• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ग्यास्ट्रिक र अल्सरबारे यी कुरा जानौं

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  ०६:४५
1140x725

बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ।

के हो ग्यास्ट्रिक? के हो अल्सर?

पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं। अनि डाइजिन, पेन्टाप्राजोल या अन्य एन्टासिड चक्की खाइहाल्छौं। तर, सबै पेट दुखाइ ग्यास्ट्रिक नहुन पनि सक्छ। 

हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ। त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन्। कसैलाई आमाशयमा मात्र असर गर्ने ग्यास्ट्रिक हुन्छ। एसिडले कसैलाई पेट अथवा आमाशय र सानो आन्द्रामा घाउ बनाई अल्सर गराउँछ। चिकित्सकीय भाषामा ग्यास्ट्रिक र योसँग मिल्ने रोगलाई ‘एसिड पेप्टिक डिसअर्डर’ भन्ने गरिन्छ। तीन हुन्

१. ग्यास्ट्रिक– बिरामीले समस्या लिएर आउने तर इन्डोस्कोपी (पेटभित्र पाइप छिराएर हेर्ने विधि) गर्दा घाउ नदेखिएको अवस्था। 

२. अल्सर– इन्डोस्कोपी गर्दा घाउ देखिएको अवस्था।

३. जिइआरडी (ग्यास्ट्रो एसोफेगल रिफ्लेक्स डिजिज)– एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ। जसले गर्दा पेटमा रहने एसिड माथि छाती र घाँटीमा आउन थाल्छ, त्यसलाई जिइआरडी भनिन्छ। यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्केको महसुस हुने, छाती पोल्ने, छाती दुख्ने, अमिलो पानि आउने, डकार बढेर आउने आदि समस्या देखिन्छ। विशेषगरी सुतेपछि वा बिहानीपख यी समस्या बढ्ने गरेको पाइन्छ। 

पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल आउने गर्छन्। पेटका हरेक रोग ग्यास्ट्रिक वा अल्सर हुँदैन। कहिलेकाहीँ परीक्षण (भिडियो एक्सरे, इन्डोस्कोपी, कोलोनोस्कोपी) गर्दा केही पनि खराबी नदेखिने तर पेट फुल्ने, असजिलो हुने र पेट दुख्ने भइरहन्छ। केही काम गर्दा भन्दा नगर्दा, यसै बस्दा बढी समस्या भएको भान हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चिन्ता, टेन्सन वा अत्तालिएको अवस्थामा यस्तो समस्या बढेर आउँछ। यसलाई ‘आइबिएस’ (इरिटेबल बावल  सिन्ड्रोम) भनिन्छ। यो समस्या धेरै मानिसमा देखिन्छ। ग्यास्ट्रिक र आइबिएस दुवैमा समान लक्षण देखिने भएकाले मानिसले यी दुई समस्याबीच भिन्नता छुट्याउन सक्दैनन् र ‘ग्यास्ट्रिक भयो’ भन्ने गर्छन्।

समस्याको सही पहिचान नहुँदा मानिसले आइबिएसमा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन्। लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ भने ख्याल राख्नुस्, तपाईंलाई इरिटेबल बावल सिन्ड्रोम पनि भएको हुन सक्छ। यसको उपचार ग्यास्ट्रिकको उपचारभन्दा फरक हुन्छ।

ग्यास्ट्रिक र अल्सरका कारण

१. धूमपान एवं सुर्तीजन्य पादार्थको सेवान, 

Xtrem

Xtrem

२. नदुख्ने औषधि (पेनकिलर), बाथरोगका औषधि आदिको नियमित सेवन,

३. जंकफुड, 

४. चिल्लो, अमिलो, पिरो र अजिनामोटो राखेको खानेकुराको प्रयोग, 

५. चटपटे, पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान,

६. अल्सर गर्ने किटाणु (एच पाइलोरी) को संक्रमण, 

ग्यास्ट्रिक भयो भनेर उसिनेको मात्रै खाने, खल्लो खाने र धेरै मुख बार्दैमा सफल उपचार हुँदैन। के खाने र के नखाने भन्नेबारे राम्रो जानकारी हुनुपर्छ। 

ग्यास्ट्रिक र अल्सरका बिरामीले के खाने, के नखाने?

के खाने?

१. गिलो बनाएको दालभात,

२. प्रसस्त पानी, 

३. हरिया सागसब्जी, आदि। 

के नखाने?

१. सुक्खा खानेकुरा, 

२. अचार, खुर्सानी, घिउ, अमिलो दही,

३. रातो मासु, 

४. तेल/घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन आदि, 

५. अमिलो फलफूल, कागती,

६. दूध हालेको चिया,

७. कफी, चकलेट, 

८. चना, केराउ,

९. कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स। 

के खाने र के नखाने भन्ने बुझ्नु जति जरुरी छ, त्यति नै कुन तरिकाले खाने भन्ने कुरा मनन् गर्नु पनि आवश्यक छ।

बारम्बार दूध चिया खाइरहने, समयमा खाजा नखाने, दुई छाकले २४ घन्टा टार्न खोज्ने जस्ता बानीले धेरैलाई ग्यास्ट्रिकको जोखिममा पार्ने गरेको छ। सही खानपानकै माध्यमले ग्यास्ट्रिक र अल्सरजस्ता समस्याबाट ढाटा बस्न सकिन्छ। ३–४ घन्टाको फरकमा केही न केही खाइरहने गर्नुपर्छ। सकेसम्म पेटलाई खाली राख्नु हुँदैन।

यसो भन्दैमा चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता पनि दिनु हुँदैन। यस्तै, नियमित व्यायाम र समस्या देखिए उचित औषधि सेवन गरेर ग्यास्ट्रिक र अल्सरबाट मुक्ति पाउन सकिन्छ। 

(गेस्ट्रो एन्ड हेपाटोलोजी विशेषज्ञ डा भट्टराई गेस्ट्रो केयर, पेट तथा कलेजो रोग उपचार केन्द्र पोखराका कार्यरत छन्)

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्