चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाउने १२ उपाय यस्ता छन्-
१. हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ। चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ। रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला।
२. तेलमा पकाएका खानेकुरा गरिष्ठ हुने भएकोले पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुन्छ।
३. सबैभन्दा हानिकारक एनिमल फ्याट अर्थात् घ्यू र बोसो हुन्छ तसर्थ सकभर तेलमा सेलरोटी पकाउनुहोला। मासु सकभर कुखुरा वा ताजा माछा खानुहोला।
४. खानेतेलको गुणस्तर राम्रो नभएमा त्यसमा रहेका रसायनले दीर्घकालीन असर गर्छ। तसर्थ सकभर शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ। सेलरोटी खाँदा फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुहोला।
५. चियामा हट लेमन सबैभन्दा उपयुक्त हुन्छ यसले चिल्लोलाई काट्न सहयोग गर्छ।
६. खाली पेटमा सेलरोटी खाँदा अम्लपित्त अर्थात् एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुहोला।
७. पसिना आउन्जेल व्यायाम गर्नुहोला वा दैनिक एक घन्टा हिँड्नुहोला।
८. मधुमेह, उच्च रक्तचाप, एसिडिटी आदि भएको व्यक्तिले एकदम थोरै सेलरोटी खानुहोला।
९. समयमा खाना, पानी, निद्रा, व्यायाम आदिको समेत आफ्नो दैनिकीमा जोड्नुहोला।
१०. चिल्लो र मदिरा स्वास्थ्यका लागि हानिकारक हुन्। ती दुवैको सेवनले मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ। तसर्थ मदिरा सेवन नगर्नुहोला।
११. लामो समय सेलरोटी पकाउँदा, तेलको दियो वा मैनबत्ती कोठामा बाल्दा स्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्छ। तसर्थ खुला ठाउँमा पकाउने, बेलाबेला बाहिरको हावामा फ्रेस हुने तथा सुत्ने बेलामा दियो एवं मैनबत्ती निभाउनुहोला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।