काठमाडौं– हुलाकमार्फत् हङकङ पठाउन लागेको १५ किलो चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर प्रहरी टोलीले बुधबार गोश्वारा हुलाक सुन्धाराबाट हङकङ पठाउन लागिएको चरेससहित एक युवतीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट काउलेकी २९ वर्षीया कान्छीमाया घले रहेकी छन्। घलेले काठमाडौंका डान्सबार डान्सरको काम गर्ने गरेको प्रहरीले जनाएको छ।
अगरबत्तीको बट्टामा फल्स बटम बनाई उनले हुलाकमार्फत चरेस हङकङ पठाउन लागेकी थिइन्।
यसअघि 'एकपटक अगरबत्ति यसैगरी हङकङ पठाउन सफल भएपछि चरेस पनि पठाउन सकिने रहेछ' भन्दै पठाउन लागेको प्रहरी समक्ष युवतीले बताएकी छन्।
अगरबत्तिको १ सय ४८ वटा बट्टामा साढे १५ किलो चरेस प्याक गरेर तस्करी गर्न लागिएको थियो।
अन्तत: उनको तस्करीको योजना असफल भएको छ।
चरेस कसलाई पठाउन लागिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।