काठमाडौं– बर्दिया र बाराबाट अवैध लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बर्दिया राजापुर नगरपालिका–४ शत्तीपुलबाट भारत लखिमपुर खिरी इन्द्रनगर बस्ने २७ वर्षीय हरजित सिंहलाई लागुऔषध ब्राउन सुगर अन्दाजी १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जस्थितबाट झापा मेचीनगर नगरपालिका–१० बस्ने २२ वर्षीय सुदीप पाण्डे र धादिङ गल्छी गाउँपालिका–४ बस्ने २२ वर्षीय नबराज भुजेललाई नियन्त्रित लागुऔषध फेनारगन ६० एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मे ६ प ६२२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।