काठमाडौं– पर्सा प्रहरीले २० वर्ष अघिको कर्तब्य ज्यान मुद्दाका फरार एक अपराधी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ बस्ने ८८ वर्षीय मिश्रीलाल साह छन्।
२०५५ साउन २४ गते जिल्ला अदालत पर्साको फैसलाले वारेण्ट समेत जारी भई फरार रहेका मिश्रीलाललाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको घरबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।