काठमाडौं– दुई पटक समय थपिए पनि १२औँ महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघको कार्यकाल एक साता थपिएको छ।
बुधबार कार्यकाल सकिएको वर्तमान कार्य समितिलाई माघ १० सम्मको अवधि थपिएको हो।
संघलाई दुई पटक गरी यसअघि ५ महिना समय थपि सकिएको छ।
माघ १० मा बस्ने केन्द्रीय कार्य समितिको बैठकले वर्तमान संघको वर्तमान समितिलाई बारे निर्णय लिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
शनिबार पार्टी सभापति शेर बहादुर देउवालाई भेट्न गएका संघका सदस्यहरूलाई देउवाले माघ १० सम्म गतिविधि नरोक्न निर्देशन दिएका थिए।
वर्तमान कार्य समितिलाई निरन्तरता वा तदर्थ समिति निर्माण गर्ने दुई विकल्प रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।