• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन हुन्छ पत्थरी? पत्थरी हुन नदिन के गर्ने?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  ०६:१५
1140x725

मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ। यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र दोहोरिने सम्भावना रहन्छ। हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको समस्या चुनौती बनिरहेको छ।

मुत्र प्रणाली सम्बन्धी पत्थरी २० वर्षभन्दा कम उमेरकालाई कमै मात्र हुन्छ। साधारणतया ४० देखि ६० वर्ष उमेरका मानिसमा मुत्र प्रणाली सम्बन्धी समस्या बढी देखिन्छ। पुरुषको पिसाबनली लामो हुने कारणले महिलामा भन्दा पुरुषमा यो समस्या दुईदेखि तीन गुणा बढी हुन्छ। मुत्र प्रणालीमा हुने पत्थरीको समस्या पित्त थैलीको पत्थरीभन्दा फरक हुनुका साथै उपचार पद्धति पनि फरक हुन्छ।

किन हुन्छ पत्थरी?

मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ।

तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?

कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन्। लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।

nimb
nimb
Ncell 2
Ncell 2

उपचार विधि

पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। सामान्यतः तीन तरिकाबाट पत्थरीको उपचार हुने गर्छ। पेट चिरेर, सानो प्वाल (घाउ) मात्र बनाएर र नचिरीकन। तपाईंको पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ। किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ।

नचिरीकन गरिने उपचार

सिटी स्क्यानबाट पत्थरी नरम अर्थात् १० मिमिभन्दा सानो भेटियो र त्यस्तो पत्थरी मिर्गौलाको माथिल्लो र बीचको भाग वा पिसाबनलीको माथिल्लो भागमा छ भने नचिरीकन गरिने प्रविधि (इएसडब्लुएल) बाट पत्थरीको उपचार गरिन्छ। यो प्रविधिबाट पत्थरी हटाउँदा अस्पतालमा भर्ना भएर बस्नु पर्दैन। कतिपय अवस्थामा दुईदेखि तीनचोटि सम्म उपचार गर्नुपर्ने हुन सक्छ। कसैकसैको त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनुपर्ने हुन्छ।

पिसाबको नलीमा भएको पत्थरी पिसाबनलीको कुन भागमा छ त्यसैका आधारमा नचिरीकनै उपचार गरिन्छ। मिर्गौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन आरआइआरएस विधिबाट निकाल्न सकिन्छ।

सानो प्वाल (घाउ) बनाएर गरिने शल्यक्रिया

मिर्गौलामा १० मिमिभन्दा माथिको पत्थरी छ भने, त्यो पत्थरीको कडापन हेरेर पिसिएलएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) विधिबाट पत्थरी हटाइन्छ। यो प्रविधिबाट गरेको शल्यक्रियाले मिर्गौलालाई असर गर्दैन र मिर्गौलाको काम यथावत रहन्छ।

पेट चिरेर पत्थरी निकाल्ने विधि

माथि उल्लेखित कुनै पनि प्रविधिले पत्थरीको उपचार सम्भव नभएमा वा गर्न नमिल्ने भएमा नेफ्रोलिथोटोमी र युरेटेरोलिथोटोमी भनिने शल्यक्रियाबाट पत्थरीको उपचार गरिन्छ। तर, मिर्गौलाले १५ प्रतिशतभन्दा कम काम गरेको देखिएमा मिर्गौला नै फाल्नुपर्ने हुन सक्छ।

उपचार नगरी निको होला पत्थरी?

यदि, पत्थरी ७ मिलिमिटरभन्दा सानो छ र त्यस्तो पत्थरी मिर्गाैलाको तल्लो भागमा छैन भने प्रसस्त मात्रामा पानी पिउँदा वा केही औषधिको प्रयोगले पत्थरी हराउन सक्छ। तर, यस्तो पत्थरीले पिसाबको बहावमा अवरोध पुर्‍याएको छ भने तुरुन्त शल्यक्रिया गर्नुपर्छ। पत्थरी आफैँ निक्लेला भनेर घरमै बस्ने वा घरेलु उपचार गर्ने हुँदा मिर्गौला नै बिग्रिने अवस्था पनि आउन सक्छ। त्यसैले पत्थरीको शंका भएमा सकेसम्म चाँडो उपचारतर्फ नै लाग्नुपर्छ।

जुन तरिकाले उपचार गरे पनि यसको मुख्य उद्देश्य पिसाबको बहावलाई निरन्तरता दिनुका साथै मिर्गाैलालाई थप बिग्रिन नदिनु नै हो। मिर्गौला थप जोखिममा पर्नेगरी सबै पत्थरी निकाल्नै पर्छ भन्ने हुँदैन। तसर्थ नचिरीकन वा सानो प्वालमात्र बनाएर पत्थरी निकाल्न अपनाइने आधुनिक उपचार विधि प्रभावकारी मानिन्छ।

पत्थरी हुन नदिन के गर्ने?

१. पानी प्रसस्त पिउने। एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ। यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ।

२. मासु कम खाने। सागसब्जी धेरै खाने। मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ। विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ।

३. नुन कम खाने। नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने।

४. क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने होइन। तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ। दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ। क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन।

५. अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने। पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ।

६.साइट्रेटयुक्त एवं पोटासियमयुक्त फलफूल बढी खाने। सुन्तला, कागतीजस्तो बढी साइट्रेट हुने र केरा, च्याउ, हरियो सागपात, आलुजस्तो पोटासियम बढी हुने खानेकुराको सेवनले पत्थरीको समस्या कम हुन्छ।

७. भिटामिन ‘बी ६’ पाइने अण्डा, चिज र माछाको सेवनले पनि पत्थरीको सम्भावना टार्ने गर्छ।

(डा. सिंह काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालका सर्जरीका रेसिडेन्ट हुन्)

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्