काठमाडौं- महानगरीय प्रहरी वृत्त कालिमाटीले वैदेशिक रोजगार विभागका बिचौलियालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
वृत्तको टोलीले काठमाडौँको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गरिदिन्छु भनी हैरानी दिने कालिमाटीका सुरेन्द्र पाँचकोटी, धादिङका सुजन लामा र सर्लाहीका निर्मल तामाङलाई बिहीबार पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीहरुले पैसा लिएर सेवाग्राहीलाई दुःख दिने गरेका थिए। पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।