• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सप्तरीमा धान उत्पादन बढ्यो, किसान हर्षित

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  ०१:०५
1140x725

राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरीयाका हरिनारायण यादवले यस वर्ष लगभग १ सय ५० मन धान भित्र्याए। दुई बिगाह जग्गामा धान खेती गर्दा प्रतिकठ्ठा सरदर साढे तीन मन धान फलेपछि उनी खुसी छन्।

‘पोहोर साल समयमा पानी परेन, रोपाईं सकेपछि बाढीले पनि धेरै नोक्सान गर्‍यो,’ यादव भन्छन्, ‘मौसम अनुकूल हुँदा यस वर्ष करिब ५० मन धान बढी फल्यो।’

तिलाठी–कोइलाडी गाउँपालिका–६, वभनगामाका शम्भु यादवको पनि यस वर्ष धान उत्पादन बढ्यो। प्रतिकठ्ठा सरदर तीन मन धान फलेको उनले बताए। साढे तीन बिगाहमा खेती गरेका शम्भुले पनि यस वर्ष १ सय ५० मन धान भित्र्याए।

एक बिगाहमा धान खेती गरेका तिलाठी–कोइलाडी गाउँपालिका–२, लौनियाँका वेदानन्द मण्डलको पनि उत्पाद बढ्यो। प्रतिकठ्ठा साढे तीन मनका दरले करिब ७० मन धान उत्पादन भएको उनले बताए। ‘विगत तीन÷चार वर्षपछि यो वर्ष धान उत्पादनमा सुधार भयो,’ खुसी व्यक्त गर्दै उनले भने, ‘प्रतिकठ्ठा झन्डै आधा मनले धानको उत्पादन बढ्यो।’

यस वर्ष सप्तरी जिल्लामा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा यस वर्ष २९ हजार ६ सय ७५ मेट्रिकटन धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र सप्तरीका कृषि अर्थविद् तथा योजना अधिकृत किशुनदेव राउतले जानकारी दिए।

कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो। प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिक टनका दरले कूल १ लाख ६९ हजार ५५० मेट्रिक टन धान उत्पादन भएको छ। रोपार्इंको समयमा तुलनात्मक रुपमा वर्षाले साथ दिएको र गत वर्षभन्दा ८ हजार ५ सय हेक्टर बढी जमिनमा धान रोपार्इं भएकाले उत्पादन पनि बढेको राउत बताउँछन्।

चार वर्षपछि पहिलो पटक उत्पादन बढ्यो
सप्तरीमा विगत चार वर्षपछि पहिलो पटक धान उत्पादनमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) को तथ्यांक हेर्दा हरेक वर्ष धानको उत्पादन घट्दो दरमा छ। ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये गत वर्ष ५४ हजार ५ सय हेक्टरमा मात्र धान बाली लगाइयो। रोपाईंको समयमा पर्याप्त सिँचाई नहुँदा ७ हजार हेक्टर जमिन बाँझै रह्यो। रोपाईं भएको धानबाली समेत साउनको दोस्रो र तेस्रो साताको बाढीले पुरेपछि कतिपय किसानले धानबाली उठाउनै पाएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

करिब ८ हजार ५ सय हेक्टर धानबाली बाढीले बगाएको र बाँकी रहेको बालीबाट किसानले कूल १ लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीको तथ्यांकमा उल्लेख छ। गतवर्ष प्रतिहेक्टर सरदर २ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

आव २०७३/०७४ मा उत्पादकत्व २ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा जिल्लामा औसत ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो।

‘धान उत्पादनको यो दर अत्यन्तै निरासाजनक हो,’ कृषि क्षेत्रका जानकारहरु भन्छन्, ‘खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाई, मल लगायत आवश्यक व्यवस्था गर्न सके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर ४ देखि ५ मेट्रिकटनसम्म पुर्‍याउन सकिन्छ।’

रोपाईंको समयमा सिँचाई अभाव, त्यसपछिको बाढी अनि पानीको आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा धानको उत्पादन घट्दै गएको उनीहरु बताउँछन्। हरेक वर्ष सिँचाई प्रणालीमा कुनै न कुनै समस्या आउने, समयमा वर्षा नहुने र विभिन्न विकल्प अपनाएर रोपाईं गरिहाले पनि मल–खादको समस्या तथा बाढी र खडेरीका कारण उत्पादनमा असर गर्ने समस्याले सप्तरीका किसान पीडित छन्।

Xtrem

Xtrem

सिंचाई अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो
सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनलाई सिञ्चित क्षेत्र मानिन्छ। चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टर अन्तर्गतका अन्य साना–तिना सिँचाई पूर्वाधार पनि छन्। तर, अधिकांश सिँचाई प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाई अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमिन बाँझो रहन्छ।

तथ्यांक अनुसार आव ०७४/०७५ मा ६३ हजार हेक्टर जमिनमा मात्रै धान बाली लगाइयो। यसैगरी, आव २०७३÷७४ मा ५४ हजार ५ सय हेक्टर, ०७२÷०७३ मा ३२ हजार ९ सय हेक्टर, ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७०/०७१ मा ६० हजार २ सय हेक्टरमा मात्रै धान बाली लगाइएको थियो।

यसरी हेर्दा आव ०७४/०७५ मा ७ हजार हेक्टर, आव २०७३/०७४ मा १५ हजार ५ सय हेक्टर, आव ०७२/०७३ मा ३७ हजार १ सय हेक्टर, आ ०७१/०७२ मा २८ हजार हेक्टर र ०७०/७१ मा ९ हजार ८ सय हेक्टर जमिन बाँझो रहेका कारण पनि उत्पादन घटेको देखिन्छ ।

खासगरी जिल्लाको पश्चिम–दक्षिण भेगका किसानहरु खडेरीको मारमा पर्ने गरेका छन् भने पूर्वी र दक्षिणी भेगका किसानलाई हरेक वर्ष बाढीले सताउने गरेको छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्