• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गुनासो मात्रै कति गर्ने!

64x64
नेपाल लाइभ शनिबार, मंसिर २२, २०७५  १३:४४
1140x725

एकैछिनको ट्राफिक जाम होस् वा केही समयको विद्युत कटौती। हामी ढिला नगरी सरकार वा प्रशासनलाई सत्तोसराप गर्छौं र आफ्नो भूमिका सर्लक्कै बिर्सन्छौँ। 

आफू बसेको समाज सुधार्न के गर्न सकिन्छ, चर्चा गर्दैछु। 

हामी जब अधिकारका कुरा गर्छौँ, त्यससँग जोडिएर आउने एक महत्वपूर्ण पक्ष भनेको कर्तव्य पनि हो। संविधानले समेत नागरिकका ४ वटा कर्तव्यको उल्लेख गरेको छ। तर, यहाँ संविधानका ती कुराभन्दा पनि तपाईं-हामीले दैनिक जीवनमा देखे भोगेको झिनामसिना कुरातर्फ केन्द्रित हौँ।

हामी दैनिक यात्रा गर्छौँ, सार्वजनिक होस् वा निजी सवारीमा। लाइसेन्स लिँदा सिकेका कुरासम्म त पालना गर्न सक्छौँ।

सडक पैदलयात्रीको पहिलो अधिकार मानिन्छ, कमसेकम म जेब्रा क्रसबाट कोही बाटो काट्दै छ भने रोकेर खुरुक्क उसलाई जान दिन सक्छु। 

हामी कसरी गलत भयौँ भन्ने जान्नका लागि बानेश्वर चोकको एउटा उदाहरण, जहाँ स्वचालित ट्राफिक बत्ती छ। तर, त्यही स्वचालित बत्ती लागू गराउन ट्राफिक प्रहरी बस्नुपरेको छ। बस, माइक्रो वा टेम्पो चढ्न हामी तँछाडमछाड गर्छौँ। के हामी लाइन बसेर गाडी चढ्न सक्दैनौँ? गाडीको सिटमा बसेका छौँ भने अशक्त, वृद्ध वा गर्भवती महिलालाई सिट छाडेर उभिन सक्दैनौँ?

तर, हामी यस कुरामा पछाडि छौँ। अधिकारका नारा लगाउँछौँ। ‘देशमा सिस्टम छैन’ भन्दै कुर्लन्छौँ।

आफ्नो बाइक वा मोटर छ र सिट खाली छ भने, गाडी पर्खेर बसेका दर्जनौं मानिसछेउ आफ्नो साधन रोकेर ‘म फलानो ठाउँ जाने हो, कोही हुनुहुन्छ?' भनेर सोध्न सकिन्न र। केही व्यक्तिलाई सँगै लैजाँदा गाडीमा पेट्रोल, डिजेल खर्च बढी लाग्ला र?

nimb
nimb
Ncell 2
Ncell 2

सहरमा मेरो घर छ, जसको मूल्य ठाउँ हेरी करोडौं वा लाखौं पर्छ। तर, मूल सडकबाट मेरै घर छिर्ने केही मिटर बाटो वर्षायाममा हिलो र अरुबेला धुलैधुलो हुन्छ। बरु म सडकमै रोपाइँ गरेर भिडियो खिचेर ‘खै यो देशमा सरकार कहाँ छ’ भनेर भाइरल बनाएर बस्छु। तर, घरमा चाहेजति खर्च गर्न सक्ने मैले छिमेकसँग मिलेर केही हजार खर्च गरेर सडक मर्मत गर्न सक्दिनँ। बरु, घर कम्पाउन्ड सबैतिर बढार्दै गएर सडकमा लगेर फोहरको थुप्रो लगाउँछु वा प्लास्टिक जम्मा गरेर घर नजिकै जलाउँछु। 

बैंक, एटिएम, अस्पताल वा अन्य सेवा प्रदायककोमा लाइन लाग्नु स्वाभाविक भइसक्यो, तर मैले पाएसम्म ढिलो पुगेर छिटो काम सक्नु आफ्नो बहादुरी ठान्छु।

सके आफ्नो पहुँच प्रयोग गर्छु नत्र बलमिच्याँइ गर्छु वा कुनै बहानाबाजी गर्छु। अनि आफैं हरप्रसंगमा उही डाइलग दोहोर्याउने गर्छु, ‘सिस्टम नभएको देश।’ 

मेरो गुनासो गर्ने स्वभाव फिटिक्कै छैन। ‘होस् बोलेर के नराम्रो देखिनु वा मैलै बोलेर के नै हुन्छ र’? भन्ने बानी छ। 

यसरी म नबोल्दै गएँ भने आखिर को बोल्छ र? सुधार कहिले हुन्छ? सुधार होला नहोला म बोल्नुपर्छ, गुनासो गर्नुपर्छ, चाहे त्यो सरकारी सेवामा होस् वा निजी।

जहाँ समस्या पर्छ सोही ठाउँमा बोल्नु राम्रो हो। यदि पसलमा सामान खरिदपश्चात् व्यापारीले बिल दिएन भने अनुरोध गर्ने। जबकि सय-पचासको लोभमा व्यापारीलाई कर छल्ने काममा सहयोग नगर्ने।

बसमा चढ्दा सहचालकले एक रुपैयाँ दिएन भने त्यति पनि के मागिराख्नु भन्ने सोच त्यागिदिने। किनभने सवाल त्यो एक रुपैयाँको हैन, सुधारको हो। हामीले देखेकै छौँ ‘हेलो सरकार’को सञ्चालनपछि सरकारी सेवामा धेरै सुधार भएका छन्। 

गुनासोसँगै मैलै गर्न नसकेको कृतज्ञता पनि हो। ठेलमठेल बसमा मलाई बिरामी देखेर कसैले सिट छाडिदिन्छ, म ढसमस्स परेर बस्छु तर सानै स्वरले किन नहोस् एउटा धन्यवाद पनि भन्न सक्दिनँ। उभिँदा गाह्रो होला भनेर बसेको एक जनाले मेरो झोला समाइदिन्छ, म झर्ने बेला आफ्नो झोला तानेर यसै हिँड्छु। मानौँ ऊ मेरो झोला समाइदिनकै लागि त्यहाँ बसेको हो। 

आागलागी, दुर्घटना भयो भने मेरो पहिलो कर्तव्य उद्धार र सहयोग हुनुपर्ने हो तर आजकाल म सबभन्दा पहिले मोबाइल निकालेर, फोटो, भिडियो वा ताल परे सेल्फी वा फेसबुक लाइभतिर लाग्छु। मैलै प्रविधिको दुरुपयोग त गरेको छैन? यस्तो बेला म सहयोगी बन्ने कि रमिते?

मेरो कार्यालयमा सहयोगी दाइले चिया ल्याएर राखिदिनुहुन्छ, तर मेरो मुखबाट धन्यवाद आउदैन। मलाई लाग्दो हो ती दाइले त्यही कामकै लागि त जागिर खाएका हुन् नि! 

माफी माग्ने कुरामा पनि उस्तै कमजोर छु। फेरि बसकै कुरा, म ठेलमठेल गर्दै अन्तिम सिटबाट अरुलाई कुल्चँदै र धक्का मार्दै ओर्लिन्छु। तर, अहँ सरी भन्न मलाई निकै गाह्रो लाग्छ? 

म अहिले जहाँ छु, यहाँसम्म पुग्नुमा बाह्रखरी स्कुलको ठूलो हात छ। 

मैलै फर्केर कहिल्यै त्यो स्कुललाई हेरेको छु? आफूले सक्ने केही गरेको छु? त्यो स्कुललाई मैले त्यो स्कुलको लागि योगदान पनि त गर्न सक्छु नि!

म नेपाली समय त हो नि भन्दै आफ्नै समयसँग खेलबाड गर्दै छु। त्यो हटाउने जिम्मेवारी पनि मेरै हो। अमेरिकी दूतावासमा १० बजेको अपोइन्टमेन्ट छ भने ९ बजे नै पुगेर कुरेर बस्नुपर्ने म, आफ्नो अरु काममा भने १० बजेको कार्यक्रममा साढे १० तिर हाई काढ्दै पुग्छु। 

कहीँकतै आागलागी, दुर्घटना भयो भने मेरो पहिलो कर्तव्य उद्धार र सहयोग हुनुपर्नै हो तर आजकल म सबभन्दा पहिले मोबाइल निकालेर, फोटो, भिडियो वा ताल परे सेल्फी वा फेसबुक लाइभतिर लाग्छु। मैलै प्रविधिको दुरुपयोग त गरेको छैन? यस्तो बेला म सहयोगी बन्ने कि रमिते? 

मैले आफ्नो पेसा वा व्यसायबाट प्रतिफल आशा नगर्ने थप केही काम गर्न सक्छु कि, जसले सानोतिनो भए पनि योगदान वा परिवर्तन ल्याओस्। यदि म विश्वविद्यालयमा अंग्रेजीको शिक्षक हुँ भने नजिकको सामुदायिक विद्यालय वा कलेजमा हप्ता वा महिनाको एकदिन बिहान वा बेलुकाको समय अंग्रेजीको व्याकरण वा अन्य केही सिकाउन सक्छु कि? यसमा आफ्नो पेसा, व्यवसाय, दक्षता वा रुचिअनुसार केह्री योगदान गर्न सकिन्छ। यसमा हामीले चर्चित चिकित्सक गोविन्द केसीको उदाहरण लिन सक्छौँ। उनी वर्षको कैयौँ पटक औषधि बोकेर निजी खर्चमा नै दुर्गम जिल्लामा  दौडन्छन्।  

अन्त्यमा, व्यावसायिक जीवनवाट मैले आफ्नो समय निकालेर घरपरिवार, आफन्त वा साथीभाइलाई कतिको समय वा महत्व दिएको छु? व्यवसाय र प्रविधितर्फ मात्र ध्यान दिँदा कतै म एकोहोरो, एक्लो वा भित्रभित्रै खोक्रो त भएको छैन? आफ्नै स्वास्थ्यको पनि समय समयमा ख्याल गरेको छु वा छैन!

स्वस्थ जीवन, पारिवारिक सुख भए मात्र मैले मेरो समाज र देशको लागि केही गर्न सक्छु। यसतर्फ म कति सचेत छु? 

मैले आफूले गर्न सक्ने र मिल्ने काम कुरा गरे पो अरुतिर प्रश्न गर्ने नैतिकता मसँग बाँकी रहन्छ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेफ सन्तोष साह पक्राउ
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सह–आयोजक अमेरिकाको शानदार जित
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ ३०, २०८३
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्