सन्देश दिँदै क्यान्सरलाई जितेकाहरु [भिडियो रिपोर्ट]

पुष्पा केसी | २०७५ पौष १४ शनिबार | Saturday, December 29, 2018 १२:३३:०० मा प्रकाशित

काठमाडौं- प्रत्येक मानिसको आफ्नै कथा हुन्छ। आफ्नै कहानी...। तर, कहिलेकाहीँ भिन्नभिन्न मानिसको कथा एउटै आख्यानझैं बन्दो रहेछ।

यो त्यस्तै मानिसहरुको कथा हो, जसले क्यान्सरलाई पराजय गरे।

यतिबेला क्यान्सरलाई जितेका २५ जना पुल्चोकस्थित मोक्ष रेस्टुरेन्टमा ‘सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो’को तयारीमा जुटेका छन्। जसमा २१ महिला र ४ पुरुष छन्। कतिलाई लाग्न पनि सक्छ, र्‍याम्प शो नै किन?

क्यान्सर रोगबाट पीडितहरु अझै पनि समाजमा खुल्न सक्ने अवस्था नभएकैले यसबारे जनचेतना दिन र्‍याम्प शोको आयोजना गर्न लागिएको आयोजक समितिको तर्क छ।

विस्तृत भिडियो रिपोर्टमा-