाफ दिनुपर्थ्यो र। मन सफा भए, गरिबको दु:ख बुझे पो धनी त। जति धनी भए पनि सबैलाई दाउराले नै पोल्ने हो।ʼ ती धनी घरबेटीको दरिद्र व्यवहारले साँच्चै नै उनलाई साह्रै बिझाएको रहेछ। 

उनले त्यस्ता व्यक्तिहरु पनि भेटिन्, जसले उनलाई सहयोग गर्न सक्ने संस्थाहरुको बारेमा जानकारी दिए। तर त्यहाँ कसरी जाने, कसलाई भेट्ने ,कसरी कुरा गर्ने, उनले केही मेसो पाइनन्। आफू बस्ने क्षेत्रबाहेक अरु ठाउँ जाने बाटोसमेत उनलाई थाहा थिएन। आफूले नपढेको कारण यस्तो भएको हो भन्ने उनलाई लाग्थ्यो। 

यस्तैयस्तै भोगाइले उनलाई शिक्षाको महत्व बुझायो। र, उनले आफ्ना तीन छोरीलाई जसरी भए पनि पढाएर गरी खान सक्ने बनाउने अठोट गरिन्। 

जतिसुकै दु:खकष्ट भए पनि हिम्मत हार्न हुँदैन, बढी मेहनत गर्नुपर्छ, भगवान्‌ले साथ दिन्छन् भन्ने विश्वास जाग्न थाल्यो उनमा। यस्तैमा एक दिन उनको भेट समता स्कुलका संस्थापकसँग भयो। भावना त्यहीँ नि:शुल्क पढ्न थालिन्। उनकी दुई बहिनी पनि त्यहीँ पढ्न थाले। 

भावना १२/१३ वर्षको भएपछि शनिबारका दिन आफ्नी आमालाई सघाउन आमासँगै अरुको घर काम गर्न जान्थिन्। उनले आमाको दु:ख अझ नजिकबाट महसुस गर्न थालिन्। घरमा अभाव त छँदैथियो। त्यसैमाथि जहिल्यै कलह हुन्थ्यो। शान्त वातावरण कहिल्यै भएन। उनका आमाबुबा अलग भए। जति नै गाह्रो भए पनि आफूलाई सघाउन हिँड् भनेर सीताले भावनाको पढाइ छुटाइनन्। बिदा र बिरामी हुँदाबाहेक सधैं विद्यालय पठाइन्। ʻश्रीमान्‌सँग छुट्टिएर छोरीहरुलाई बिगारी भन्न कसैले नपाओस् भन्ने मेरो मनमा थियो,ʼ सीता सुनाउँछिन्।

कति केटाकेटीले फोहरमा फालेको खानेकुरा र अरुसँग मागेर खाएको देख्दा आमाबाबुले छोराछोरीलाई खुट्टामा उभिन सक्ने गरी राम्रो बाटो देखाउनुपर्छ जस्तो लाग्दो रहेछ उनलाई। उनी भन्छिन्, ʻयति सोचेन भने त बिग्रिहाल्छन् नि। पढायो भने गरी खान सक्छन्। संसार देख्छन्। जन्माइसकेपछि भाँडा माझेर भए पनि पढाउनुपर्छ।ʼ 

आफ्ना छोरीहरुले कसैलाई ठगेर खान नपरोस् भन्नेमा उनी साह्रै सचेत र गम्भीर थिइन्। चरम गरिबी झेले पनि छोरीहरुमाथि निराशाको विष पोखिनन्। काम गर्न जाने ठाउँहरुमा लुगा मागेर उनीहरुलाई लगाइदिन्थिन्। 

ʻमसँग पैसा हुँदैन भनेर सम्झाउँथे। बुझाउँथे। यो चाहियो त्यो चाहियो भनेनन्। किन जन्माएको त भनेर कहिल्यै झगडा गरेनन्,ʼ यसो भनिरहँदा उनको अनुहारमा सन्तोष झल्कन्थ्यो।

जेठी छोरी भावनाले २०६६ सालको एसएलसी परीक्षामा ८९ प्रतिशत प्राप्तांकसहित विशिष्ट श्रेणी ल्याइन्। १२ कक्षासम्म पढ्न काठमाडौंको एक कलेजमा छात्रवृत्ति पाइन्।

त्यसपछि चिकित्साशास्त्र (बिडिएस) अध्ययन गर्न नाम निकालिन्। एक मनकारी विदेशीको सहयोगमा उनले पढाइ सकिन् र दन्त चिकित्सक बनिन्। 

उनकी माइली बहिनी स्नातक र कान्छी बहिनी माध्यमिक तहमा पढ्दैछन्। आफ्नो बाल्यकाल साह्रै अभाव र पीडामा बिते पनि आफ्नी आमाले शिक्षा ठूलो कुरो हो भन्ने बुझाएको उनी बताउँछिन्। ʻधेरै दु:ख गरेर, आधा पेट भए पनि खुवाउनुभयो। मिठो नमिठो जे जस्तो भए पनि भोकै राख्नुभएन।ʼ 

जीन्दगीसँग हार नमानेकी आफ्नी आमाको हिम्मतप्रति गर्व गर्दै भावना भन्छिन्, ʻनयाँ लुगा किनेर दिन नसकेर के भयो त, पुरानै भए पनि उहाँकै कारण लाउन पाइयो।ʼ 

आमाको साहस देखेर मेहनत गरे सुखका दिन आउँछन् भन्ने सकारात्मक सोच आउँथ्यो उनको मनमा। यसैले पढाइप्रति रुचि जागेको हुन सक्ने उनको बुझाइ छ। कमजोर वर्गका लागि केही गर्न पाए हुन्थ्यो भन्ने चाहना छ। आफ्नो बुबासँग उनलाई गुनासो छैन। ʻबुबा जहाँ रहे पनि उहाँको राम्रो होस्,ʼ उनको कामना यत्ति हो।

डाक्टर भइसकेपछि आज पनि विभिन्न सार्वजनिक कार्यक्रममा उनी आफ्नो संघर्षपूर्ण अतीत सुनाउन धक मान्दिनन् उनी। उनमा हीनताबोध होइन, आत्मविश्वास छ। अरुलाई पनि प्रेरित गर्न सकिन्छ कि भन्ने विश्वास छ। 

ʻमेरी आमाले जिन्दगीदेखि निराश भएर हरेश खाएको भए यतिखेर मेरो बिहे भएर २/३ जना छोराछोरी भइसकेका हुन्थे होला। आफ्नो जिन्दगी जसरी चल्यो, सन्तानको पनि त्यसरी नै चलिहाल्छ नि भनेर सोच्थेँ होला,ʼ डा भावना भन्छिन्, ʻतर उहाँले हार मान्नुभएन र म यहाँम्म आइपुगेँ। मसँग अहिले जस्तोसुकै चुनौती आए पनि सामना गर्न सक्ने आँट छ। उहाँले पढ्नुभएको छैन तर उहाँ मलाई जिन्दगीको अर्थ सिकाउने रोल मोडल हो। मोटिभेटर हो।ʼ

प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्