काठमाडौं- सभामुख कृष्णबहादुर महराले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव जबर्जस्ती पेस गर्न अनुमति दिएपछि प्रतिनिधिसभा बैठकमा तनाव सिर्जना भएको छ।
सभामुखको अनुमतिपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोस्टममा जान खोजेपछि कांग्रेस सांसदहरुले घेरेर उनलाई जान दिएनन्। सभामुखले त्यसपछि बैठक पुन: १५ मिनेटका लागि स्थगित गरेका छन्।
यसअघि पनि कांग्रेस सांसदहरुको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
अनसनरत डा गोविन्द केसीसँग भएको सहमति पालना लगायत अन्य माग राख्दै कांग्रेसले दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो। कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल प्रदेश अन्तर्गत लगेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।