राजविराज– पर्साको वीरगञ्ज महानगरपालिका– ११ बाट २१ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिन्दबासिनी गाउँपालिका– ७ का २१ वर्षीय उपेन्द्र दासलाई प्रहरीले पक्राउ गरेको हो। सवारी चेकजाँचका क्रममा दास पक्राउ परेको प्रहरीले जनाएको छ।
ना४०प ४२५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय पर्साले जनाएको छ।
यसअघि पुस २९ गते २२ किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका– १, कल्याणपुरका देवेन्द्र यादव पक्राउ परेका थिए। घर खानतलासी गरेर उनलाई प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।