• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कर मुद्दामा एनसेललाई फाइदा पुग्नेगरी सर्वोच्चको यस्तो आदेश

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ७, २०७४  १७:५८
1140x725

काठमाडौं- नेपालमा वैधानिक रुपमा दर्ता भई सञ्चालनमा रहेका कम्पनीले तिर्नुपर्ने करको निर्धारण अर्थ मन्त्रालय अन्तर्गत राजश्व कार्यालयहरुले गर्छन्। तर, उक्त कार्यालयका कर्मचारीसँगको मिलोमतोमा अर्बौं राजश्व वर्षौंसम्म नतिर्ने व्यवसायीमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका एक साझेदार निरजगोविन्द श्रेष्ठ समेत थपिएका छन्।

कर निर्धारण रोक्न माग गर्दै श्रेष्ठले हालेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि यो सूचीमा उनी पनि थपिएका हुन्। २०७१ वैशाखमा एनसेलले ५५ लाख कर अधिक निर्धारण भएको भन्दै दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचराधिन छ। उक्त मुद्दा फैसला नहुँदै अर्को मुद्दा सर्वोच्चमा पुगेको हो। 

सर्वोच्चमा कर निर्धारण विरुद्धका १ हजारभन्दा धेरै व्यापारी-व्यवसायीका मुद्दा विगत पाँच वर्षदेखि विचाराधीन छन्। कर कार्यालयका कर्मचारीसँग मिलोमतो गरी अधिकांश उद्योगी-व्यापारीले राज्यलाई तिर्नुपर्ने राजश्व अदालतलाई समेत प्रयोग गरेर तिरिरहेका छैनन्। राजश्व कार्यालयले निर्धारण गरेको राजश्व चित्त नबुझे अर्धन्यायिक र न्यायिक निकायमा जाने बाटो राखिएको भए पनि उक्त प्रक्रियामा पुग्नुअघि नै व्यापारीहरुले रोक्ने गरेका छन् । 

करदाता कार्यालयले कर निर्धारण गरेपछि चित्त नबुझेमा राजश्व कार्यालयको महानिर्देशक समक्ष पुनरावेदन गर्न पाउने व्यवस्था छ। त्यसका लागि तोकिएको करको ५० प्रतिशत धरौटी राख्नुपर्ने हुन्छ। महानिर्देशकको राय चित्त नबुझेमा थप २५ प्रतिशत रकम धरौटी राखेर त्यसविरुद्ध राजश्व न्यायाधीकरण हुँदै सर्वोच्च अदालत जान पाइन्छ। तर, अधिकांश व्यापारी यो प्रक्रियामा नजानका लागि रिट मार्फत् कर निर्धारणलाई नै रोक्न सर्वोच्च अदालत पुग्ने गरेका छन्। जसका कारण उनीहरुले सरकारलाई राजश्व नबुझाई वर्षौंसम्म मुद्दा लडिरहेका हुन्।

यस्तो छ एनसेलको पछिल्लो मुद्दा

सर्वोच्च अदालतले एनसेलको सेयर बिक्रीमा श्रेष्ठसँग निर्धारण भएको कर असुल नगर्न ठूला करदाता कार्यालयको नाममा कात्तिक ५ गते अन्तरिम आदेश जारी गरेको हो। 

एनसेल सेयर बिक्रीको कर निर्धारण रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै राज्यले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व तत्काल नउठ्ने भएको छ। 

न्यायाधीश ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले कात्तिक ५ गते ठूला करदाता कार्यालय हरिहर भवनको नाममा कर असुली कार्य हाललाई रोक्न अन्तरिम आदेश जारी गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जाना जोड्दा श्रेष्ठको दायित्व ६ अर्ब १५ करोड रुपैयाँभन्दा माथि देखिएको थियो। तर, सर्वोच्चको संयुक्त इजलाशले त्यसलाई बेवास्ता गर्दै सरकारी ढुकुटीमा जम्मा हुने राजस्व असुल नगर्न अन्तरिम आदेश दिएको हो।

श्रेष्ठको मुद्दामा अदालतले कर निर्धारण प्रक्रिया रोक्न आदेश दिएकाले एनसेलको आधिकारिक कम्पनी टेलियासोनेराले अर्को कम्पनी एक्जिएटालाई बिक्री गरेको ८० प्रतिशत सेयरमा समेत लाभकर उठाउन समस्या पर्ने देखिन्छ। ठूला करदाता कार्यालयले एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा ६१ अर्ब रुपैयाँभन्दा बढी लाभकर निर्धारण गरिसकेको छ। श्रेष्ठको मुद्दामा जारी भएको अन्तरिम आदेशको आधारमा टेकेर एनसेलले अन्य रिट पनि सर्वोच्च लैजाने सम्भावना देखिन्छ। 

करदाता कार्यालयले श्रेष्ठको नाममा निर्धारण भएको कर असुल गर्ने सूचना समेत निकालेको थियो। कर, निर्धारण गर्न पाउने ठूला करदाता कार्यालयको अधिकारमाथि हस्तक्षेप गर्दै सर्वोच्चको संयुक्त इजलाशले निर्धारण भएको कर असुल कार्य यथास्थानमा राख्न भनेको हो।

एनसेलको स्थानीय सेयर साझेदार श्रेष्ठले आफूले तिर्नुपर्ने लाभकरको ‘एसेस्मेन्ट’ रोक्न माग गर्दै गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथिको पहिलो सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले सम्बन्धित पक्षलाई छलफलमा डाक्दै कारण देखाउ आदेश मात्र जारी गरेको थियो। तर, दोस्रो सुनुवाइमा भने सर्वोच्चले कर असुल गर्न पाउने कानुनी अधिकार भएको ठूला करदाता कार्यालयको नाममा निर्धारण भएको कर असुल कार्य यथास्थानमा राख्न आदेश जारी गरेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलो सुनुवाइले अन्तरिम आदेश नदिएपछि २० प्रतिशत स्वामित्व बेच्दा श्रेष्ठमाथि लाग्ने लाभकरको एसेस्मेन्ट गर्न ठूला करदाता कार्यालयलाई बाटो खुलेको थियो। तर, दोस्रो संयुक्त इजलाशबाट अन्तरिम आदेश जारी भएपछि उक्त प्रक्रिया रोक्नुपर्ने भएको छ। यसअघि राजनीतिक पहुँचका आधारमा एनसेलले तिर्नुपर्ने लाभकर सरकारी खातामा पेश हुन सकेको छैन।

सर्वोच्चको अन्तरिम आदेशपछि करदाता कार्यालयले मुद्दा फैसला नभएसम्म कर लिन पाउनेछैन भने निवेदकले उक्त कर बापतको रकम अन्तै प्रयोग गर्न पाउनेछन्। ठूला करदाता कार्यालयले कर निर्धारण गरी असुली गरेको भए त्यसविरुद्ध श्रेष्ठ आन्तरिक राजस्व विभागका महानिर्देशककहाँ पुनरावलोकन हाल्न जानुपर्ने हुन्थ्यो। महानिर्देशकले गरेको निर्णय चित्त नबुझे  राजस्व न्यायाधीकरण हुँदै सर्वोच्च अदालत पुग्नुपर्ने थियो। यसबीचमा उनले तोकिएको कर रकमको ७५ प्रतिशत हिस्सा धरौटी बुझाउनुपर्ने हुन्थ्यो। तर, उनी सिधै सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि सरकारी राजस्व तत्काल नबुझाई उम्कन सफल भएका छन्। 

८० प्रतिशत सेयर बिक्रीमा लाग्ने लाभकर नबुझाउने नियतका साथ एनसेलले नमूनाका लागि अदालती 'ट्रायल' सुरु गराएको जानकारहरु बताउँछन्। श्रेष्ठले एनसेलको २० प्रतिशत सेयर भावनासिंह श्रेष्ठलाई बिक्री गर्दा ११ अर्ब ३२ करोड लाभ भएको भन्दै २ अर्ब ८३ करोड कर तिरेका थिए। एनसेलको बाँकी ८० प्रतिशत सेयर बिक्रीको तुलनामा स्थानीय साझेदारले ६८ प्रतिशत न्यून मूल्यांकन देखाएका थिए। त्यस अनुरुप सरकारी आयव्ययको अडिट गर्ने महालेखा परीक्षकको कार्यालयले ६ अर्ब १५ करोड रुपैयाँ बेरुजु लेखेपछि ठूला करदाता कार्यालयले थप कर निर्धारणको प्रक्रिया सुरु गरेको थियो।

कार्यालयले गत भदौ ३१ गते थप कर निर्धारण गर्नु नपर्ने कुनै कारण भए १५ दिनभित्र जवाफ पेश गर्न निरजगोविन्द श्रेष्ठको नाममा सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो। कार्यालयले भदौ १९ मै श्रेष्ठको ठेगानामा हुलाकबाट रजिस्ट्री चिठी पठाएको व्यहोरा समेत उक्त सूचनामा उल्लेख छ।

ठूला करदाता कार्यालयकै ढिलासुस्तीका कारण एनसेल मुद्दा अदालत गएको हो। भदौ ३१ गते १५ दिने सूचना जारी गरेको कार्यालयले दशैं बिदा लगत्तै श्रेष्ठको कर निर्धारण गर्नुपर्नेमा ढिलाइ गरेको थियो। करदाता कार्यालयले समयमै निर्णय गरेको भए उनले तोकिएको राजस्वको ७५ प्रतिशत रकम धरौटी राखेर मात्र न्यायिक प्रक्रियामा जान पाउथे। 

२०७३ वैशाखमा १ खर्ब ४४ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर टेलियासोनेराले एक्जियटालाई बिक्री गरेको थियो। त्यही बेला स्थानीय साझेदार श्रेष्ठले सिंगापुरमा बसोबास गर्ने सतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठलाई २० प्रतिशत शेयर बिक्री गरेका थिए।

सुरुमा कर निर्धारणमा ढिलासुस्ती भएसँगै संसदको लेखा समितिको निर्देशन र जनदबाबका कारण केही प्रतिशत राजश्व एनसेलले सरकारी ढुकुटीमा जम्मा गराएको थियो। अब श्रेष्ठको मुद्दाको आदेश बमोजिम एनसेल थप कर तिर्नबाट उम्किने सम्भावना बढ्ने देखिन्छ। 

यो पनि पढ्नोस्

आयकर नतिर्न मुद्दा लड्दै ठूला औद्योगिक घराना
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्