• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

तौल घटाउने २५ तरिका

64x64
नेपाल लाइभ आइतबार, पुस १, २०७५  ०८:००
1140x725

१. धैर्य गर्नुहोस्– तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ ।  शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ ।

२. आफ्नो प्रयासमा विश्वास गर्नुहोस् – तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस् । यदि तपार्इंं दैनिक जीम गैरहनुभएको छ, तर, तपाईं जीम गएपनि केही फाइदा छैन भन्नुहुन्छ भने तपाईंको अचेतन मनले पनि त्यही कुरा मान्छ र त्यसबाट तपाईंलाई केही फाइदा हुँदैंन । त्यसैले आपूmमा परिवर्तन ल्याउनुछ भने सकारात्मक सोच राख्नुहोस् र आफ्नो प्रयासमा विश्वास गर्नुहोस् ।

३. दृश्यांकन गर्नुहोस्– तपाईं कस्तो देखिन चाहनुहुन्छ, आफूलाई त्यस्तै गरी कल्पना गर्नुहोस् । सक्नुहुन्छ भने कोठाको भित्ता या कम्प्युटर स्क्रीनमा त्यस्तो फोटो राख्नुहोस्, जस्तोे तपाईं देखिन चाहनुहुन्छ । जसबाट तपाईंको लक्ष्य प्राप्ति सम्भव हुन सक्छ ।

४. नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्– नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।

५. पेडोमिटरको प्रयोग गर्नुहोस्– पेडोमिटर एक यस्तो यन्त्र हो, जसले तपाईंको हरेक हिडाईंको गन्ति गर्छ । यसलाई आफ्नो बेल्टमा लगाउन सकिन्छ र हरेक बिहान १ हजार पाइला थप चाल्न प्रयास गर्नुहोस् । अधिक तौल भएको मानिसले दिनभरमा दुई देखि तीन हजार पाइलामात्र चाल्न सक्छ । यदि यसमा २ हजार पाइला बढी चाल्यो भने तौललाई स्थिर राख्न सकिन्छ ।

६. डायरी बनाउनुहोस्–जे खाइन्छ, त्यसलाई डायरीमा उतार्ने बानी गर्नुहोस् । अध्ययनका अनुसार डायरी बनाउनेले अन्य मानिसभन्दा १५ प्रतिशत कम खान्छन् ।

७. कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस् – यदि तपाईं दैनिक १८०० क्यालोरी भएको खाना लिनुहुन्छ, तर, तौल नियन्त्रण भएको छैन भने तपाईं आफ्नो क्यालोरीको गलत अनुमान लगाईरहनुभएको छ । तपाईंले आफ्नो अनुमानित क्यालोरीमा १० प्रतिशत थप्नुहुन्छ भने अनुमान बढी मिल्न सक्छ । जस्तै १८०० क्यालोरीमा १० प्रतिशत अर्थात् १ सय ८० थपेर १९८० क्यालोरी लिन सक्नुहुन्छ ।

८.  ४–५ पटक थोरै थोरै खानुहोस– दक्षिण अफ्रिकामा भएको  एक अध्ययनले के देखाएको छ भने बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।

Ncell 2
Ncell 2

९. दैनिक ४५ मिनेट हिड्नुहोस्–  दैनिक ३० मिनेट टहलिनाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस् । यसो गर्ने भने खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।

१०. निलो रंगको बढी प्रयोग गर्नुहोस्– निलो रंगले भोक कम गर्छ, यहीकारण रेष्टरेन्टहरुमा यसको प्रयोग कम हुन्छ । यस्तै, खाना खाँदा निलो प्लेट प्रयोग गर्नुहोस्, टेबलमा निलो कपडा प्रयोग गर्नुहोस् ।

११. आफ्नो पूरानो कपडा दान दिनुहोस्– यदि तपार्इंले तौल घटाइसक्नु भएको छ भने आफ्ना पूराना ठिक नभएका कपडा दान दिनुहोस् । यसो गर्नाले एक त तपाईंलाई दान दिन पाएकोमा आत्मसन्तुष्टि हुनेछ भने अर्कोतिर फेरि मोटाएमा कपडा किन्नुपर्नेछ भनेर तपाईं तौल नियन्त्रणमा उत्प्रेरित हुन सक्नुहुनेछ ।

१२. खाना खान सानो प्लेट प्रयोग गर्नुहोस्– अध्ययनका अनुसार जति भोक लागेपनि यदि तपाईंको अगाडि थोरै खाना  राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ । चिया कफीका लागि पनि सानो कप नै प्रयोग गर्नुपर्छ ।

१३. खाना खाने ठाँउमा ऐना लगाउनुहोस्– के पनि भनिन्छ भने यदि खाना खाने ठाउँमा ऐना लगाउने भने मानिस आफ्नो शरीर देखेरै तौल कम गर्नतिर लाग्छ ।

१४. पानी बढी भएको खाना खाने– पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।

१५. कम चिल्लो भएको दुध प्रयोग गर्ने– चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

१६. ९० प्रतिशत खाना घरमै खाऔं– सकेसम्म घरमै खाने बानी बसालौं । बाहिरको खानामा बढी चिल्लोपदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।

१७. बिस्तारै खानुहोस्– बिस्तारै खाँदा तपाईंको दिमागले पेट भरिएको संकेत पहिल्यै गर्नेछ र तपाईंले कम खानुहुनेछ ।

१८. भोक लागेपछि मात्र खानुहोस्– हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौं, कतिपय मानिसहरु बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठीक होइन, वास्तवमै भोक लागेपछि मात्र खानुहोस् ।

१९. जूसको सट्टा फल खानुहोस्– जूसको सट्टा फल खानुहोस्, फलले जुसको तुलनामा भोक पनि कम गर्नेछ र अन्य खाना कम खानुहुनेछ ।

२०. बढी हिड्नुहोस्– जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस् ।

२१. हप्तामा एकपटक कुनै ग¥हौं काम गर्नुहोस्– हप्तामा कम्तीमा पनि एकपटक ग¥हौं काम गर्नुहोस्, जस्तो कि आफ्नो बाइक वा कार आफैं धुन सक्नुहुन्छ, बच्चाको साथमा घुम्न जान सक्नुहुन्छ, आफ्नो जीवनसाथीलाई घरको काममा सहयोग गर्न सक्नुहुन्छ ।

२२. साँझ कम खानुहोस्– अध्ययनका अनुार तपाईं जति बढी दिनको समयमा खानुहुन्छ, रातको समयमा उतिनै कम खानुहोस् । तपाईंले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।

२३. नाच्नुहोस्– समय पाउनेबित्तिकै र अवस्थाले साथ दिएसम्म गीत बजाएर नाच्नुहोस्, यसो गर्दा तपाईंलाई मनोरन्जनका साथै क्यालोरीपनि खर्च हुन्छ । यदि नृत्यलाई रुटिन बनायो भने झन् बढी राम्रो हुन्छ।

२४. कागती र मह प्रयोग गर्ने– हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।

२५. दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने– यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ ।

एजेन्सि

प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रियाशील सदस्यता नवीकरण : म्याद सकिएको ७ दिनपछि ९ दिन थप्ने सहमति
एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो?
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा मंगलबार, पुस ८, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार, पुस ८, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक मंगलबार, पुस ८, २०८२
‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्‍यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’ : मन्त्री पुन मंगलबार, पुस ८, २०८२
क्रियाशील सदस्यता नवीकरण : म्याद सकिएको ७ दिनपछि ९ दिन थप्ने सहमति मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्