• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एडिबीको ७१ करोड अनुदान फिर्ता, तीन ठूला आयोजना अलपत्र 

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  २०:२९
1140x725

बुटवल– स्थानीयको विवाद र गलत डिजाइनका कारण एसियाली विकास बैंकको ७१ करोड रुपैयाँ अनुदान बुटवलबाट फिर्ता जाने भएको छ।

रकम फिर्ता जाने भएपछि तीन ठूला आयोजना अलपत्र परेका छन्। 

१७ करोड ९९ लाख रुपैयाँको खानेपानी उपआयोजना, २५ करोड ६२ लाख रुपैयाँको एकीकृत फोहरमैला प्रशोधन केन्द्र र २७ करोड ३३ लाख रुपैयाँको दक्षिण एसियाको नमुना मैनाबगर अटो भिलेज परियोजना म्याद थप्दासमेत सफल हुन नसकेपछि अलपत्र बनेका हुन्।

एसियाली विकास बैंक र नेपाल सरकारको ५० प्रतिशत अनुदान, नगर विकास कोषको ३५ प्रतिशत ऋण सहयोग र बुटवल उपमहानगरपालिकाको १५ प्रतिशत लागत सहभागिता रहने गरी सन् २०१० मा आयोजना सञ्चालन गर्ने सम्झौता भएको थियो। 

तीन आयोजनामध्ये अटो भिलेजको गलत डिजाइनका कारण प्रक्रिया नै सुरु नभई गुमेको छ भने बाँकी दुई आयोजना काम सम्पन्न हुने समयमा आएर फिर्ता भएका छन्।

बुटवलको वडा नंं ७ र ८ मा ठूलो समस्याको रुपमा रहेको खानेपानी आयोजना निर्माणका लागि सन् २०१४ को नोभेम्बरमा निर्माण कम्पनी सुमेक–चन्द्रा वसन्त जेभी ललितपुरसँग ६ सय ६० दिनमा काम सक्ने गरी सम्झौता भएको थियो। 

तर, आयोजनाको डिजाइन अनुमान नै गलत हुँदा बोरिङबाट पानी आउन नसेको थिएन। त्यसपछि दोस्रो डिजाइन गर्दा आवश्यक प्राविधिक जनशक्ति व्यवस्था गर्न नसक्दा आयोजना असफल हुन पुगेको बताइएको छ। 

दोस्रो डिजाइनअनुसार पानी निकाल्न वैकल्पिक स्थानको खोजी भइरहँदा ४ लाख लिटर क्षमताको ओभर हेड कंक्रिट ट्यांकी निर्माण भने सम्पन्न भएको छ। साथै पाइप पनि खरिद गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

तर, पाइपको गुणस्तरमा समेत स्थानीय उपभोक्ताले प्रश्न उठाउँंदै यूपिभिसी पाइपको सट्टा एचडिपी (कालो पाइप) राख्न माग गर्दै अवरोध गरेपछि एडिबीले आयोजनाबाट हात झिकेको हो।

निर्माण कम्पनीले आयोजनाको काम गरेबापत पटकपटक गरी ६ करोड ६८ लाख ८२ हजार रुपैैयाँ भुक्तानी लगेको आयोजना कार्यान्वयन इकाइका लेखा प्रमुख शंकर ढकालले जानकारी दिए। 

बुटवल र देवदहको सीमा क्षेत्रमा रहेको शिवनगर सामुदायिक वनमा पर्ने भनभने खोंचमा बनाउने भनिएको फोहेर मैला प्रशोधन केन्द्र आयोजना पनि अलपत्र परेको छ।

सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआइइसी–पप्पु जेभीसँग सम्झौता गरेको थियो। 

बुटवलबाट दैनिक करिब ५३ टन फोहर उत्पादन हुने गर्छ।  तर, आयोजना निर्माण स्थलका विषयमा स्थानीयको विरोध भएपछि काम नै अगाडि बढ्न सकेको थिए।

यो आयोजना पनि अलपत्र परेको छ। फोहर मैला प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको जेडआइइसी–पप्पु जेभीले निर्माण सुरु नहुँदै पेस्कीस्वरुप २ करोड २१ लाख रुपैयाँ लगेको छ। 

निर्माण कम्पनीले कुनै पनि काम गरेको छैन। काम नभएकाले पेस्की रकम आयोजनाले फिर्ता मागे पनि निर्माण कम्पनीले रकम फिर्ता गर्न नसकिने भन्दै उल्टै मुद्दा दायर गरेको छ। 

नगरभरि छरिएर रहेका ग्यारेज र अटो व्यवसायीलाई एकैथलोमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्यले बुटवल–१ मैनाबगरमा १४ बिघा क्षेत्रफलमा अटो भिलेज पूर्वाधार, सञ्चालन तथा व्यवस्थापन परियोजना सुुरु गर्ने तयारी गरे पनि व्यवसायीले महँगो परियोजना भन्दै विरोधमा उत्रिएर काम सुरु गर्न नदिँदा अटो भिलेज आयोजना पनि असफल भएको छ। 

व्यवसायीको विरोधपछि कम्पनीमार्फत सञ्चालन गर्ने तयारी गरी सेयर पुँजी जम्मा गरिए पनि त्सयसमासमेत सफल हुन नसकेपछि सेयर रकम व्यवसायीलाई फिर्ता गरिएको छ। 

उक्त परियोजना व्यवसायीको हितमा नभएको र अनावश्यक ऋणको भार थुपार्न लागू गर्न खोजिएको आरोपसहित व्यवसायीहरू विपक्षमा उभिँदा सम्झौता प्रक्रियामा नै नगई परियोजना असफल भएको छ। 

सन् २०१५ मा पूरा गर्ने भनिएकोमा ५ वर्षसम्म काम सुुरु नै हुन नसकेपछि उपमहानगरपालिकाले  एसियाली विकास बैंकसँग अनुरोध गरी २ वर्ष समय थप गरेको थियो। 

आयोजनाका व्यवस्थापक शिखर लामा तामाङले खानेपानी आयोजनामा सुरुमै डिजाइन गलत हुन जाँदा ढिलाइ भएको र पछि पाइप बिछ्याउने क्रममा उपभोक्ताले गुणस्तरमा प्रश्न गर्दै असहमति जनाएपछि आयोजना सफल हुन नसकेको बताए। 

उनले फोहरमैला प्रशोधन केन्द्र र अटो भिलेजमा स्थानीयको विरोधका कारण सफल हुन नसकेको बताए।

व्यवस्थापक तामाङले स्थानीय जनताको विरोध भएमा आफ्नो अनुदानमा सञ्चालन हुने आयोजनाहरू सञ्चालन गर्न नसकिने एडिबीको नीतिअनुरुप आयोजनाबाट हात झिक्नु परेको बताए। 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानीय चुनाव अगावै आयोजनाहरूमा विवाद र डिजाइनमा त्रुटि रहेको बताए।

उनले आयोजनालाई पूर्णता दिन आफूहरूले आवश्यक पहलसहित म्याद थप गरेर काम गरे पनि स्थानियको विरोध र गलत डिजाइनका कारण पूर्णता दिन नसकिएको बताए।

मेयर सुवेदीले तीनवटै आयोजना वैकल्पिक माध्यमबाट पूरा गर्ने उपमहानगरपालिकाले गृहकार्य गरिरहेको दाबी गरेका छन्। खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायणबावु बस्नेतले आयोजनाले  परियोजनाका बारेमा उपभोक्तालाई जानकारी नगराई एकलौटी रुपमा पेलेर जान खोज्दा असफल भएको बताए। 

आयोजना कार्यान्वयनका लागि कालिकानगरमा छुट्टै घर भाडामा लिइएको थियो। आयोजना कार्यान्वयन इकाईमा ९ जना कर्मचारी कार्यरत थिए। अहिले आयोजना व्यवस्थापक पनि परिर्वतन भएका छन्।

सुुरुमा आयोजनाको व्यवस्थापकमा उपमहानगरका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठ थिए भने त्यसपछि गोविन्दप्रसाद गौतमले आयोजना व्यवस्थापकको रुपमा काम गरे। अहिले शिखर लामा तामाङले व्यवस्थापनका जिम्मेवारी सम्हालेका थिए।

नेतृत्वको असक्षमता

उपमहानगरपालिकाले महत्वाकांक्षी तीन वटा आयोजना असफल हुनुमा उपमहानगरको नेतृत्वको अक्षमता भएको कर्मचारीले आरोप लगाएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा उपमहानगरका उच्च तहका एक कर्मचारीले नेतृत्वको कमजोरीले स्थानीय जनतालाई सहमतिमा ल्याउन नसक्दा बुटवलको गरिमा बढाउने आयोजनाहरू अलपत्र परेको बताए। 

नेतृत्वको असक्षमतासँगै केही हदसम्म राजनीतिक दलहरूबीच उचित समन्वय र समझदारी हुन नसक्दा पनि बुटवलको विकास एक दशकपछि परेको ती कर्मचारीले बताए।  

‘बुटवलबासीका लागि दुर्भाग्य’

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेले आयोजनाको रकम फिर्ता जानुको दोष उपमहानगरपालिका प्रमुखको भएको जिकिर गरे।

‘अन्तर्राष्ट्रिय दातृ संस्थालाई विश्वास दिलाउन नसकेर आयोजनाको रकम फिर्ता जानु बुटवलबासीका लागि दुर्भाग्य हो’, सभापति पाण्डेले भने, ‘अहिलेका मेयरको कार्यकाल नयाँ काम गर्नु भन्दा पनि प्राप्त उपलब्धि गुमाउनका रह्यो।’

उनले रकम फिर्ता जानु भनेको बुटवलको छवि धमल्लिएको टिप्पणी गरे। उनले आयोजनाका विषयमा मेयरले चासो नदेखाएको र छलफल नै नचलाएको आरोप समेत लगाए। 

आयोजना फिर्ता गएपछि एडिबिबाट थप बजेट ल्याउन ठूलो संर्घष गर्नुपर्ने बताउँदै सभापति पाण्डेले यसले बुटवलको विकास निकै पछाडि धकेलिएको उल्लेख गरे।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक शनिबार, वैशाख ५, २०८३
कैलालीमा मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमा र भाइ बिरामी शनिबार, वैशाख ५, २०८३
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्