काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका–७ श्रीराम पार्टी वीर हनुमान इँटाभट्टामा बनाइएको अन्दाजी १० फिट अग्लो पर्खाल भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ। दुई बालबालिका घाइते भएका छन्।
पर्खालले च्यापिएर इँटाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नवीन विकका अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका–१ बस्ने ज्ञान परियारकी ३ वर्षीया छोरी जेनिसाको बिहीबार दिउँसो मृत्यु भएको छ।
पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पर्खालले च्यापिएर घाइते भएका इँटाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने बाबुराम घर्तीकी ३ वर्षीया छोरी झरना घर्ती समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।