• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

धार्मिक पर्यटनको आयाम खोज्दैछ जनकपुर

64x64
नेपाल लाइभ शनिबार, मंसिर १५, २०७५  १८:३६
1140x725

जनकपुरधाम– पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ जनकपुर, धार्मिक गन्तव्य पनि प्रशस्तै छन्। तर, पर्यटकीय नजरले कम ध्यान दिँदा यसको विकास हुन सकेको छैन। 

आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मेरुदण्ड मान्ने गरिएको छ। प्रशस्त धार्मिक पर्यटन क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले प्रदेश २ को राजधानी जनकपुरमै रहेकाले पनि पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकारवालाहरु बताउँछन्।

प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्न सके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ। सँगै, पर्यटकलाई आकर्षित गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकला सहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा स्थापना गर्न सकिन्छ।

मिथिलाका प्रचलित चाडपर्व विवाहपञ्चमी, रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक मनोरञ्जन पनि दिन सकिन्छ। मिथिला संस्कृतिको महत्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, कला, मठमन्दिर, कुण्ड आदिको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।

जनकपुर विवाह भूमि वा आदर्श भूमिका रूपमा स्थापित भएकाले देश-विदेशका जोडीहरूलाई विवाहका लागि आउने गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने प्रदेश २ का उद्योग वाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा बताउँछन्। 

मिथिला पेन्टिङ विश्वबजारमा निकै चर्चामा रहेकाले यसलाई समेत विश्वसामु चिनाउनु आवश्यक छ। 

भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिक स्थल हो। राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि पनि यहीँ हो। संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको एक सुन्दर देवस्थल पनि हो जनकपुर।

Ncell 2
Ncell 2
nimb
nimb

जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखा मन्दिरको रूपमा परिचित जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदान नजिकैको हनुमानको संकटमोचन मन्दिर, स्वर्गद्वारीको भूतनाथ मन्दिर लगायतका धार्मिकस्थल एवं तालतलैया सरोवर र दैनिक रूपमा हुने गंगा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलका रूपमा जनकपुरलाई स्थापित गरेको छ।

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ। गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गरे यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ।

बृहत् विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मीकि, रामायण, बृहदारण्यको पनिषद् जस्ता धार्मिक ग्रन्थहरूमा पूण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा जनकपुरलाई उल्लेख गरिएको छ। जनकपुरक्षेत्रमा रहेका धनुषाधाम, जलेश्वर, गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान छ।

Xtrem

Xtrem

धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ। जनकपुरका मठमन्दिर र मूर्तिहरूबारे प्रचारप्रसार गरेर संसारभर चिनाउन सके जनकपुरको मात्र नभई नेपालकै पर्यटन क्षेत्र फस्टाउन सक्छ।

सरकारको नजर, व्यवसायीको आशा
पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारले चासो दिएको छ। सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत् जनकपुर क्षेत्र विकास परिषदमार्फत लगानी पनि गर्दै आएको छ। यसले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीय स्थल, प्राकृतिक सम्पदाहरूको संरक्षण संवर्द्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ।

धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि जनकपुर क्षेत्र सोचेजति प्रख्यात हुन सकेको छैन। जनकपुरको मठमन्दिर, कुटी, कुण्ड तथा यिनको महत्वका बारेमा रामायण लगायत विभिन्न संग्रहमा उल्लेख गरिएको पाइन्छ। यद्यपि, अहिले यी धार्मिक ऐतिहासिक महत्व बोकेका कुटी तथा पोखरीहरू झन्डै ५० प्रतिशत अस्तित्वमा छैनन् र बाँकी पनि धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ।

रत्नसागर मन्दिरका महन्थ डा वैकुण्ठ दास वैष्णव प्राचीन धार्मिक महत्व बोकेको जनकपुरको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँछन्। ‘यसको महत्वका बारेमा विश्वसामु थाहा दिन सके धेरै पर्यटकहरू अध्ययन अवलोकन गर्न आउने थिए,’ उनले भने।

जनकपुर धार्मिक दृष्टिले महत्वपूर्ण भएका कारण बाह्रै महिना श्रद्धालुहरूको ओइरो लाग्ने गर्छ। यसलाई पर्यटकीय दृष्टिकोणले विकास तथा प्रचारप्रसार गर्न सके जनकपुरधामको सौन्दर्य अभिवृद्धि हुनुका साथै राजस्वको ठूलो स्रोत पनि हुन सक्ने प्रशस्त सम्भावना छ।

जनकपुरको पर्यटन विकासका लागि जनकपुर—चितवन—लुम्बिनी—पोखराको संयुक्त प्याकेज बनाएर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी रूपेश सिंहको भनाइ छ। ‘यसका लागि सबै पर्यटन व्यवसायीले यी चार क्षेत्रको प्रचारप्रसार गर्नुपर्छ, जनकपुर, चितवन, लुम्बिनी र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन यी क्षेत्रलाई जोड्ने हवाई तथा स्थलमार्गको आवश्यकता छ,’ उनले भने, 'यी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी अगाडि बढ्न सके विश्वकै नमुना पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ।'

होटल व्यवसायी संघ धनुषाका सचिव धर्मेन्द्र साह पनि जनकपुर—चितवन—लुम्बिनी—पोखराका पर्यटन व्यवसायीबीच समन्वय गरी प्याकेज तयार गर्नुपर्नेमा जोड दिन्छन्। जनकपुर आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई चितवन, लुम्बिनी र पोखराको विशेषताका विषयमा जानकारी दिएर त्यसतर्फ पठाउन सकिए यहाँ आउने पर्यटकको बसाइ लम्बिने उनको विश्वास छ।

जनकपुरको कला, संस्कृति, भेषभूषा तथा मिथिला कलालाई जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन सके पर्यटनका साथै अन्य व्यवसायसमेत फस्टाउनेमा दुईमत छैन। जनकपुरको हिन्दु धार्मिक, चितवनको वन्यजन्तु, लुम्बिनीको बौद्ध धार्मिक र पोखराको प्याराग्लाइडिङ लगायत आकर्षक पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउन पर्यटन व्यवसायीबीच समन्वय आवश्यक देखिन्छ।

जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबैभन्दा अनुकूल हुन्छ। यसैबीच मिथिलाका सबै चाडबाड पनि पर्ने हुनाले पर्यटकको बसोबास मनोरञ्जनले भरिपूर्ण हुन सक्ने देखिन्छ। जनकपुरका सन्दर्भमा चितवन, लुम्बिनी, पोखरा, काठमाडौंमा केन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न सकिन्छ।

जनकपुरलाई यसरी धार्मिक पर्यटकीय गन्तव्यस्थल र देवभूमिको रुपमा विकास गर्न सके प्रदेश २ को आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बुद्धिजिवीहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्