फिल्म ‘गोपी’मा बुद्धिसागरको गीत– लक्ष्मी कहिले काली [भिडियो]

नेपाल लाइभ | २०७५ मङ्सिर ६ बिहीबार | Thursday, November 22, 2018 ०८:०४:०० मा प्रकाशित

काठमाडाैं– फिल्म ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ सार्वजनिक भएको छ। आख्यानकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेल र बाबुराम पोखरेलले कम्पोज गरेका छन्। 

_x000D_ _x000D_

ध्रुव बिस्को र एन्जिला रेग्मीको स्वर रहेको उक्त गीतकाे एरेन्जमेन्ट आशिष अविरलले गरेका छन्।

_x000D_ _x000D_

गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले औपचारिक रूपमा यही गीतमार्फत कोरियोग्राफीमा कमब्याक गरेका छन्। गीतमा राईले तीनवटा भजनटोली, सयभन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन्।

_x000D_ _x000D_

सामीप्य तिमल्सिना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डी कार्कीकाे छायांकन र निमेष श्रेष्ठकाे सम्पादन रहेको छ। 

_x000D_ _x000D_

फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ।

_x000D_ _x000D_

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म माघ १८ देखि प्रदर्शनमा आउनेछ। 

_x000D_ _x000D_