राजविराज– चोरी मुद्दाका एक फरार प्रतिवादीलाई बारा प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका– ८ का ५० वर्षीय कमल महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको हो। कोइरीलाई सुराकीको आधारमा घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
पुनरावेदन अदालत हेटौंडाले २०५७ कात्तिक २१ गते कोइरीलाई १ महिना १५ दिन कैद र २ हजार १८४ गरिवाना गर्ने फैसला गरेको थियो।
यसैगरी, लागुऔषध चरेश मुद्दामा फरार रहेका सिमरा उपमहानगरपालिका– ८ का ४५ वर्षीय असर्फी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। बारा जिल्ला अदालतले २०६९ जेठ २४ गते साहलाई ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेका दुवैलाई कैद भुक्तानका लागि वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।