काठमाडौं– टोखा नगरपालिका गोंगबुमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
श्याम ढुंगानाले सञ्चालन गरेको 'पिस ग्लास हाउस'मा सिलिन्डर पड्किँदा नुवाकोटका २५ वर्षीय काजी तामाङको मृत्यु भएको हो।
उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
दुर्घटनामा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल गम्भीर घाइते छन्।
उनीहरुको त्रिवि शिक्षण अस्पताल, बयोधा अस्पताल र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ग्यास सिलिण्डर पड्किनुको कारण भने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।