• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतले किन पार्दैछ नेपाललाई धर्मको भूमरीमा?

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०७५  ११:३५
1140x725

सन् १६४८ को वेस्टफालियन शान्ति सन्धिले युरोपमा धार्मिक हुँदै राजनीतिक दिशा लिएको तीसवर्षे (१६१८–१६४८) युद्ध समाप्त गरेको थियो। राजनीतिबाट धर्मलाई विभक्त गराएको उक्त सन्धिसँगै सार्वभौम राष्ट्रको मान्यता सुरु भएको मानिन्छ। अन्तर्राराष्ट्रिय सम्बन्धका जानकारहरुका अनुसार सोही शान्ति सन्धिको जगमा टेकेर विद्यमान पश्चिमा विश्व व्यवस्था खडा गरिएको हो।

_x000D_ _x000D_

उक्त शान्ति सन्धिले धार्मिक गतिविधिलाई राजनीति इतर राख्ने सहमति गरेको थियो। पादरी (धर्म भीरु) ले पश्चिमा राजनीतिमा पार्दै आएको प्रभावलाई वेस्टफालियन शान्ति सन्धिसँगै अन्त्य गरिएको मानिन्छ। धार्मिक राजनीतिका कारण तत्कालीन समयमा युरोपले बेहोरेको क्षतिको वर्तमान समयमा कुनै लेखाजोखा गर्न नसकिएला, तर त्यस घटनाबाट पाठ भने पक्कै सिक्न सकिन्छ।

_x000D_ _x000D_

धर्मलाई राजनीतिको माध्यम बनाउन भइरहेको वर्तमानको प्रयासलाई हेर्दा विगतको गल्तीबाट कसैले पाठ नसिकेको प्रतित हुन्छ। धर्मलाई राजनीतिको माध्यम बनाउन इसाई धर्म मान्ने पश्चिमा राष्ट्रदेखि मध्यपूर्वी एसियाका इस्लाम धर्मावलम्बी राष्ट्रहरुले भगीरथ प्रयत्न गरिरहेका छन्। नेपालको छिमेकी देश भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) ले पनि धर्मकै आधारमा राजनीतिलाई बढावा दिने गरेको आरोप लाग्ने गरेको छ।

_x000D_ _x000D_

भारतलाई धर्म निरपेक्ष राष्ट्रबाट बदलेर हिन्दु राष्ट्रमा परिणत गर्नु पछिल्लो समय भाजपाको अभीष्ट रहेको बताइन्छ।

_x000D_ _x000D_

विशेषगरी सन् १९६०-७० को दशकको औपनिवेशिककाल अन्त्यपछि देशहरू स्वतन्त्र हुने क्रमसँगै धार्मिक राजनीतिले बढवा पाएको मानिन्छ। देशहरू उपनिवेशबाट स्वतन्त्र हुने क्रमसँगै आफूसँग नजिक राख्ने उपायका रुपमा धर्मलाई प्रयोग गरिएको जानकारहरूको मत छ। यस्तै, २००१ मा अमेरिकाको ट्वीन टावरमा भएको आतंककारी हलमापछि यसले थप मलजल पाएको विश्लेषण हुने गरेको छ।

_x000D_ _x000D_
_x000D_

यसरी नेपालको एक निकट छिमेकी देशमा धार्मिक गतिविधिले राजनीतिक मोड लिन थालेको छ भने पश्चिमा राष्ट्रहरु पनि इसाई धर्म प्रचारप्रसार गर्न र धर्म परिर्वतन गराउने खेलमा लागिपरेका छन्।

_x000D_
_x000D_ _x000D_

भारतको सत्तासीन पार्टी भाजपाको राजनीतिक जग नै धार्मिक गतिविधि हो। भारतको संविधानमा १९७६ मा भएको ४२औँ संशोधनले भारतलाई एक धर्म निरपेक्ष राष्ट्रको मान्यता दिएको हो। यो मान्यतालाई भाजपा र भाजपा समर्थित राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) ले बदल्न चाहेको आरोप लाग्ने गरेको छ। भारतलाई धर्म निरपेक्ष राष्ट्रबाट बदलेर हिन्दु राष्ट्रमा परिणत गर्नु पछिल्लो समय भाजपाको अभीष्ट रहेको बताइन्छ।

_x000D_ _x000D_

भारतमा सोझै हस्तक्षेप गर्न नसक्ने अवस्थामा भाजपा र आरएसएसले यो प्रयास नेपालबाट गर्ने कोसिसमा लागेको समेत आरोप छ। त्यही प्रयासकै कडीको रूपमा २०७२ सालमा नेपालमा जारी भएको संविधानमा भारत नेपाललाई हिन्दु राष्ट्र लेखाउन चाहन्थ्यो। २०६२-६३ को दोस्रो जनआन्दोलनको सफलतापछि पुनर्स्थापित प्रतिनिधिसभाको जेठ ४ गते बसेको पहिलो बैठकले नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषणा गरेको थियो। जुन कुरालाई भारतको तत्कालीन सत्तापक्षले परिर्वतन गर्न दबाव दिएको नेपालका नेताहरूले नै विभिन्न सन्दर्भमा उजागर गरिसकेका छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

नेपालमा धर्म निरपेक्षताको घोषणा हुँदा भारतमा कांग्रेस आई (तत्कालीन अध्यक्ष सोनिया गान्धीको मूल इसाई धर्म हो) समर्थित सरकार थियो, जो आफैं धर्म निरपेक्षतालाई मान्यता दिन्थ्यो। भारतमा रहेका ८० प्रतिशत हिन्दुहरुको मतका आधारमा २०१४ मा सरकार बनाएको भाजापाले हिन्दुत्वको मुद्दालाई प्राथमिकताका साथ अघि बढाएको छ। योसँगै २०१९ मा हुने भारतीय आमनिर्वाचनलाई मध्यनजर गर्दै कांग्रेस आईले पनि हिन्दुत्वको नारालाई महत्व दिन थालेको विश्लेषण हुने गरेको छ। 

_x000D_ _x000D_

यसरी नेपालको एक निकट छिमेकी देशमा धार्मिक गतिविधिले राजनीतिक मोड लिन थालेको छ भने पश्चिमा राष्ट्रहरु पनि इसाई धर्म प्रचारप्रसार गर्न र धर्म परिर्वतन गराउने खेलमा लागिपरेका छन्।

_x000D_ _x000D_

नेपाल जस्ता विकासशील राष्ट्रमा मात्रै होइन धर्म रुपान्तरणको मुद्दा चीनजस्तो एकतन्त्रीय शासन भएको कम्युनिस्ट राष्ट्रको पनि समस्याका रुपमा देखा परेको छ। चीनमा खासै धार्मिक आस्थाका आधारमा मानिसको विभाजन नभए पनि विस्तारै इसाई धर्मावलम्बीहरुको वर्चस्व बढ्दो क्रममा रहेको चीनको पछिल्लो जनगणनाको तथ्यांकले देखाउँछ। 

_x000D_ _x000D_

अमेरिकाको न्युयोर्कमा रहेको ‘काउन्सिल अन फरेन अफेयर्स’को अक्टोबर ११, २०१८ मा प्रकाशित एक लेखका अनुसार सन् १९७९ बाट वार्षिक १० प्रतिशतका हिसाबले चीनमा इसाई धर्मावलम्बीहरू बढ्दै आएका छन्। सन् २०३० सम्ममा चीन विश्वकै धेरै इसाई धर्मावलम्बीहरूको देश हुने उक्त लेखको आंकलन छ। 

_x000D_ _x000D_

धर्म रुपान्तरणको मुद्दाामा अरु धर्मवलम्बीभन्दा इसाईहरु नै अग्रस्थानमा छन्। ‘प्रजातान्त्रिक देशहरू एकअर्काबीच द्वन्द्व गर्दैनन्’ (डेमोक्याट्री नेसन्स डु नट फाइट विथ इच अदर्स) भने जस्तै एउटै धर्ममा आस्था राख्ने मानिसहरूबीच पनि युद्ध हुँदैन भन्ने मान्यता राख्ने गरिन्छ। त्यसैले पनि राजनीतिबाट धर्मलाई १६४८ कै वेष्टफालियन शान्ति सन्धिले अलग गराए पनि आजको दिन पर्यन्त धर्मको प्रभाव राजनीतिबाट घटेको छैन। 

_x000D_ _x000D_
_x000D_

आदित्यनाथको जनकपुर भ्रमण उद्देश्यरहित होला भन्न सकिँदैन। उनको नेपाल भ्रमणलाई पनि आगामी वर्षको भारतको निर्वाचनसँग जोडेर हेर्न सकिन्छ।

_x000D_
_x000D_ _x000D_

आगामी अप्रिलमा हुने भारतको निर्वाचनमा पनि धार्मिक मुद्दाले प्राथमिकता पाउने निश्चित जस्तै छ। गत मे महिनामा भारतको कर्नाटक राज्यको निर्वाचनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रभाव पारेको विश्लेषण गरिन्छ। लामो समय भारतीय कांग्रेस आई समर्थित मोर्चाले निर्वाचन जित्दै आएको त्यस क्षेत्रमा यो वर्ष भने भाजपाले धेरै सिटमा विजय हात पारेको थियो। भलै, सरकार गठनमा भने असमर्थ रह्यो। उक्त समयमा मोदीले नेपालमा गरेको धार्मिक भ्रमणले कर्नाटक निर्वाचनलाई प्रभावित बनाएको भारतीय विश्लेषकहरूको मत रहेको छ।

_x000D_ _x000D_

यही मंसिर २६ गतेको विवाह पञ्चमीमा पनि भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने कुरा थियो। उक्त कार्यक्रममा सहभागी हुने नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाए पनि अन्तिम समयमा मोदी नेपाल नआउने बताइएको छ। मंसिर २५ गते हुने भारतको मध्य प्रदेश, राजस्थान, तेलङ्गना, मिजोरम र छत्तीसगढ लगायतका पाँच राज्यको निर्वाचन परिणाम घोषणा र त्यसअघि हुने निर्वाचन प्रचारमा सहभागी हुनुपर्दा मोदीको नेपाल भ्रमण हुन नसकेको हो। 

_x000D_ _x000D_

मोदी विवाह पञ्चमीमा सहभागी हुन नेपाल नआए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मोदीको ठाउँमा नेपाल आउने चर्चा छ। आदित्यनाथको जनकपुर भ्रमण उद्देश्यरहित होला भन्न सकिँदैन। उनको नेपाल भ्रमणलाई पनि आगामी वर्षको भारतको निर्वाचनसँग जोडेर हेर्न सकिन्छ। मुख्यमन्त्रीका हिसाबमा उनले दिने सार्वजनिक अभिव्यक्तिमा पनि धार्मिक सङ्गति पाउन सकिन्छ भने हिन्दु इतरका समुदायप्रति उनी कठोर देखिन्छन्।

_x000D_ _x000D_
_x000D_

इसाई धर्मबाट प्रभावितको आरोप लाग्ने गरेको भारतीय कांग्रेस आईलाई पनि आगामी निर्वाचनमा हिन्दु धर्मको सहारा लिनुपरेको छ।

_x000D_
_x000D_ _x000D_

भारतीय नेताले नेपालका धार्मिक अनुष्ठानमा गरेका पूजापाठले भारतका हिन्दु समुदायको भावनासँग कसरी न्यानोपन सिर्जना गर्न सक्छ भन्ने विषय गत मे को मोदीको जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथको भ्रमणले पुष्टि गरेको छ। यस्तै भदौ १४ र १५ गते नेपालमा आयोजना भएको चौथौ बिम्स्टेक बैठकमा मोदी नेपाल भएकै अवस्थामा भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आएका थिए। हिन्दुहरूका आराध्यदेव शिवको बासस्थान मानिने मानसरोवर प्रस्थान गर्ने क्रममा उनी नेपाल ओर्लिएका थिए। 

_x000D_ _x000D_

इसाई धर्मबाट प्रभावितको आरोप लाग्ने गरेको भारतीय कांग्रेस आईलाई पनि आगामी निर्वाचनमा हिन्दु धर्मको सहारा लिनुपरेको छ। मानसरोवर पुगेर फर्किएका राहुल पशुपतिको दर्शन गर्न पनि गए।

_x000D_ _x000D_

_x000D_ _x000D_

यता, आदित्यनाथको नेपाल आवागमनको विषयमा प्रतिपक्ष पार्टी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन्। आदित्यनाथको नेपाल भ्रमणका क्रममा जयनगर–जनकपुर कुर्था रेल्वे उद्घाटन गर्ने कार्यक्रमलाई समेत उनले टिप्पणी गरेका छन्। बुधबार साँझ पत्रकारसँग कुरा गर्दै निधिले आदित्यनाथ आउन लागेको विषयले केन्द्र सरकारप्रति नै प्रश्न उठेको भनाइ राखेका थिए।

_x000D_ _x000D_

‘आदित्यनाथको पृष्ठभूमि नेपाललाई हिन्दु राज्य बनाउनु भएको’ भन्दै निधिले उनको नेपाल भ्रमणका विषयमा असन्तुष्टि प्रकट गरेका छन्। यस्तै, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको ७०औँ गणतन्त्र दिवसको अवसरमा भारतले प्रमुख अतिथिको रुपमा बोलाएको भन्दै त्यसमा पनि आफ्नो गम्भीर आपत्ति रहेको जनाएका छन्। शाहको भ्रमणका लागि नेपाल सरकारले अनुमतिसमेत दिएको उनले दाबी गरे।

_x000D_ _x000D_

यसैबीच, इसाई धर्म सम्बद्ध एक संस्था युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टी र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एसिया प्यासिफिक समिट २०१८’ को आयोजना हुँदैछ। मंसिर १४ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने बताइएको सम्मेलनमा प्रमुख रुपमा जलवायु परिर्वतन, शान्ति तथा विकास सुशासन, विवाह तथा परिवार जस्ता संस्थाहरूको सदृढीकरणका विषयमा छलफल हुने आयोजक संस्थामध्येको युनिभर्सल पिस फेडेरसनले जनाए पनि त्यसको अन्तर्य अर्कै हुन सक्ने आशंका पनि गर्न सकिन्छ। पढ्नुस् सम्बन्धित समाचार : काठमाडौंमा इसाईको अन्तर्राष्ट्रिय सम्मेलन, सरकार नै सह–आयोजक ।

_x000D_ _x000D_

भारतमा अर्को वर्ष हुने निर्वाचनलाई प्रभावित गर्न कतै इसाई धर्म सम्बद्ध संस्थाले नेपालमा कार्यक्रम आयोजना त गर्न लागेको होइन? आशंका गर्ने ठाउँ छ।

_x000D_ _x000D_

भारतीय सत्तापक्ष भाजपाले हिन्दुत्वको नारालाई प्रभावकारी ढङ्गमा अघि बढाउँदा धर्म निरपेक्षहरूको संरक्षक कांग्रेस आई पनि लतारिएर हिन्दुत्वको सहारा लिन थालेपछि इसाईहरू आफ्ना एजेन्डालाई नेपालमार्फत प्रसारित गर्ने उद्देश्यका साथ नेपालमा कार्यक्रम आयोजना गरेका त होइनन्? सरकारले गम्भीर रुपमा सोच्न आवश्यक छ। 

_x000D_ _x000D_

विडम्बना, सरकारले नेपालमा धर्म प्रचारको घटना बढेको भन्दै एनजिओ/आइएनजिओलाई नियमन गर्न राष्ट्रिय सदाचार नीति ल्याउने बताए पनि हालसम्म त्यसले मूर्तरुप पाउन सकेको छैन। तर, धर्म प्रचारमा संलग्न रहेको आरोप लागेको एक विवादित संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल सरकार आफै सह-आयोजक बनेको छ। 

_x000D_ _x000D_
_x000D_

भारतमा रहेको जातीय, क्षेत्रीय, धार्मिक विविधताका कारण भारतले आफूलाई हिन्दु सभ्यताको रुपमा स्थापित गर्न गाह्रो छ। भारतको वर्तमान सत्तारुढ दल भाजपा आफ्नो अपुरो अभीष्ट नेपालमार्फत कायम गर्न प्रयत्न गर्दैछ। 

_x000D_
_x000D_ _x000D_

इजरायलको जेरूसेलम (प्यालेस्टाइन र इजरायलबीच विवादित स्थान) लाई इसाई धर्मावलम्बीले आस्थाको केन्द्रको रुपमा लिन्छन्। जिसस क्राइस्टको जन्म भएको मानिने उक्त स्थानका कारण इजरायलको विश्व राजनीतिमा ठूलो प्रभाव छ। यस्तै इसाई धर्म सञ्चालन हुने तथा इसाईका धर्म भीरू रहेको भ्याटिकन सिटीको पनि ठूलो प्रभाव देखिन्छ, जसको क्षेत्रफल शून्य दशमलव ४४ वर्ग किलोमिटर मात्रै छ। 

_x000D_ _x000D_

इस्लाम धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मक्का मदिना साउदी अरेबियामा पर्छ। यी सबै राष्ट्रसँग विश्व शक्ति राष्ट्र अमेरिकाको राम्रो सम्बन्ध रहेको पाइन्छ भने उदीयमान राष्ट्रहरू पनि यी देशलाई आफू अनुकूल राख्न चाहन्छन्। 

_x000D_ _x000D_

धर्म र राजनीतिबीच सङ्गति छ भन्ने कुराको यो गतिलो उदाहरण हो। धर्मले हामी बाँच्ने सभ्यतालाई प्रतिनिधित्व गर्छ। सभ्यताहरूको जड रहेको देशमा नै आफ्नो प्रभाव कायम राख्न सके यी सभ्यतासँग सम्बन्धित अन्य देशलाई पनि आफ्नो प्रभावमा राख्न सकिन्छ भन्ने मनोविज्ञानबाट यो सञ्चालित छ। 

_x000D_ _x000D_

नेपाल शाक्यमुनि गौतम बुद्धको जन्मस्थल हो। विश्वमा हाल १ दशमलव ८ बिलियन बौद्ध धर्मावलम्बीहरू छन्। तर, नेपालले इजरायल, साउदी अरेबिया र भ्याटिकन सिटीले जस्तै आफ्नो प्रचार गर्न सकेको छैन। भारतमा रहेको जातीय, क्षेत्रीय, धार्मिक विविधताका कारण भारतले आफूलाई हिन्दु सभ्यताको रुपमा स्थापित गर्न गाह्रो छ। भारतको वर्तमान सत्तारुढ दल भाजपा आफ्नो अपुरो अभीष्ट नेपालमार्फत कायम गर्न प्रयत्न गर्दैछ। 

_x000D_ _x000D_

बौद्ध मार्गी देशको विश्व राजनीतिमा प्रभाव बढ्दै गएको अहिलेको अवस्थामा नेपाल हिन्दु र बौद्ध दुवै सभ्यताको प्रमुख स्थान बन्नसक्ने ल्याकत राख्ने देश हो। नेपालको त्यही ल्याकतलाई बुझेका पश्चिमा देश नेपालको सभ्यताको वैभव पुनः जागरण गर्न अवरोध खडा गर्दै त छैनन्?

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
११ हजार ६ सयले घट्यो सुनको मुल्य
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्