• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण, छिमेकीलाई चासो

64x64
नेपाल लाइभ मंगलबार, पुस ३, २०७५  २२:५५
1140x725

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँच दिने भ्रमणका लागि संयुक्त राज्य अमेरिका पुगेका छन्। अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोको औपचारिक निमन्त्रणामा मन्त्री ज्ञवाली अमेरिकातर्फ सोमबार बिहान प्रस्थान गरेका हुन्।

नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्री स्तरमा हुन लागेको यो वार्ता १७ वर्षपछिकै उच्च राजनीतिक भ्रमण भएकाले पनि मन्त्री ज्ञवालीको अमेरिका भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। 

नेपालको विकास साझेदारका रूपमा रहेको अमेरिकासँगको उच्चस्तरीय राजनीतिक भेटले कूटनीतिक वृत्तमा पनि उच्च महत्व राख्छ। नेपालीको कूटनीतिमा भारतीय शासनसत्ताको प्रभाव हावी हुने अमेरिकाको  सोच रहेको परराष्ट्र मामिलाका जानकार बताउँदै आएका छन्।

तर, मन्त्री ज्ञवालीको भ्रमणले अमेरिकी नजर परिवर्तन हुने दाबी गर्ने कूटनीतिज्ञ पनि छन्। अमेरिकाले आफ्नो प्रत्यक्ष संलग्नतामा नै नेपालसँगको सम्बन्ध अघि बढाउने प्रयत्न गर्न लागेको चर्चा गर्न थालिएको छ।
 
विदेश नीति तथा कूटनीति स्वार्थरहित नहुने भएकाले लामो समयपछि अमेरिकाले नेपालसँग पारस्परिक सम्बन्ध पुनर्ताजगीकरण गर्न लागेकोले यसपछिका अमेरिकी स्वार्थ पनि पक्कै छन्। त्यसतर्फ भने नेपाल सचेत हुनुपर्नेछ। सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलेन पावेल नेपाल भ्रमणमा आएपछि सरकारीस्तरमा अमेरिकाबाट यो स्तरको नेपाल भ्रमण हालसम्म हुन सकेको छैन।

भौगोलिक रूपमा नेपाल र अमेरिका टाढा रहे पनि अमेरिकाको नेपाल चासो भने ज्यादा छ। चीनको बढ्दो शक्ति र नेपालमा चीनको बढ्दो प्रभावका कारण पनि अमेरिकालाई नेपालसँगको सम्बन्ध हार्दिक राख्नु अनिर्वाय जस्तो भएको हो।

दुरीकै कारण नेपालसँगको आफ्नो सामिप्यता नघटोस् भन्न पनि अमेरिकाले भारतीय बुझाईसँग आफ्नो तारतम्य मिलाउने प्रयास गरे पनि नेपाली मामिला अब भारतको पकडमा मात्रै नरहेकोले अमेरिका प्रत्यक्ष संलग्न हुन लागेको जानकारहरू बताउँछन्।

नेपाललाई आफ्नो प्रभावमा राख्न गत वर्ष ट्रम्प प्रसाशनले सडक र उर्जा क्षेत्रमा लगानी गर्न ५१ अर्ब रुपैयाँ सहयोग गरेको थियो। नेपाललाई एकै पटक यति ठूलो परिमाणको विदेशी सहयोग प्राप्त भएको यो पहिलो पटक हो।

करिब दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालका लागि निर्वतमान अमेरिकी राजदूत एलाइना बी टिप्लिजले नेपाललाई आफ्नै आँखाले हेर्ने दाबी गरेकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय सम्बन्ध संकायका विद्यार्थीहरूको प्रश्नमा जवाफ दिँदै पूर्वराजदूत टिप्लिजले भनेकी थिइन्, ‘अमेरिकाले नेपाललाई आफ्नै आँखाले हेर्छ। नेपाल मामिलामा अमेरिका भारतीय नीतिलाई अवलम्बन गर्छ भन्ने कुरा ठीक होइन।’

इतिहासदेखि नै नेपाल मामिलामा चीनको प्रभाव अमेरिकालाई टाउको दुखाईको विषय बन्दै आएको छ। भारतीय प्राध्यापक एसडी मुनीले लेखेको ‘नेपालको विदेशनीति’ (२०१६ मा प्रकाशन भएको) नामक पुस्तक (पृ. नं १६५) मा नेपालमा चीनको उपस्थिति अमेरिकालाई कति खट्किन्छ भन्ने उल्लेख छ। 

मुनीका अनुसार नेपालको पूर्व-पश्चिम राजमार्ग बनाउन सरकारले अमेरिका र भारतसँग मागेको सहयोग दुबै देशले नकारेका थिए। सोही राजमार्ग बनाउन चीन इच्छुक भएपछि अमेरिका र भारत दुबै देशले चीनलाई पन्छाउन राजमार्ग निर्माणमा सहयोग गर्न राजी भएको थिए। 

कूटनीतिक मामिलाका केही विश्लेषकहरू नेपालमा अमेरिकी चासोलाई नेपालको उत्तरी छिमेकी देश चीनसँग जोडेर हेर्छन्। नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि नै आफ्नो प्रभावकारी उपस्थिति देखाउन अमेरिका लागि परेको थियो।

नेपाल दक्षिण एसियाली क्षेत्रका लागि ढोकाका रुपमा रहेको विश्लेषण गरिँदै आएको छ। विश्व राजनीतिमा नै प्रभाव बढाएको चीनका लागि दक्षिण एसियाली राष्ट्रमा समेत प्रभाव पार्न प्रयास गर्नु अस्वभाविक विषय होइन, उसका लागि। तर यही प्रभाव अमेरिकाले भने संवेदनशील रुपमा लिन थालेको अनुमान गर्ने पनि धेरै छन्। चीनको प्रभाव रोक्नका लागि पनि अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको बुझ्न सकिन्छ। 

पछिल्लो केही समय नेपालमाथि दुई छिमेकी देशका तुलनामा अरु देशलाई महत्व नदिएको आरोप पनि लाग्ने गरेको छ। यो विषयमा अमेरिका, यूरोपेली संघ, जापानलगायतका देशले नेपाल सरकारसँग लिखित असन्तुष्टि नै व्यक्त गरेका छन्। 

यसका साथै अमेरिकाको चासो तिब्बती शरणार्थी पनि हुन्। ठूलो संख्याका तिब्बती शरणार्थीहरु (तेस्रो देश स्थानान्तरण हुनुअघि करिब १३ हजार ५ सय) नेपालमा बसोबास गर्दै आएका थिए। अझै पनि नेपालमा तिब्बती शरणार्थीको विषयलाई चीनले मुख्य प्राथमिकतामा राख्दै आएको छ।

बाँच्न पाउने सबैको हक हुने भन्दै अमेरिकाले उनीहरूको मानव अधिकारको विषयमा नेपालसँग वकालात पनि गर्ने गरेको छ। केही समयअघि तिब्बती युथ क्लबका नेपाल अध्यक्षले नेपालका तिब्बती शरणार्थीहरूको मानव अधिकारका विषयमा नेपाल सरकारसँग वकालत गर्ने र अन्तराष्ट्रिय समुदायसँग सम्पर्कमा रहने गरेको बताएका थिए। 

नेपाल-अमेरिका सम्बन्धमा भारतको चासो
नेपालसँगको सम्बन्धमा पुनर्ताजगीकरण गर्ने प्रयास गरेको अमेरिकाको पछिल्लो कदम भारतले निको नमान्न सक्छ। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओ जेदुङसँग गरेको वार्तालाप यसको प्रमाण हुन सक्छ। 

चीनले नेपालसँग दैत्य सम्बन्ध स्थापना गरे अमेरिकाले पनि गर्ने भारतीय नेता नेहरुको दाबी थियो। नेपालमा प्रत्यक्ष रुपमा अमेरिका उपस्थित भए चीन-भारत दुबै देशका लागि खतरा हुन सक्ने उनको विश्लेषण थियो। 

परम्परादेखि भारत नेपाललाई आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने देशका रुपमा व्याख्या गर्दै  आएको छ। नेपालको आन्तरिक र बाह्य राजनीतिमा आफ्नो प्रत्यक्ष संलग्नता हुनुपर्छ भन्ने उसको दाबी छ। स्वतन्त्र रूपमा नेपालले आफू अनुकुल कदम चाल्न खोज्दा भारत असन्तुष्ट हुनु यसको उदाहरण हो। 

तत्कालीन राजा वीरेन्द्रले शुभ राज्याभिषेकका अवसरमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्दा होस् अथवा २०४५ सालमा चीनबाट सैन्य हतियार खरिद गर्दा नै किन नहोस्, भारतले आपत्ति जनाएको थियो। यसको पछिल्लो उदाहरण नेपालले घोषणा गरेको संविधान पछि नेपाललाई लगाएको नाबाबन्दीलाई लिन सकिन्छ। 

नेपाल मामिलामा भारतको मोदी सरकार असफल भएको चर्चा भारतीय राजनीतिमा चल्दै गर्दा अमेरिकाले नेपाललाई विशेष महत्व दिएको छ। यो भारतका लागि पनि टाउको दुखाइ बन्ने निश्चित छ।

नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न नेपाल आएको नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन ‘अन्मिन’लाई नेपाल प्रवेश गराउँदा पनि भारतले असन्तुष्टि प्रकट गरेको बताइन्छ। नेपालमार्फत यस्ता निकायले भारतका पृथकतावादी आन्दोलनलाई प्रभाव पार्न सक्ने बताउँदै भारतले त्यसको विरोध पनि गरेको थियो।

नेपाल मामिलामा भारतीय चासोलाई सम्बोधन गर्न अन्मिन प्रमुख इयान मार्टिन पनि चुक्न सकेनन्। न्यूर्योकमा नेपालको शान्ति प्रक्रिया सम्बन्धि विकसित घटनाक्रमको ‘ब्रिफिङ’ गर्न जानुअघि मार्टिनले भारतको राजधानी नयाँ दिल्लीको स्वीकृति लिने गरेको चर्चा चलेको थियो। 

पछिल्लो समय नेपाल मामिलामा भारतीय प्रभाव निस्तेज हुँदै जाँदा र चिनियाँ राष्ट्रपति सि जिनफिङ नेपाल भ्रमणमा आउने चर्चा पनि चलेको छ। यसका साथै अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई अमेरिका भ्रमणमा निम्तो दिनु भारतका लागि ठुलै चासोको विषय बनेको बताउन थालिएको छ। 

नेपालमा अमेरिकाको सम्भावित चासो के?
नेपालमा संविधान घोषणापछि सम्पन्न भएको तीन तहको निर्वाचन र त्यसपछि बनेको कम्युनिष्ट सरकार नेपालमा अमेरिकी चासोको कारण हुनसक्छ। प्रजातन्त्रको हिमायती अमेरिकालाई नेपालमा कम्युनिष्ट प्रभाव बढ्नु उचित नलागेको हुन सक्छ।

सोभियत संघसँग शीतयुद्धमा वैचारिक लडाईं लडेको अमेरिकालाई शीतयुद्ध अन्त्य भएको करिब ३ दशकमा नेपाल जस्तो रणनीतिक देशमा कम्युनिष्ट विचार बढ्नु चिन्तनीय विषय बनेको हुन सक्छ। 

विश्व राजनीतिमा चीनको बढ्दो प्रभाव र नेपालमा कम्युनिष्ट सरकार गठन हुनुलाई अमेरिकाले मिहिन ढङ्गले अध्ययन गरेको हुनुपर्छ। चिनियाँ राष्ट्रपति सिको महत्वाकांक्षी योजना बिआरआईप्रति भारत र अमेरिकाको असन्तुष्टि हुँदाहुँदै पनि नेपाल सहभागी भएको छ।

यसले नेपालसँगको सम्बन्ध पुनर्मूल्याङ्कन गर्न अमेरिकाले परराष्ट्रमन्त्री स्तरीय भेटघाटलाई महत्व दिएको हुन सक्ने विश्लषण हुन थालेको छ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  २२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्