ad

अवार्ड विजेता चिनियाँ फोटोग्राफर पक्राउ, यस्ता छन् उनले खिचेका २१ तस्बिर 

नेपाल लाइभ

Nepal Live

एजेन्सी- अवार्ड विजेता फोटोग्राफर लुआङलाई चीनको राष्ट्रिय सुरक्षा दस्ताले नियन्त्रणमा लिएको छ। चीन सरकारले अन्तर्राष्ट्रिय समुदायमाझ चित्रित नगरेका आन्तरिक समस्या फोटोमार्फत सार्वजनिक गर्ने उनलाई चिनियाँ सुरक्षा दस्ताले नियन्त्रणमा लिएको हो।

लुआङले चीनका लागुऔषध प्रयोगकर्ता, एचआईभी एड्स संक्रमित, चीनको वातावरणीय समस्याजस्ता विषयका फोटो प्रकाशन गर्दै आएका थिए। गुआङकी श्रीमती छु सावलीले श्रीमानसँग गत नोबेम्बर ३ देखि सम्पर्क हुन नसकेको बताएकी छन्।

गत अक्टोबर २३ का दिन गुआङ सिङजियान प्रान्तको राजधानी उर्मचीमा आयोजना हुने फोटोग्राफी कार्यक्रममा सहभागी हुन गएका थिए। कार्यक्रममा सहभागी भएपछि उनी सिचुवान प्रान्तमा साथी भेट्न जाने कार्यक्रम थियो। तर उनका साथीले फोटोग्राफर गुआङसँग भेट्न पाएनन्। 

पक्राउ परेका फोटोग्राफर गुआङ


सिचुवानमा रहेका उनका साथीले फोटोग्राफर गुआङकी श्रीमतीसँग हालखबर सोधेका थिए। श्रीमतीले सिङजियान बस्ने साथीकी श्रीमतीसँग सोधपुछ गरेकी थिइन्। यसपछि मात्र उनले आफ्ना श्रीमान् गुआङलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएकी थिइन्।

‘नजिकको पारिवारिक सदस्य भएपनि मसँग गुआङको सम्पर्क छैन। उनलाई नियन्त्रणमा लिइएको सम्बन्धी सरकारी तवरबाट कुनै जानकारी मलाई छैन’, उनले आफ्नो व्यक्तिगत टि्वटरमा भनेकी छन्। उनले थप भनिन्, ‘मैले सिङजियान प्रान्तका प्रहरीसँग पनि सोधपुछ गरिसकें। तर उनलाई नियन्त्रणमा लिएको सम्बन्धमा प्रहरीले अनविज्ञता प्रकट गरेको छ। म उनको सुरक्षित घरफिर्तीको अपेक्षा मात्र गर्नसक्छु।’

यस्ता छन् गुआङले खिचेका चर्चित फोटोहरु

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने