• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेडिकल काउन्सिल एडिक्सन

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:१७
1140x725

विधान र विधा जतिसुकै विशिष्ट भए पनि त्यसभित्र रहने व्यक्तिहरुको वैचारिक गुणले कुनै पनि संगठनको छवि र उचाइलाई फेरबदल गर्न सक्ने रहेछ। यस तथ्यको ठूलो साक्षी हो, नेपाल मेडिकल काउन्सिल। २०२० सालमा बनेको ऐन मुताबिक गठन भएको यो अर्ध न्यायिक प्रकृतिको नियामक निकायको प्रस्तावना, काम, कर्तव्य र अधिकार हेर्न हो भने विश्वका कुनै पनि मेडिकल काउन्सिलभन्दा कम र कमजोर देखिँदैन। 

मेडिकल काउन्सिल भन्नासाथ विश्वभर यसको मर्म एकै स्वरुपको हुने गर्छ। विश्वकै पहिलो मेडिकल काउन्सिल मानिएको बेलायतको जनरल मेडिकल काउन्सिलको अन्तर्य हेर्र्ने हो भने, जनताको स्वास्थ्यलाई सुरक्षित र व्यवस्थित राख्नका लागि चिकित्सकहरु र चिकित्सा सेवालाई मर्यादित राख्ने उद्देश्यले गठन भएको बुझिन्छ। नेपाल मेडिकल काउन्सिलको ऐन प्रस्तावना हेर्न हो भने पनि यही भाव झल्किन्छ। ‘चिकित्सकहरुको योग्यतालाई व्यवस्थित गर्न र आधुनिक औषधिको वैज्ञानिक ढंगले प्रयोग गर्नका निम्ति आधुनिक औषधिमा योग्यता पुगेका चिकित्सकहरुको रजिस्ट्रेसन गर्ने समेत व्यवस्था गर्न वाञ्छनीय भएकाले’ भन्ने प्रस्तावना बोकेको छ, मेडिकल काउन्सिलले। 

यसबाट बुझिन्छ कि, कुनै पनि मेडिकल काउन्सिलको भूमिका गुणस्तर (चिकित्सा शिक्षा,चिकित्सक र चिकित्सा सेवा), आचार–संहिताको व्यवस्था र व्यवस्थापन गर्नेमा रहन्छ।

कार्यादेश र कार्यदिशाबीच कन्फ्युजन 

असीमित अधिकारसहित स्पष्ट कार्यादेश पाएको नेपाल मेडिकल काउन्सिलको कार्यादेश नियाल्दा कता–कता कम्पासविहीन यात्रु जङ्गलमा अल्मलिएझैँ लाग्छ। यसो भन्दै गर्दा, काउन्सिलले गरेका राम्रा काम र उसले चलाइरहेका प्रशासनिक दैनिकीलाई अवमूल्यन गर्न खोजिएको भने होइन। तथापि, एक नेपाली चिकित्सक वा भनौँ नेपाली नागरिक भएर काउन्सिलको विद्यमान संस्कार र प्रस्तुति हेर्दा लाग्छ, मानै ऊ त्यत्रो कर्तव्य र अधिकार निहित संस्था नभएर मेडिकल कलेजहरुको सिट संख्या तोक्ने कुनै निकाय मात्र हो। यस्तो लाग्छ, काउन्सिललाई इथिक्स र गुणस्तरबारे कुनै चासो नै छैन।

चिकित्सा सेवा प्रदायकहरुको निरीक्षण त उसको जिम्मेवारीमै पर्दैन। त्यसैले  सर्वसाधारणका लागि मेडिकल काउन्सिलसँग कुनै सम्बन्ध नै छैन। यदि, काउन्सिलले तोकिएको कर्म, मर्म र धर्म अनुसार आफूलाई अघि बढाएको भए चिकित्सकहरुमाथि अहिले भइरहेको हुलहुज्जत र दृव्र्यवहारसमेत कम हुने थियो। ‘स्वाथ्य सेवामा केही गलत भएको महसुस हुदाँ, मेडिकल काउन्सिलको ढोका खुला छ।

यथाशीघ्र त्यसको प्राविधिक छानबिन गरी न्याय दिलाउँछ या मार्ग खुलाउँछ,’ भन्ने सन्देश जनतामा लगिएको भए कुनै कारणले चित्त नबुझेको वा आक्रोशित बिरामी र आफन्तजन ढुक्कका साथ काउन्सिल जान्थे। यसको अर्थ उनीहरु हुलहुज्जत वा आक्रोशित भएर हातपातमा उत्रिन पाउँदैन थिए। प्रेसर कुकरको सिठी जति थुनियो उति बलियो रुपमा लाग्छ र भाँडै सहित पड्कन्छ भन्ने नियम यहाँ पनि लागू भएको देखिन्छ। हालका दिनमा पनि मेडिकल काउन्सिलले प्ररेस कुकरको सिठी थुनिदिएकाले अस्पताल र डाक्टरमाथि आक्रोश पोखिएको हो। मेडिकल काउन्सिलले कार्यादेश पाएर पनि कार्यदिशा नलिँदा डाक्टर र स्वाथ्य सेवाको पेशागत छवि धुमिल हुँदै गइरहेको छ। यसको साखमा कमी आइरहेको छ। 

मेडिकल कलेजको सिट निर्धारणमा तुरुन्तै जुट्ने काउन्सिल यस्ता ‘जेन्युन’ विषयमा निस्क्रियझैँ देखिन्छ। मेडिकल कलेजहरुलाई मान्यता दिने, पाठ्यक्रम निर्धारण गर्ने, भर्ना प्रक्रिया, आवश्यक पूर्वाधार, मापदण्ड तोक्ने चिकित्सा शिक्षा अन्तर्गत काउन्सिलले पाएका अधिकारहरु हुन्। तर, सिट तोक्ने उपशीर्षकमा हौसिएर काम गर्नु तर अन्य शीर्षकमा जोश नदेखाउनुले उसका लागि ठूलै साइजको प्रश्नवाचक चिह्न तेर्सिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

काउन्सिल फिलिया र काउन्सिल एडिक्सन 
मेडिकल काउन्सिलभित्र कुनै अदृश्य जादुगरी शक्ति छ कि भन्ने लाग्नेगरी कतिपय डाक्टरहरुमा ‘सिभियर’ प्रकृतिको ‘काउन्सिल फिलिया’ अर्थात् काउन्सिल मोह देखिन्छ। बेतलबी वा स्वयंसेवकका रुपमा रहने यसका पदहरुमा पुग्नका लागि वा चुनाव जित्नका लागि केही डाक्टरले लाखौँलाख खर्च गर्छन् भन्ने चर्चा नौलो होइन। चुनाव आएसँगै भोजभतेरका शृंखला सुरु हुनु, ‘भिजन’ र प्रतिबद्धता भन्दा पनि अन्य संयन्त्र परिचालन गरेर चुनाव जित्ने अभिष्ठ राख्नु जस्ता पक्ष केलाउँदा, कतै मेडिकल कलेजका सञ्चालकहरु वा स्वास्थ्य क्षेत्रका स्वार्थ समूहहरुको प्रायोजन त रहन्न? भन्ने प्रश्न उब्जिने गर्छ।

यसैगरी, अमूक ‘मनी’, ‘माइन्ड’ र ‘मसल्स’को आडमा चुनाव जित्ने, जितेपछि तिनै प्रायोजक र शक्ति समूहका लागि अनुचित कार्य गरिदिने, त्यसबाट थप पैसा र ‘पावर’ सञ्चय गर्ने अनि त्यही कालो धन र पावरलाई चुनावमा लगाउने दुश्चक्र सिर्जना गरी काउन्सिलमा बसिरहने खेला जस्तो पनि देखिन्छ। यस्तो प्रवृत्तिलाई काउन्सिल फिलियाको संज्ञा दिन सकिन्छ। 

एक पटक जितेर काउन्सिलको अनुचित स्वादमा पल्किएकाहरु दोहो¥याई, तेहे¥याई त्यही स्वयंसेवक पदमा जान किन मरिहत्ते गर्नु? स्वास्थ्य क्षेत्रको चुनावमा पनि किन राजनीतिमा झैँ रणनीति प्रयोग गर्नु? काउन्सिलबाट हट्नुपरे ‘पावरलेस’ भइएला कि भन्ने पीर लिनुपर्ने अवस्थाको किन आएको होला?

आरोप र कालो धब्बासँग थेत्तरोपन वा ‘रेसिस्टेन्स’ भइसक्नु जस्ता लक्षण भएका काउन्सिलका सदस्यलाई ‘काउन्सिल एडिक्सन’ भन्ने विशेष रोग लागेको छ भनेर बुझ्न सकिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘चिकित्सा शिक्षा आयोग बनेर काउन्सिलका अधिकार केही ट्रान्सफर भए भने काउन्सिलको चार्म घट्ने हो कि’ भन्ने वाक्यांश निकाल्नु, यस्ता काउन्सिल एडिक्टहरुमा भर्खरै पत्ता लागेको नयाँ लक्षणका रुपमा लिन सकिन्छ।

आसन्न चुनाव र हाम्रो विवेक
करिब एक दशकदेखि द्रूत गतिमा बिग्रँदै गएको काउन्सिलको छवि सुधार्ने या थप बिगार्ने भन्ने बडो संवेदनशील मोडमा यस पटक काउन्सिलको निर्वाचन हुन गइरहेको छ। हामी सबै डाक्टरका लागि यो विवेकको परीक्षा दिने समय हो। आमजनताले यो निर्वाचनलाई विशिष्ट महत्वका साथ हेर्ने गरेका छन्।

डाक्टरहरुले ज्ञान र ध्यान नपुर्‍याई गलत आशय राख्ने, खराब छवि भएका र काउन्सिलमा रहेर कालो दाग लागिसकेकाहरुलाई जितायौँ भने सिधा अर्थमा हामी विवेक भएका ठहर हुने छैनौँ। आफ्नो पेशागत मर्यादा, साख र स्वास्थ्य क्षेत्रको भविष्य हामीले हाल्ने भोटले निर्धारण गर्नेछ। यदि, हाम्रो भोटले काउन्सिल फिलिया र काउन्सिल एडिक्सन भएकाहरुले जित्न पुगे भने डा. गोविन्द केसीको आन्दोलनले जे–जस्ता उपलब्धि दिलाएका छन्, त्यो पनि मित्थ्या साबित हुने निश्चित छ।

उपसंहार 
आसन्न काउन्सिलको चुनाव हाम्रो पेशागत प्रतिष्ठा, समग्र स्वास्थ्य क्षेत्रको भविष्य, डा. केसीले उठाउनु भएका मुद्दाको समाधान खोज्ने विशिष्ठ अवसर हो। भनसुन, देखासेखी, खाइपिई र प्रलोभनजस्ता अस्त्रका माध्यमले नभएर आकांक्षी उम्मेद्वारहरुलाई प्रश्न राखेर उनीहरुसँग ‘भिजन’ र ‘रिजन’ मागेर भोट दिनुपर्ने आवश्यकता छ।

छवी बिगारिसकेका काउन्सिल एडिक्टहरुलाई फेरि उठ्नुपर्ने स्पष्ट कारण सोधेर र आफ्ना तर्कसहित उनीहरुसँग प्रतिबद्धता माग्नुपर्ने बेला आएको छ। हामी सबैले ‘डायग्नोसिस’ गरेका काउन्सिलभित्रका रोगहरुको सही उपचार यसरी मात्र सम्भव छ। अरुलाई ‘इथिक्स’मा राख्नुपर्ने काउन्सिल पहिला आफैँ इथिक्समा बस्छ कि बस्दैन भनेर चियोचर्चो गर्नु जरुरी छ। काउन्सिलको कार्यादेश र कार्यदिशामा एकरुपता ल्याउनका लागि हामी सवै वैचारिक मन्थनमा जुट्ने बेला यही हो।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:१७
  • #Banijya

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्