• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

स्वस्थ रहनका लागि खाने सही तरिका

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  २१:१५
1140x725

केही वर्षयता शहरी क्षेत्रका बासिन्दाको शारीरिक परिश्रम कम हुँदै गएको छ । पेपरवर्क र टेवलवर्कमा व्यस्त हुने तथा दौडधुप र परिश्रम गर्न समय अभाव हुने समस्या हरेकले सामना गरिरहेका छन् । दैनिक रुपमा शारीरिक  परिश्रम पनि गर्नुपर्छ र यसले शरीर स्वस्थ बनाउँछ भन्ने चेतनाको पनि अभाव छ।

र्कोतर्फ हाम्रो खाना खाने बानीमा पनि समस्या छ । हामी बिहान एकैपटक धेरै खान्छौं । दिनभर केही खाँदैनौ । खाजाको रुपमा मोमो, चाउमिन लगायतका परिकार धेरै खान्छौंं र फेरि घर पुगेर साँझ भारी परिमाणमा खान्छौंं । एकैपटक खाना खाने र बीचमा लामो समय भोकै रहने बानीले हाम्रो शरीरमा बोसोपन बढ्ने र मोटाउने हुन्छ । योसँगै हिड्ने, डुल्ने, दौडने तथा पसिना आउने काम गर्ने बानी निकै कम भइसकेको छ । केही टाढा जानु छ भने कि हामी ट्याक्सीमा जान्छाै‌, नभए आफनै गाडी हुन्छ या बाइकमा हिड्छौंं । एकडेढ घण्टा हिँडेर जाने चलन हराईसकेको छ। मोटोपनका केही कारण यिनै हुन्।

स्वस्थ्य जीवनशैलीका लागि स्वस्थकर खाना खाने र खाने तौरतरिका सुधार गर्नु आवश्यक हुन्छ । हाम्रो शरीरको मागअनुसार उर्जा प्रवाह गर्न र त्यसलाई नियमितता दिन खाने आदत सुधार्नु नै सबैभन्दा राम्रो उपाय हो । अहिले हामीले एकैपटक धेरै खाने र लामो समय भोकै बस्ने बानी  परिवर्तन गर्नु आवश्यक छ।

विहान उठ्नासाथ कतिपयले नास्ता खाने गर्छन् भने कतिपयले सबेरै भात,, दाल र तरकारी सहितको खाना खान्छन् । हाम्रो थालमा रहने भात, दाल र तरकारीको मात्रा घटाउनै पर्छ । एकैपटक दुई थाल भात खाएर मात्रै हँुदैन । थोरै खाने अनि त्यसको २÷३ घण्टामै फेरि केही खाने गर्न सकिन्छ । २३ घण्टाको फरकमा एउटा फलफूल खाने अनि फेरि स्न्याक्स लिने गर्न सकिन्छ।

बीच–बीचकोे अवधिमा दही, मोही लगायतका खानेकुरा खानु उपयुक्त हुन्छ । अनि रातीको खाना अति नै थोरै खानुपर्छ । तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ।

एकपटक धेरै खाने, अनि लामो समयसम्म भोकै रहने बानीका कारण हामी नेपालीहरुमा ग्यास्ट्राइटिसको समस्या विकराल बन्दै गएको छ । कतिसम्म भने हरेक दुईजनामा एकजना ग्यास्ट्राईटिसको समस्या भएको मानिस फेला परिरहेका छन् । खानाखाने समयको व्यवस्थापन नहँुदा नै ग्यास्ट्राइटिसको समस्या बढी देखिएको छ । चिल्लो, पिरो, अमिलो लगायतका खानेकुरा हामीले बढी रुचाउने भएकाले पनि पेटससम्बन्धी रोग देखिएको हो ।

एकैपटक धेरै खाने, अनि लामो समय भोकै बस्ने बानीले स्वास्थ्यमा केही गम्भीर समस्या देखा पर्छन् । एकैपटक खाएको खाना पचेपछि लामो समय पेट खाली हुँदा आमासयमा जम्मा हुने रसहरु खानासँग घुल्न पाउँदैनन् र ग्याष्ट्राईटिस देखा पर्न थाल्छ । एकैपटक धेरै खाना खाँदा शरीरले ग्रहण गर्न सक्दैन र त्यसले बोसोपना बढाउन मद्यत गर्छ।

हामीले खाएको भारी परिमाणको खाना शरिरले एकैपटक ग्रहण नगर्ने हुनाले उसले भण्डारणका लागि बोसो बनाउन थाल्छ फलस्वरुप मोटाउने समस्या देखा पर्छ । थोरै–थोरै खाँदा त्यसलाई शरीरले ग्रहण गर्ने र पचाउने क्षमता बढ्दै जान्छ र खानाको शक्ति बोसोको रुपमा भण्डारण गर्ने अवस्था नै आँउदैन । क्यालोरी बर्न भएपछि शरीरले अतिरिक्त उर्जा भण्डारण गर्न पर्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले खाने खाने र त्यसमा हुने परिमाण निकै बढी छन्, विहानको खाना होस् या खाजा अनि बेलुकीको खाना । हामीले आवश्यकभन्दा बढी परिमाणमा खाएका हुन्छौं । मेरो सुझाव फरक छ । विहान ८ देखि १० बजेको बीचमा हामीले खाना खान्छौंं । दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ।

राती हामीले आवश्यकभन्दा बढी परिमाणमा खाना लिने चलन छ, जुन ठीक उल्टो हो । किनभने हाम्रो शरीरले रातीमा आराम गर्छ र हामीलाई कम उर्जा आवश्यक पर्छ । राती खाना र सुत्ने समयबीच ३÷४ घण्टाको फरक हुनु आवश्यक छ। यसले गर्दा बेलुकी खाएको खाना पच्ने समय पर्याप्त हुन्छ । हाम्रो शरीरले खाना खाएपछि पचाउन समय लाग्छ । ढिलो खाने र त्यसलगत्तै सुत्ने बानीले मोटोपन बढ्छ । बेलुकीको खाना खाएपछि सम्भव हुन्छ भने हिँड्दा खाना पचाउन मद्यत गर्छ।

 हामी मुख्य खानाको रुपमा भातमै निर्भर छौं । भात खानु समस्या होइन, तर हामी कति परिमाणमा खाइरहेका छौं, त्यो महत्वपूर्ण हो । हामीले कति खाने भनेर परिमाण सिफारिस गर्न कठिन हुन्छ । त्यो किनपनि फरक पर्छ भने उमेर, शारीरिकक अवस्था, उसको परिश्रम लगायतका विषयमा फरक पर्छ । भात पनि कस्तो प्रकारको हुन्छ, कसरी पकाइएको छ आदि कुराले पनि खानाको परिमाण र आवश्यकता निर्भर हुन्छ ।

हाम्रो शरीरको तौल भनेकै पेटमा हुन्छ । पेट ठूलो भएका कारण आवश्यकताभन्दा बढी तौल भएर हामी पीडित भएका हुन्छौंं । हाम्रो शरीरले लिएको खाना पचाउने र त्यसैअनुसार खपत भएर स्टोर हुने परिस्थिति रोकिएमा तौलको परिमाण पेटमा मात्रै केन्द्रित नभएर अन्यत्र पनि वितरण हुन्छ।

Xtrem

Xtrem

हाम्रो शारीरिक परिश्रम कम हुँदै गएको छ । हामीलाई समय निकाल्न निकै गाह्रो भएको छ । तर स्वास्थ्यमा ध्यान दिने र निरोगी बन्न चाहने हो भने जसरी पनि समय निकाल्नै पर्छ । दैनिक ३० मिनेट र साताको ५ दिन नियमित कसरत गर्नैपर्छ । तर त्यसमा पनि उमेर, स्वभाव र दैनिक जीवनयापनको विषयमा भर पर्ने कुरा हुन् । तर सामान्य रुपमा पनि दैनिक आधा घण्टा त हिँड्नै पर्छ।

खानाका क्रममा ओखर, बदामजस्ता खानेकुरा उपयोगी हुन्छन् । तर जंकफुड भने कुनै हालतमा उपयुक्त हुँदैन । कतिपयलाई जंकफुड अनिवार्य नै हुन्छ, नखाउँ भनेपनि व्यवहारिक रुपमा सम्भव हुँदैन । तर त्यसलाई हरेकदिन नियमित रुपमा प्रयोग नगरेर कहिलेकाँही मात्रै प्रयोग गर्दा हुन्छ । मैदायुक्त खानेकुरा भने नखान नै सुझाव दिने गरेकी छु ।

काठमाडौंं लगायतका शहरी क्षेत्रमा मोटोपन बढ्नुको प्रमुख कारण खानाका साथै जीवनशैली पनि हो । जीवनशैलीमा खाना नै मुख्य रुपमा जोडिन्छ, किनभने हामीले शारीरिक परिश्रम नै गर्न छाडिसकेका छौं । हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनाै । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ।

ब्रत बस्ने बानी राम्रो हो । तर डाईटिङवारेको नेपाली बुझाई गलत छ । डाईटिङ गरेर तौल घटाउन चाहने धेरै विरामी मकहाँ सल्लाहका लागि आउने गर्छन । उहाँहरुले खाइरहेका ेभन्दा बढी खानाको परिमाण हुनेगरी सुझाव दिएपनि तौल घटाएका उदाहरणहरु छन् । किनभने उपयुक्त समय तालिकामा उपयुक्त खाना खाएमा मोटोपना नियन्त्रण हुन्छ । खाना नखाएर मात्रै तौल बढ्ने होइन । खाना नखाएमा कतिपय अवस्थामा शरीरले खानाको पोषण सञ्चय गरेर राख्छ र मोटोपना झनै बढ्ने हुनसक्छ।

मकहाँ आउने बिरामीहरुले प्रायः १/२ लिटरमात्रै पानी खाएको बताउँछन् । तर कम्तिमा २÷३ लिटर खानुपर्छ । एकैपटक धेरै खानुभन्दा पटकपटक खानु राम्रो हुन्छ । तर बाहिर हिड्ने, दौडने र कोठाभित्रै बसेर काम गर्ने व्यक्ति अनुसार पानीको आवश्यकता फरक फरक हुन्छ ।

खाने क्रममा टिभी हेर्ने, मोवाईल खेलाउने चलन पनि छ । यसले गर्दा एक त होस नपाएर आवश्यकताभन्दा ज्यादा खाइन्छ । मैले खाएँ मलाई पुग्यो भन्ने महसुस हुनुपर्छ । आरामका साथ शान्त भएर खानु उचित हो । खानाखाने बेलामा ध्यान खानामै केन्द्रित हुनुपर्छ । खाने आदत सुधार गर्न सकेमा ग्याष्ट्राईटिस नियन्त्रण हुन्छ, मोटोपन घटछ भने खाएको कुरा पनि पच्न सहयोग हुन्छ ।

डाईटिसियन सिंह नर्भिक अस्पतालमा कार्यरत छिन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्