काठमाडौं- बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तले न्याय पाउनुपर्ने माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन गरिएको छ।
माइतीघरमा भेला भएका सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, विभिन्न पेसामा आबद्ध कर्मचारी लगायतको समूहले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। उनीहरु सरकार भेटियो न्याय भेटिएन, थरीथरी नेता थरीथरी ताल लगायतका नारा लेखिएका ब्यानर र पम्प्लेट बोकेर बानेश्वरसम्म पुगेका छन्।

अपराधीले 'प्रधानमन्त्री' र 'गृहमन्त्री'लाई डोहोर्याइरहेको सांकेतिक प्रदर्शनसमेत गरेका उनीहरुले गृहमन्त्रीको राजीनामा पनि मागे।
१३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव घर नजिकैको उखुबारीमा साउन ११ गते फेला परेको थियो। घटनाको चार महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन। अनुसन्धानका क्रममा प्रहरीले अहिले पनि विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।