• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

संस्मरण : टू पिएम

64x64
नेपाल लाइभ शनिबार, माघ १२, २०७५  १७:२३
1140x725

चाउचाउ खुब मन पर्थ्याे। उमेरले बच्चै थिएँ। तर, थाहा थिएन, जिब्रोले भने वर्गीय स्वाद खुट्याउन सक्ने भइसकेकाे रहेछ। र त दाल-भातभन्दा चाउचाउकाे स्वाद जिब्राेमा गढेकाे थियाे। चाउचाउमा यतिसम्म लिप्त भएकाे थिएँ कि प्रत्येककाे दाम याद थियाे।

टू पिएम चाउचाउ– १० रुपैयाँ

मामा चाउचाउ– १ रुपैयाँ

खुशी चाउचाउ– ५ रुपैयाँ

रुची चाउचाउ– तीन वटाकाे २१ रुपैयाँ

बिग मिमी चाउचाउ– ९ रुपैयाँ

वाइवाई चाउचाउ– १० रुपैयाँ

त्यतिबेला बजारमा चलेका सम्भवत: सबै चाउचाउ खुब मन पर्थ्याे। प्याकेटमा नाम फरक भएपनि भित्रकाे चाउचाउ भने सबै एकै स्वादकाे लाग्थ्याे। चाउचाउमा हुने मसाला यति प्रिय थियाे कि अर्काे दिन खाउँला भन्दै धेरै दिनसम्म लुकाएर राख्थेँ। तर, जिब्राेकाे माग र चाउचाउकाे मूल्यमा असामान्य अन्तर थियाे। लाग्थ्याे आफ्नाे हालतलाई खल्तीले गिज्याइरहेकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

'आकासको फल आँखा तरी मर'- त्यतिबेला मेराे लागि चाउचाउ जे थियाे, धेरैपछि मात्र थाहा पाएकाे यही उखानले पुष्टि गर्थ्याे भन्ने लाग्छ।

०००

म लाल्टिनको मधुरो उज्यालोमा किताब पढ्दै थिएँ। हिउँदको एक साँझ भुना उदास मुहार लिएर मेरो कोठामा आइपुग्यो।

'के भयो भुना?' - मैले सोधेँ।

Xtrem

Xtrem

'केइ नाइ' भन्दै उ चुप लाग्यो।

तर, बिरामले थलिएकाे मान्छेझैं उसकाे हालत थियो। घरी भित्तामा अडेस लाग्थो, घरी मेरै आडमा आएर सिधा उभिन्थ्याे, घरी जुरुक्क उठ्थ्याे त घरी थचक्क बस्थ्याे।

उसमा देखिएकाे वेचैनीले मलाई पनि शान्त बस्न दिएन। सोधेँ - भन् न के भो?

उसले मुख खोल्यो - टू पिएम चाउचाउमा एक लाख पर्छ रे, अनि एक लाख दिन राज समाल आउँछ रे।

(त्यो बेला राजेश हमाल हाम्रातिर राज समाल थिए।)

उसले बहुत ठूलो कुरा सुनायो। मैले पत्ताउनै सकिन।

'हैन होला यार, मा'कसम भन्त' - विश्वस्त हुन सायद त्याे बेला मसँग याे प्रश्नभन्दा अर्काे कुनै विकल्प थिएन।

'मा'कसम टिभी भनेको, बस्नेतीका टिभीले भनेको हो' - उसले फेरि पिरो मुख लगायो।

एकाएक मलाई भने भुनादेखि रिस उठ्न थाल्याे। कारण-उ एक्लै टिभी हेर्न गएछ। मैले एक लाख बिर्सिएँ, राज समाल बिर्सिएँ। मात्र बस्नेतीको टिभी सम्झिएँ। कस्तो खराब साथी रहेछ, टिभी एक्लै हेरो।

मथिंगल तीव्र गतिमा नाच्न थाल्याे। मैले भुनाको लागि के पो गरेको थिइन र? हरेक राति गणित सिकाइदिन्थेँ, मिलाएर उसका प्रेम-पत्र लेखी दिन्थेँ। आफैंसँग सुताउँथेँ। तर, ठिक त्यतिबेला खुब चित्त दुख्यो। मानौँ उ एक्लै स्वर्ग गयो।

एक्कासी आवाज फुट्याे - एक्लै टिभी हेर्न गइस् है?

'धेरै हेर्नै पाएन नि, भर्खर हेर्न गएको थिएँ, त्यो प्रचार आयो, अनि त्याे प्रचार हेरेर आइहालेँ। त सँग १० रुपैयाँ छ भने ल्यान चाउचाउ किनुँ। यदि एक लाख पर्यो भने पचास/पचास हजार बाँडौला क्या।'

भुनाकाे एक लाखले मलाई त्यतिबेला कुनै प्रभाव छाेडेन, बरु उसले थोरै टिभी हेरेकोमा म खुशी भएँ। उसले फेरि भन्यो - तँ सँग १० रुपैयाँ छ?

-छैन यार

(प्रिय पाठक, यहाँ तपाईंले भुनालाइ चिन्न जरुरी छ। भुना मेरो बच्चैदेखिको साथी हो। उसले र मैले सँगै आची गरेका छौँ। सँगै भकुण्डो खेलेका छौँ, सँगै चिसापानी गएका छौँ, लम्की गएका छौ। उसकाे र मेरो घरको दूरी सिँहदरबार र भद्रकाली मन्दिर जत्तिकै थियाे। तर, हामीबीचकाे पढाइको दूरी काठमाडौं र धनगढी जत्तिकै थियो। म कक्षामा प्रथम हुन्थे भने उ विषय लागेर पास हुन्थ्यो। उसकाे र मेरो पढाइको दूरी घटाउनकै लागि उसका बुवा-आमाले मसँग पढ्न पठाउनु हुन्थ्यो। पछि उ बुझकी भयो र आफैं मसँग संगत बढाउन थाल्यो। प्रिय पाठक यो उसकाे र मेरो संगतका सुरुका दिनको किस्सा हो)

पैसा हुनु पनि कहाँबाट। बिहान घरमा भात पाक्छ, खाएर स्कुल जाउ, दिउँसो हाफ छुट्टीमा घर आएर फेरि भात खाउ, अन्तत: बेलुका पनि घरमा भात नै त पाकिहाल्थ्याे। तराईमा घर, दिनमा तिन पटक भात, अनि पैसा केका लागि चाहियो? किताबकापीकाे जिम्मा पनि बुवालाई थियाे। श्राद्धको सिजन पनि छैन, बाहुनको छोराले दक्षिणा पाउनलाई? (डियर भुना, यदि त्यो दिन म सँग दश रुपैयाँ हुन्थ्याे भने कस्सम दिन्थेँ)

उस्ले भन्यो - यार एक लाख भए त म पढ्ने पनि थिएन, बेक्कारको दु:ख। बिहा गर्थें, आनन्दले बस्थें।

उसका यी ताैलविहीन (हल्का नै त थिए जाे पुरा हुने सम्भावना अवचेतनमा पनि सायदै विश्वास थियाे) कुराले मलाई पनि रहर जगायाे, लोभ लाग्याे, मेरो मन पनि पापी बन्याे। उसका कुरा सुनेपछि मलाई पनि पढ्न मन लागेन। किताब हेर्दा राज समाल र दिमागमा एक लाख घुमिरह्याे।

लाल्टिन बन्द गरेर, सुस्केरा हाल्दै दुबैजना बेडमा पल्टियौं।

०००

भुनाले असल समाचार ल्याएको थियो। अब योजना बनाउने जिम्मा मेरो पनि थियो।

गाउँमा कार्की बाजेको पसल थियो, बाराले पुसाइँको पसल थियो, अनि घैलान बड्काको पनि पसल थियो। तर, कार्की बाजे र बाराले पुसाइँको पसलबाट बिना पैसा केही मिल्नेवाला चाहिं थिएन।

- भुना घैलानकोमा टू पिएम चाउचाउ पाइन्छ कि नाइ?

- पाइन्छ होला नि यार, त सँग पैसा छ र?

- छैन

- अनि किन सोध्या त?

- उसाेभए त्योसँग उधारो मागौ न त। यदि एक लाख परे त्यसलाई बरु सय रुपैयाँ दिउँला?

- खुब दिन्छ त्यो थारुले उधारो, दिनेभए भए त म दुई सय नै दिइदिन्थे नि। एक सय तेरोबाट एक सय मेरोबाट।

- गएर उधारो मागौं, दिएन भने चौरौँला, चोरेको थाहा पायो भने पनि दुई सय दिइदिउँला। एक सय तेरोबाट एक सय मेरोबाट।

- ल भोलि जाउँला है त?

- हुन्छ

पहिलाे दिनकाे प्रयास हाम्राे सफल भएन। भाेलिपल्ट पनि प्रयास खेर गयाे। शनिबारको दिन बिहानदेखि हामी घैलानको दोकान वरिपरि घुमिरह्याैं। उपयुक्त समय पर्खिरह्याैं। अँह परिस्थितिले भने सजिलो हुने कुनै छाँटकाँट देखाएन। अब समयलाई सजिलो आफैंले बनाउनु पर्ने भयाे।

हामी दुबै उसकाे खोकामा गयौ।

'घैलान, खाना खाइलो?', भुनाले सोध्यो।

- हा, खाई सेक्लु।

- व्यापार कैसन बा?

- कैसन बा, कैसन बा
..........................

भुनाले घैलानलाई यस्तै-यस्तै कुरामा लठ्यायो। मैले पसलकाे मधुस निजिकै रहेकाे चाबीकाे छल्लाबाट एउटा चाबी निकालेर अन्डर वयरको गोजीमा राखें। (प्रिय पाठक, त्यतिबेला हामीले लगाउने अन्डर वेयरमा सानाे गाेजी हुन्थ्याे।)

चाबी निकाली सकेपछि मैले भुनालाइ भने - भुना घर जाउँ

'नाइ आज त काम गरेरै घर जाने हो', भुनाले  भन्यो।

'काम भइसक्यो', मैले भने।

भुनाको अनुहारमा बिजुलीकाे जस्ताे चमक दौडियो। तृप्त देखियो। तर, हाम्रो कुरा पसले साहु घैलानले बुझेन।

भुना जुरुक्क उठेर अघि-अघि लाग्यो। म चाबी नखसोस् भनेर बिस्तारै उसकाे पछि-पछि लागें। उ जङ्गल तिर लाग्यो। म पनि जङ्गलतर्फै माेडिएँ।

जङ्गलको केहीभित्र पुगेपछि उ रोकियो। उसकाे छेउमा गएर म उभिए।

- खाेइ ल्या'त चाउचाउ?

- चाउचाउ त ल्याएन मैले

- अनि काम भइसक्यो भनेर किन भन्या त?

- मैले भित्री कट्टुभित्र हात छिराएर चाबी निकालें।

उस्ले झर्किदै भन्यो - यो चाबीले के गर्नु त?

- त्यसकाे दोकानको चाबी हो?

- खुलै त छ दोकान, चाबी किन चाहियो?

- राति चोरौला नि?

उसकाे अनुहारमा आशाका रेखा दौडिए। भन्यो - तँ त्यसै फस्ट आउन्नस् यार, बुद्धि छ तसँग।

'ला चाबी', उ भएतिर हात बढाउँदै भनें।

- छि कँहा राख्या थिइस्, म समात्दैन तैँ राख्।

- मेरो अन्डर वयरमा चोर गोजी छ, त्यहीं राख्या थें।

उसले पत्ताएन र भन्यो, 'खै देखा त।'

मैले बाहिर लगाएको ठूलो कट्टु अलिकति तल सारेर उसलाई चोर गोजी देखाइदिएँ। उ दङ्ग पर्‍याे। मानौं कि उसले एक लाख हात पार्यो। उसले आफ्नो अन्डर वयरमा पनि हेर्‍याे। उसकाे हनुमान अन्डर वयर रहेछ। तर, त्यसमा गोजी रहेनछ। मनलाई शान्तवना दिने काेशिष गरेजस्ताे लाग्याे।

- अब म पनि तेरो जस्तै चोर गोजी भएको अन्डर वयर किन्छु।

केहिबेर मुस्कुरायाे अनि भन्याे - अब परीक्षामा चिट त्यहीं लुकाउँछु।

(डियर भुना अहिले पनि के चिट त्यहीं लुकाउँछस्?)

०००

त्यो दिनको आयु अप्ठेराे ठाउँमा आएकाे पिलाेकाे आयु जत्तिकै लामाे थियो। बस्दा, उठ्दा हामीले बारम्बार आकासतिर मात्र हेरिरह्यौं, कहाँ पुग्यो घाम भनेर।

मैले चाबी ऐजन-ऐजन ठाउँमा राखेको हुनाले मेरो र सूर्यको गति उस्तै-उस्तै थियो- धिमा-धिमा।

त्यो दिन पनि रात आयो, तर जुन ल्याएर। खाली आकासमुनिका मान्छेको अनुहार त चिनिन्थेन, तर आकार चिनिथ्यो। मैले हिम्मत हारें, मलाई समाजको डर लाग्यो। इज्जतको अगाडि एक लाख केही पनि रै'नछ मेरो लागि। ठिक विपरीत भुनाले भने पाइला उचाल्यो।

(डियर भुना, चन्द्रमादेखि डराउने म कति कायर है?)

भुना हातमा चाबी समाएर निस्कियो छापामार शैलिमा। म उसकाे बाटो हेरेर पर्खिरहें, प्रेमीको पारामा।

भुना गएपछि मनमा अर्को लोभले चिमाेट्याे। यदि भुनाले ल्याएकोमा एक लाख पर्‍याे भने मलाई ५० हजार देला कि नदेला?

भुना फर्केर यहीं आउला कि नआउला?

चाबी मैले ल्याएको हुँ, यदि एक लाख परिगए पनि २५ हजार त देला नि। कस्सम यही सोचेर पर्खिरहें भुना आउने बाटो।

(डियर भुना, अचेल पनि तेरो बाटो पर्खिरहेको हुन्छु)

भुना आयो। तर, खाली हात आयो।

उ मेरो अघि खाली हात नै उभिएको थियो। तर, आखा खुशीले भरिएका थिए। अनुहार मन्द मुस्कानले भरिएको थियो।

सोधें - ल्याइस् त चाउचाउ?

उसले केही बोलेन। कट्टुले च्यापेको भेस्ट माथि सार्‍याे। लगत्तै ४ वटा चाउचाउ भूइँमा खसे।

मेरा आँखा भूइँतिर माेडिए। केहीबेर माैनता साँधेकाे उसले लाामाे श्वास फेर्दै भन्याे - अब दु:खका दिन गए।

(डियर भुना दु:खका दिन जाँदा रैछन् त?)

हामिले पहिलो चाउचाउको प्याकेट फुकाल्यौं र कुपन मात्र निकाल्यौं।

नङले कुपन माथिको लेपन बिस्तारै कोट्यायाैं, मानौकी हामी पाकेको आन्नो फुटाउन गइरहेका छौं।

पहिलो चाउचाउको कुपनमा पहिलो अक्षर एक देखियो।

आधाजति स्क्रयाच गरिसक्दा रु.१ देखियो। एक देख्ने बित्तिकै भुनाले कुपन कोट्टाउन छोडेर भन्यो - भन्या थिएकी नाइँ मैले, दु:खका दिन गए भनेर।

कुपनमा एक लाख नै छ मलाई पनि लाग्यो। अनि मैले भने - मलाई कति दिन्छस् नि?

उसले कुनैबेर नलगाई भन्यो - पचास/पचास हजार बाडौँला।

लाग्याे उसले पर्खाइकाे मूल्य बुझेको रै'छ।

अनि बिस्तारै कोट्याउँदै जाँदा थोप्लाे देखियाे। अनि शून्य, शून्य, शून्य आयाे र छ्ड्के धर्को नजरमा पर्‍याे।

अन्ततः निश्चित भयाे कि कुपनमा मात्र एक रुपैयाँ परेकाे थियाे।

भुनाको अनुहारमा कालो बादल मडारियो। एकाएक उसले केही नबोली दोस्रो चाउचाउ फुटाल्यो र कुपन निकाल्याे।

दोस्रो चाउचाउको कुपन भने उसले पछाडिबाट कोट्यायाे। त्यसमा पनि एक र शून्य नै देखियाे तर त्यसकाे 'भ्यालू' फरक थियाे।

'ओए हेर् त १० रुपैयाँ पर्‍याे', भुनाले आफ्नाे माैनता भंग गर्याे।

तर, उसकाे अनुहार त्यतिबेला भने निभ्याे, जतिबेला बाँकी दुबै कुपनमा लेखिएकाे थियाे - ट्राई अगेन।

११ रुपैयाँले भुनाको बिहे सम्भब थिएन। उ हार्ने मान्छे होइन। उसले कुपनले भने अनुसार नै 'ट्राई अगेन' (पुन: प्रयास) गर्नु नै थियो।

निराशाले भरिएकाे त्याे रात घर पुग्याैं र बेडमा पल्टियौं। सुत्नुअघि उ अन्तिम पटक संवादमा जाेडियाे - भोलि दिउँसो यहि दश रुपैयाँले एक प्याकेट चाउचाउ किन्छु, त्यसमा त पर्छ-पर्छ। आज त चोरेको पाप लाग्यो कि क्या हो।'

साँच्चै त्यो रात हामी दुबैले अलिकति पनि चाउचाउ खाएनौ। प्याकेट फुटालेका दुई-दुई पोका चाउचाउ उसकाे र मेराे झोलामा राख्यौ।

अर्को दिन उसले चाउचाउ किन्यो। फेरि 'ट्राई अगेन' गर्ने अनुरोध नै पायो।

अब हामीलाई अर्काे रात कुरेर बस्नुकाे विकल्प थिएन। मान्छे जति टुक्रिन्छ, उतिउति जिद्दी र कठोर बन्दै जान्छ। उ अघिल्लो रातझैं त्यो रात पनि मभन्दा अघि नै निस्कियो। त्यो रात उसले ५ वटा चाउचाउ ल्याएछ। तर, नतिजा अघिल्लो रात जस्तै आयो - थाेरै पैसा पर्यो तर एक लाख परेन।

हामी घैलानको बाट चोरेका चाउचाउमा परेका पैसा अरु दोकानमा गएर माग्थाैं। चोरेको शंका नहोस् भन्नेमा हामी सचेत थियौं।

केही रातसम्म पनि त्यही सिलसिला देहाेरियाे। एक दिन भुना 'सिता हरण भैसकेपछिको रामको जस्तै अनुहार' लिएर आयो- उदास, रिसाहा।

- के भयो फेरि

- यार आज दुईटा ताला लगाको रै'छ थारुले।

(डियर भुना, तँ अमेरिका हिँडेको छस्। तैँले अब आश गरेको ठाउँमा दुईटा ताला लागेको नभेटियोस्। शुभयात्रा भुना।)

यस कथाको भुनालाई दलालले अमेरिका पुर्‍याइदिन्छु भनी दुई महिनाअघि त्यसतर्फ पठाएको थियाे। भुना अझै अमेरिका पुगेको छैन वा भनौं अमेरिकामा दुईटा ताला लागेका छन्। उसकाे कुनै खबर आइपुगेको छैन हामीमाझ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्