• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

के बैसाखमा खुल्ला तातोपानी नाका? [फोटो फिचर]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २०, २०७५  ०६:००
1140x725

तातोपानी (सिन्धुपाल्चोक)– चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि बन्द छ। जुन काठमाडौंबाट छोटो दुरीमा रहेको चीनसँग जोड्ने सीमा नाका हो।

२०७२ बैसाख १२ को भूकम्पपछि बन्द नाका कहिले खुल्ला?

यकिन जवाफ सरकारसँग पनि छैन। 

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रका सांसद अग्नि सापकोटाले आफ्नो पहिलो काम नै नाका खुलाउने बताएका थिए। निर्वाचनपछि पटक–पटक संसदमा उक्त कुरा उठाए पनि। तर, त्यसको कुनै समाधान निस्कन सकेको छैन। गाउँलेहरुले गरिरहने प्रश्नमा उनी 'छिट्टै खुल्ने' जवाफ दिएर टार्ने गरेका छन्।

नाका बन्द हुँदा बाह्रबिसे, लिपिङ, तातोपानी लगायतका बजार सुनसान छन्। दैनिक रुपमा करोडौंको व्यापार हुने उक्त क्षेत्रका अधिकांश होटल र लजहरु रिक्ता देखिन्छन्। केही होटल भने भग्नावशेषका रुपमा परिणत भइसकेझैं लाग्छ।

भूकम्पपछि भोटेकोसीको बाढीका कारण लिपिङ बजारदेखि मितेरी पुलसम्मको बाटो अवरुद्ध हुन पुग्यो भने माथिल्लो भोटेकोसी आयोजनासमेत जीर्ण बनेको छ।

नाका खुलाउन किन ढिला?
चिनियाँ पक्षले नाका खोल्न चासो नदेखाउनुमा धेरै कारण छन्। जस्तै: सुरक्षा, सडक र तस्करी लगायत।

nimb
nimb
Ncell 2
Ncell 2

न्यालोम (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ सुक्खा बन्दरगाह बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनले प्रस्ताव पनि गरेको थियो। चीनले यो प्रस्ताव अघि सार्नुको कारण नाका खोल्न ढिलाइ गर्ने बहाना थियो। 

सभामुख कृष्णबहादुर महराले पछिल्लो पटक चीन भ्रमणका जाँदा नाकाबारे चासो पनि राखेका थिए। उनले त्यसबेला मितेरी पुलको उद्घाटनसमेत गरे। 

यसअघि प्रधानमन्त्री रहेको समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चासो राखेर चिनियाँ पक्षसँग छलफल गरेका थिए। उनले नाका खोल्नका लागि प्रस्ताव गरे पनि चिनियाँ पक्षले थप अध्ययन आवश्यक भएको भन्दै टारेको थियो। 

सरकारका विशेष दूतका रूपमा २०७३ मा बेइजिङ पुगेका तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई ल्हासाका उपप्रमुखदेखि अन्य उच्च अधिकारीले नाका खोल्ने विषयमा नेपालको धारणा र योजनाबारे सोध्दा चीनका तर्फबाट नाका खुला गर्न उनले आग्रह गरेका थिए।

चीनले छेन्दुमा महावाणिज्य दूतावास स्थापनाका लागि आग्रह गरेको थियो। जवाफमा नेपालले तातोपानी नाका पूर्ववत् अवस्थामा नफर्काई अन्य काम अघि नबढाउने जवाफ दिएको थियो। 

नाका खुलाउन चीनको चासो
अहिले चिनियाँ पक्षले सीमाभन्दा ५ किलोमिटर वारि सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुर्‍याएको छ भने बाटो स्तरोन्नति र पुल निर्माण पनि थालेको छ। सडक सर्भेको काम भने दुवै तर्फबाट सम्पन्न भएको र सडक सञ्चालनका लागि आवश्यक पुल चिनियाँ पक्षले बनाउने र बाँकी सडक नेपालले बनाउने सहमति भएको छ। सामान्य सुधारपछि ट्रयाक खुले पनि स्तरोन्नति र फराकिलो बनाउने काम भने चलिरहेको छ। 

कोदारी राजमार्गको स्तरोन्नति गर्ने विषयमा सरकारसँग सहमति भएकाले अब चिनियाँ नाका छिट्टै खुल्ने सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी बताउँछन्। 'भत्किएका पुल निर्माणमा समेत सहयोग गर्न चीन सरकारले चासो राखेको छ,' उनले भने, 'हाल केही कामसमेत सुरु भइसकेका छन्।'

चीनले न्यालोममा भन्सार कार्यालय पनि बनाइरहेको छ।

जुरे पहिरो, भोटेकोसीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल बर्खाले बगाएका कारण चिनियाँ पक्षले त्यसको मर्मत कार्य सञ्चालन गरिरहेको छ।

२०७४ पुस ७ गते सिन्धुपाल्चोकका प्रजिअ र चीनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो। चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको थियो।

दलाई लामाको सक्रियता रहेको र त्यसलाई रोक्ने स्पष्ट खाका आउनुपर्ने चीनको अडान थियो । 'चीनको जायज सुरक्षा चासो र कामदारको सुरक्षामा हामीले प्रतिबद्धता जनाएपछि नाका खोल्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेका हुन्,' प्रजिअ अधिकारीले भने। काममा अवरोध नहुने, सडक समयमै सम्पन्न हुने र मितेरी पुलसमेत छिट्टै निर्माण गर्ने दोहोरो प्रतिबद्धता रहेको उनले बताए।  

तर, पछिल्लो पटक सरकारले सुरक्षा संवेदनशीतामा ध्यान दिने बताएपछि आगामी मे (बैसाख) सम्म बाटो खोल्ने तयारीमा चिनियाँ पक्ष रहेको उनको भनाइ छ।

चिनियाँ नाका खुल्ने भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुक्खा बन्दरगाहको केही महिनाअघि अवलोकन गरेका थिए। बन्दरगाह निर्माणपछि चिनियाँ सवारीसाधान उक्त क्षेत्रसम्मै प्रवेश पाउने सहमति नेपाली पक्षसँग गरिएको छ। 

उक्त सहमति गर्नुको कारण पनि सुरक्षा नै रहेको छ। नाका क्षेत्रमा पुन: फ्री तिब्बत गतिविधि सुरु हुन सक्ने भएकाले चिनियाँ पक्षले नेपालकै भूभागमा भन्सारको काम गर्न चाहेको देखिन्छ।

अहिले वस्तुस्थिति हेर्दा माथिल्लो भोटेकोसीको ड्यामदेखि लिपिङ बजारसम्म ४ किलोमिटर सडक निर्माण गर्नु ठूलो चुनौती देखिन्छ। खोला किनारदेखि सडक उठाउनुपर्ने भएकाले यसको जिम्मासमेत चिनियाँ पक्षले लिएको छ। चिनियाँ पक्षले सुक्खा बन्दरगाहलाई भने तीव्रता दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्