काठमाडौं– नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराध विरुद्धमा प्रदान गरिँदै आएको अवार्ड प्राप्त गरेको छ। विभिन्न ४ विधामध्ये नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने ४ नम्बर पिल्लरले ‘इन्टिग्रिटी’ विधामा ‘एसिया इन्भारमेन्टल इन्फोर्समेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको हो।
_x000D_
_x000D_
बुधबार राष्ट्रसंघको बैंककस्थित कन्फ्रेन्स सेन्टरमा आायोजित अर्वाड वितरण समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रतिनिधित्व गर्दै व्यूरोका वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण इकाईका प्रहरी नायव उपरीक्षक अनुपम शमशेर जबराले अवार्ड ग्रहण गरेका थिए।
_x000D_
_x000D_
सन् २०१५ देखि एसियामा अन्तरदेशीय वातावरणीय अपराधको विरुद्दमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा पुरुस्कृत गरिने उद्देश्यले अवार्ड वितरण गर्न थालिएको हो। यसअघि सो अवार्ड सन् २०१५ र २०१७ गरी दुई पटक प्रदान गरिसकिएको छ।
_x000D_
_x000D_
यसपटक नेपालसहित विभिन्न विधामा भारत, चीन, मलेसिया, भियतनाम, थाइल्याण्ड, कोरिया लगायतका देशहरुले अवार्ड पाएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।