• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सडक दुर्घटनाः प्रतिवेदन रद्दीको टोकरीमा फाल्छ सरकार

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  ०९:३०
1140x725

काठमाडौं– डडेल्धुरा बस दुर्घटनामा १८ जनाको मृत्यु भयो। डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा भएको कहालीलाग्दो दुर्घटनापछि सडक दुर्घटनाबारे बहस सुरु भएको छ।

_x000D_ _x000D_

गृहमन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जान्छ। हरेक ठुला र रहस्यमयी दुर्घटनापछि छानबिन समितिहरु पनि बन्छन्। प्रतिवेदनहरु तयार हुन्छन् तर सडक दुर्घटना न्यूनीकरणका लागि उपलब्ध सुझावहरुलाई सरकारले वेवास्ता गर्छ। 

_x000D_ _x000D_

प्रहरीका अनुसार आव २०६८– ६९ देखि २०७४–७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भइसकेको छ। गृह मन्त्रालयका अनुसार अधिक दुर्घटनाहरु चालकको लापरवाहीका कारण हुन्छन्। 

_x000D_ _x000D_

प्रतिवेदन कहाँ जान्छन्?
_x000D_ पछिल्लो एक उदाहरण हेरौं।

_x000D_ _x000D_

२०७३ असोज ९ गते पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक–३ घोप्टेभीर नजिक पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटना भयो। जीप त्रिशूली नदीमा खस्दा घिमिरेसहित उनका परिवारका ६ जनाको मृत्यु भयो।

_x000D_ _x000D_

दुर्घटनाको दुई दिनपछि अर्थात् असोज ११ गते धादिङको मार्पाकमा यात्रुबस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाए।

_x000D_ _x000D_

यात्रुबस दुर्घटना भएको केही घन्टापछि बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री घिमिरे र मार्पाक दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र दुर्घटना न्यूनीकरणका लागि सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनायो। 

_x000D_ _x000D_

समितिले एक महिना लगाएर १८२ पृष्ठ लामो प्रतिवेदन तयार र्पायो। प्रतिवेदनमा घिमिरे र मार्पाक दुर्घटनाका विषयमा विस्तृत विवरणसँगै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक खण्डको सडकको अवस्था र दुर्घटना न्युनीकरणका उपायहरु पनि समेटिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रतिवेदनले यी सडकखण्डमा रहेका जोखिमयुक्त सडकको विवरण दिँदै ती क्षेत्रमा सुरक्षाका उपाय अपनाउन सुझाव दिएको थियो। तर प्रतिवेदनले सुझाएका कुराहरु कतै कार्यान्वयन भएनन्।
_x000D_ सरकारले पछिल्लो चार वर्षको अवधिमा सडक दुर्घटनाको कारण र समाधानका उपाय खोज्न भन्दै एक दर्जनभन्दा बढी समिति बनाइसकेको छ। आजसम्म ती प्रतिवेदनका सुझाव कार्यान्वयनमा आउन सकेका छैनन्। दुर्घटना न्युनीकरण गर्ने र सडक सुरक्षा कायम गर्न भनी बनाइएका यी प्रतिवेदन दराजमा थन्किँदा चार वर्षको अवधिमा आठ हजारभन्दा बढी नेपालीको सडक दुर्घटनामा ज्यान गुमाउनुपरेको प्रहरीको तथ्यांकले देखाएको छ।

_x000D_ _x000D_

चार वर्षको यो अवधिमा भएका ठूला दुर्घटना तथा शृंखलाबद्ध दुर्घटनापछिका केही दिनमै कहिले मन्त्रालयगत तथा कहिले यातायात व्यवस्था विभाग अन्तर्गत समिति र कार्यदल बनेका छन्। हरेक समितिका पदाधिकारीले प्रतिवेदन तयार पार्न राज्यका नाममा लाखौँ रुपैयाँ सिध्याएका छन्। मोटो रकम खर्चेर बनाइएका यस्ता प्रतिवेदन भने सधैं मन्त्रालयमा पुगेर थन्किने गरेका छन्। 
_x000D_ तयार भएका प्रतिवेदनका सुझाव मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्ने हो। तर, यातायात व्यावसायीको दबाबमा पर्दै आएको मन्त्रालयले हरेक समितिका प्रतिवेदन दराजमै सीमित गराएको देखिन्छ।

_x000D_ _x000D_

पूर्वगृहमन्त्री घिमिरेको घटनाअघि कानुन नै संशोधन गर्ने भन्दै तत्कालीन भौतिक तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा उच्चस्तरीय समिति बनेको थियो। दुर्घटना न्युनीकरणका लागि ऐन, नियम नै संशोधन गर्ने गरी सुझाव दिन भन्दै २०७१ मंसिरमा उक्त समिति बनाइएको थियो।
_x000D_  
_x000D_ सिटौलाको संयोजकत्वमा बनेको सो समितिले एक महिना लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पार्यो। प्रतिवेदनले दुर्घटनामा मानवीय, भौतिक, यान्त्रिक, संस्थागत तथा भौगोलिक अवस्थाको सूक्ष्म अध्ययन गरी दुर्घटना न्युनीकरणका सुझाव दिएको थियो।

_x000D_ _x000D_

तत्कालिन मुख्य सचिवको पाँचबुँदे निर्देशन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

समितिको प्रतिवेदन बुझेलगत्तै ०७१ पुस २१ गते तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका कर्मचारीलाई प्रतिवेदनका हरेक बुँदा कार्यान्वयनमा ल्याउन र तत्कालै लागू हुनेगरी भन्दै निम्न पाँचबुँदे निर्देशन दिएका थिएः

_x000D_ _x000D_

१. क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारी साधनलाई तत्कालै नियन्त्रण गरी कारबाही गर्नू।

_x000D_ _x000D_

२. यातायात निरीक्षक तत्कालै नियुक्ति गरी अनुगमनको कार्यलाई निरन्तरता दिनू।

_x000D_ _x000D_

३ लामो दुरीमा सञ्चालन हुने सवारीमा अनिवार्य दुई जना चालक राख्नू। नराखे कारबाही गर्नू।

_x000D_ _x000D_

४. राजमार्गको पाँच सय मिटर वरपर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउनू।

_x000D_ _x000D_

५. मापसे गर्ने चालकलाई ५० हजार जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेजको व्यवस्था छ महिनाभित्र गर्नू।

_x000D_ _x000D_

मुख्य सचिवले दिएको निर्देशनपछि केही दिन यातायात विभागले प्रहरी प्रशासनको सहयोगमा सिट क्षमता र दुई जना सवारी चालक राख्ने नियममाथि कडाइ पनि गर्यो। तर, सिन्डिकेटको बलमा दादागिरी चलाइरहेका यातायात व्यावसायीको चर्को दबाबका बीच प्रहरीको कारबाही यत्तिकै तुहियो।

_x000D_ _x000D_

विभागले लामो दुरीमा दुई जना चालक राख्ने व्यवस्थाप्रति आँखा चिम्लियो। यातायात निरीक्षक नियुक्ति गरेन। राजमार्ग छेउ मदिरा बेच्न नपाउने व्यवस्था कार्यान्वयनमा आएन। न मापसेकर्तालाई जरिवाना र कारबाही गर्ने कानुन नै बन्यो न त ३२ पृष्ठ लामो उक्त प्रतिवेदनका अन्य सुझाव कार्यान्वयनमा आए। 

_x000D_ _x000D_

तयार भएका प्रतिवेदनका सुझाव मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्ने हो। तर, यातायात व्यावसायीको दबाबमा पर्दै आएको मन्त्रालयले हरेक समितिका प्रतिवेदन दराजमै सीमित गराएको देखिन्छ।

_x000D_ _x000D_

यातायात व्यवसायीको दबाबमा मुख्य सचिवका निर्देशन र प्रतिवेदनका सुझाव कार्यान्वयनमा नआउँदा सडकमा चालकको लापरबाही र मनपरी बढ्दै गयो। फलस्वरुप सडक दुर्घटनाको दर घट्नुको साटो बढिरहेको छ।

_x000D_ _x000D_

उक्त प्रतिवेदनमा नीतिगत सुधारसहित मौजुदा कानुनको पूर्ण पालनामा जोड दिएको थियो। प्रतिवेदनले दुर्घटना न्युनीकरणका लागि सिन्डिकेट तथा कार्टे्लिङको पूर्ण अन्त्य गर्नुपर्ने, सजाय तथा जरिवानालाई बढाउनुपर्ने, तीव्र गतिमा सवारी कुदाउनेलाई कारबाही गर्ने, क्षमताभन्दा बढी यात्रु राख्न निषेध गर्ने, राजमार्ग तथा भित्री सडकहरुमा सवारीको निगरानी बढाउने, रुट पर्मिट नभएका क्षेत्रमा सवारी चलाउनेलाई कारबाही गर्ने, छतमा यात्रु राख्नेलाई कारबाही गर्ने, लामो दुरीका बसमा अनिवार्य रुपमा दुई जना चालक राख्नुपर्ने, बिग्रेका सवारी चलाउनेलाई कारबाही गर्ने, मापसे गरी सवारी चलाउने चालकलाई सार्वजनिक मुद्दा लगाउने, सडकमा जथाभावी सामग्री राख्नेलाई कारबाही गर्ने, पैदलयात्रीले पनि जथाभावी बाटो काटेमा कारबाही गर्ने लगायतका सुझाव दिएको थियो।

_x000D_ _x000D_

यस्तै, रणनीतिक सडकलाई सम्भव भएसम्म डबल लेन र कम्तीमा इन्टर मिडियट लेन (६ मिटर चौडा) बनाउने गरी नीति तय गरी कार्यान्वयन गर्ने, स्थानीय र ग्रामीण सडकलाई सकेसम्म ६ मिटरभन्दा चौडा र न्युनतम ५ मिटर चौडाइको बनाउने गरी व्यवस्था गर्ने, कानुनमा संशोधन गरेर कारबाही तथा जरिवानालाई भारी मात्रामा वृद्धि गर्नुपर्ने लगायतका सुझावसमेत दिएको थियो। 
_x000D_ उक्त प्रतिवेदनभन्दा दुई महिनाअघि मात्र मन्त्रालयले यातायात व्यवस्था विभागका तत्कालीन निर्देशकको संयोजकत्वमा पनि समिति गठन गरेको थियो। उक्त समितिले पनि बृहत् अनुसन्धान गरी सिटौलाको समितिले झैं सुझाव दिएको थियो। तर, उक्त प्रतिवेदन मन्त्रालयमा नै थन्किएपछि सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय नयाँ समिति बनाएर प्रतिवेदन बनाउन लागेको थियो।

_x000D_ _x000D_

सिटौला र विभागका महानिर्देशकको समितिभन्दा साढे दुई वर्षअगाडि डोटीको छतिवनमा भएको दुर्घटनाको समयमा पनि सरकारले समिति बनाएको थियो। उक्त समितिले डोटी दुर्घटनाका विषयमा छानबिन गर्दै देशभरकै दुर्घटना न्युनीकरणका लागि सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझायो। उक्त प्रतिवेदनका सुझाव पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। 
_x000D_ यस्तै, नुवाकोटमा भएको दुर्घटनापछि बनाइएको समितिको प्रतिवेदन पनि मन्त्रालयमै थन्किएको छ। दुर्घटनापछि बनाइने हरेक समितिले एकै प्रकृतिका सुझाव सरकारलाई दिँदै आएका छन्। तर ती सुझाव कार्यान्वयनमा ल्याउनुपर्ने मन्त्रालय तथा विभागले भने प्रतिवेदनलाई बेवास्ता गरिरहेका छन्।

_x000D_ _x000D_

सुझाव सबैका उही
_x000D_ दुर्घटना न्युनीकरणका लागि गठित सबै समितिले सरकारलाई यस्ता सुझाव दिएका थिए।

_x000D_ _x000D_

कडा कानुन बनाउनु पर्ने, चालकको लाइसेन्स खारेज गर्नुपर्ने, सिन्डिकेटको अन्त्य हुनुपर्ने, क्षमता भन्दा बढी यात्रु चढाउनेको रुट खारेज गर्नुपर्ने, ग्रामीण सडकको चौडाइ बढाउनुपर्ने, सडकको अवस्थाका आधारमा मात्र सवारी रुट दिनुपर्ने, सडकमा निगरानी बढाउनुपर्ने।

_x000D_ _x000D_

‘प्रतिवेदन थन्कँदा दुःख लाग्छ’
_x000D_ तुलसीप्रसाद सिटौला, पूर्वसचिवः (भौतिक तथा यातायात मन्त्रालय)– ठूलो खर्च गरी तयार पारिएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयन नगरी दराजमा नै थन्कयाउने परिपाटीका कारण दुर्घटनाको दरमा कमी आउन नसकेको हो। समितिले दिएका सुझाव हुबहु कार्यान्वयना ल्याइएको भए यति धेरै दुर्घटना हुने थिएनन्। सबैभन्दा पहिला सडकमा रहेको सिन्डिकेटको अन्त्य र व्यावसायिक लाइसेन्स दिने व्यवस्था कार्यान्वयनमा आए आधाभन्दा बढी समस्या समाधन हुनेछ। 

_x000D_ _x000D_

चालकहरुलाई व्यावसायिक लाइसेन्स दिने र गल्तीका आधारमा लाइसेन्स खारेज गर्ने व्यवस्था नगरेसम्म सुधार आउन सक्दैन। त्यत्रो मेहनत र खर्च गरेर बनाइएको प्रतिवेदन कार्यान्वयनमा नआउँदा दुःख लागेको छ।

_x000D_ _x000D_

मधुसुदन बुर्लाकोटी, पूर्वमहानिर्देशक (यातायात व्यवस्था विभाग) – तीन वर्षअघि म आफैं संलग्न रहेर तयार पारेको सुझाव प्रतिवेदन अझै कार्यान्वयनमा आउन सकेको छैन। निकै मेहनत गरेर बनाइएको प्रतिवेदन अहिले कता हरायो हरायो।
_x000D_ त्यतिबेला हामीले प्रशासनको सहयोगमा सिन्डिकेट हटाउने, सिन्डिकेटको पक्षमा रहेका व्यावसायीको रुट पर्मिट खारेज गर्ने, चालकलाई प्रशिक्षण दिने, मापसे तथा अन्य नियमविपरीत सवारी चलाउनेलाई लिँइदै आएको जरीवाना तथा कारबाहीको मात्रालाई भारी मात्रामा वरृद्धि गर्ने लगायतका सुझाव दिएका थियौँ। तर सबै दराजमा थन्कियो।
_x000D_  

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतिमा किन्ने तरकारी र फलफुल ?
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको... बुधबार, कात्तिक २५, २०८३
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास भोजनलिपि अभियानले सेलरोटीलाई प्रतियोगितामा सीमित नराखी यसको बनाउने विधि, सामग्री, स्वाद र सांस्कृतिक महत्त्वको अध्ययन तथा अभिलेखीकरण... बुधबार, कात्तिक २५, २०८३
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
मोरङमा जंगलभित्र महिलाको शव फेला शुक्रबार, कात्तिक २७, २०८३
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्