डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ आजदेखि सुरु भएको।
_x000D_
_x000D_
डडेल्धुराको उग्रतारा क्षेत्र विकास समितिको बैठकको निर्यण अनुसार मेलको विधिवत सुरुवात भएको हो।
_x000D_
_x000D_
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
_x000D_
_x000D_
देहिजातको रुपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, मध्यपश्चिम तथा छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने गर्छ।
_x000D_
_x000D_
मेलामा के हुन्छ?
_x000D_
बिहान ४ बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घन्टा बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा सुरु हुने पण्डित भोजराज भट्टले बताए।
_x000D_
_x000D_
‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौं एकडमा फैलिएको मैदानको विषेश ४ स्थानमा बाजागाजाका साथ घुमाइन्छ। बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका ५ बजेपछि पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ,’ पण्डित भट्टले भने।
_x000D_
_x000D_

_x000D_
_x000D_
उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजन भेटघाटको संगमस्थलको रुपमा प्रख्यात छ। मेलामा हराउँदै गएका अन्नबाली फापर, भिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यु, सन्तरा, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिज र मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी र प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ।
_x000D_
_x000D_
मेलामा बिक्रीवितरण गर्ने पूर्व योजनाका साथ स्थानीयहरुले विभिन्न बाँस निगलाका सरसामाग्रीसँगै खाद्यवस्तु, कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन्।
_x000D_
_x000D_
यस्तो छ किंवदन्ती
_x000D_
२५ सय वर्षपहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको कथन छ। त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
सुदूरपश्चिमको लोकप्रिय खाना ‘माँडा’ देहिजातमा प्रशस्त देख्न सकिन्छ।
_x000D_
_x000D_
तर भगवतीको गाथाको रुपमा गाइने डेउडा भने खेलिँदैन। वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास छ।
_x000D_
_x000D_
जुवातास तथा मधिरा निषेध
_x000D_
उग्रतारा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सुरेन्द्र बहादुर साँकीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ।
_x000D_
_x000D_
मेलामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य वस्तु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय समेत गरिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
समितिले उग्रतारा मन्दिरको क्षेत्रको चार किल्ला पूर्वमा लटावली, खनमडाँ र टाटँर, पश्चिममा गुनेई गाडँ, उत्तरमा रावल तोली, दक्षिणमा डडेल्धुरा बहुमुखी क्याम्पसको छात्रबाससम्म मदिरा निषेध गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
उक्त निर्णयको उल्लंघन गरे नगद रु पाँच हजार तथा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना गर्ने निर्णय समितिले गरेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।