काठमाडौं- हिंसा अन्त्य गरी शान्ति स्थापना गर्न दक्षिण अफ्रिकामा गठन भएको न्याय तथा मेलमिलाप संस्थाको भूमिका न्याय पुनर्स्थापना गर्न गठित अदालतजस्तै थियो। संस्थाले दक्षिण अफ्रिकाको शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो। आयोगले हिंसाका क्रममा मानव अधिकार हननका घटनासँग प्रत्यक्ष जोडिएका मानिस बोलाई मानव अधिकार हननका घटनाका विषयमा प्रत्यक्ष बयान लिएको थियो।
_x000D_
_x000D_
अपराधिक घटनामा छुटकारा पाउन सक्ने व्यवस्था गरिएका कारण हिंसासँग जोडिएका व्यक्तिले आफ्नो बचाउमा बयान दिन सक्ने व्यवस्था पनि संस्थाले गरेको थियो। दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया सहज रूपमा टुङ्गिनुमा त्यहाँको मेलमिलाप संस्थाको भूमिका महत्वपूर्ण मानिन्छ। त्यहाँको शान्ति प्रक्रिया विश्वव्यापी शान्ति प्रक्रियाका आधारभूत विषय मान्न नसकिएला तर त्यहाँको शान्ति प्रक्रिया सफलताको नमूना हो।
_x000D_
_x000D_
दक्षिण अफ्रिकामा पनि सन् १९९१ मा सत्य निरुपण तथा मेलमिलाप अायोगको स्थापना गरिएको थियो। दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया सहज भने पक्कै थिएन। राष्ट्रिय शान्ति सम्झौताले हिंसाको भावना कम गरी शान्तिवार्तालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा निरन्तर आलोचनात्मक टिप्पणी खेप्नु परेको थियो। शान्ति सम्झौताका धारामा चर्चका पादरी, व्यापारिक घराना र अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायले कसरी सहयोग गर्न सक्नेछन् भन्ने विषय किटान गरिएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को)को मोनोग्राफमा दक्षिण अफ्रिकाको शान्ति प्रक्रियाका विषयमा उल्लेख गरिए अनुसार दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया पूरा गर्न त्यहाँका जनताले ठुलो मूल्य चुकाएका थिए। यहाँको शान्ति प्रक्रिया सन् १९९१ मा सरकार पक्ष र विद्रोही पक्षबीच राष्ट्रिय शान्ति सम्झौतामा हस्ताक्षर पछि सुरू भएको थियो। उक्त सम्झौताको म्याद सन् १९९४ को दक्षिण अफ्रिकाको निर्वाचनपछि पुनः थपिएको थियो। यसपछि दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा संयुक्त सरकार गठन भएपछि पनि यहाँको शान्ति-प्रक्रियाले पूर्णता पाउन सकेन। पछि यसको नाम परिवर्न गरी न्याय तथा मेलमिलाप संस्था बनाइयो।
_x000D_
_x000D_
वर्षैसम्म राष्ट्रिय राजनीतिको मूलधारबाट अलग गराइएको अफ्रिकी राष्ट्रिय कांग्रेस, इन्कान्त जनअधिकार पार्टी र गोरा जातिको बाहुल्य रहेको दक्षिण अफ्रिकाको सरकारबीच शान्ति सम्झौता भएको थियो। यी दुई पक्षबीच भएको शान्तिपूर्ण तरिकाले हिंसा व्यवस्थापन गर्न जनस्तरबाटै सरकारलाई दबाव बढेको थियो। हिंसाका घटनालाई शान्तिको बाटोबाट समाधान गर्न सकिन्छ भन्ने कुरा यहाँको अनुभव उदाहरणका रुपमा प्रस्तुत हुने गरेको छ।
_x000D_
_x000D_
दक्षिण अफ्रिकाको शान्ति सम्झौतामा शान्ति स्थापना गर्ने कार्यलाई सफल बनाउन केही नियम पनि बनाइएको थियो। राजनीतिक पार्टी र संस्थालाई आचारसंहितामा बाध्ने काम भएको थियो। यसले प्रजातान्त्रिक ढङ्गबाट अघि बढ्न सहज बनायो भने पारदर्शी रुपमा आफ्नो विचार व्यक्त गर्न सहयोग गर्यो।
_x000D_
_x000D_
यसैगरी, सम्झौताले दक्षिण अफ्रिकाका प्रहरीलाई पनि आचार संहितामा बाध्ने काम गरेको थियो। प्रहरीले पनि तटस्थ भएर काम गरुन् भन्ने उद्देश्यले आचारसंहिता बनाइएको थियो। सरकार पक्ष र विद्रोही पक्षलाई राजनीतिक आस्थाका आधारमा नछुट्याइ समानताको व्यवहार गर्न प्रहरीलाई निर्देशित गर्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
राष्ट्रिय शान्ति सम्झौताले हिंसा रोकथाम गर्न एक आयोग गठन गरेको थियो। रिचार्ड गोल्डस्टोनले आयोगको अध्यक्षता गरेका थिए। पछि यो आयोग अध्यक्षकै नामले परिचित भयो। गोल्डस्टोन आयोगलाई हिंसा किन भयो र भविष्यमा यस्ता प्रकृतिका हिंसा न्यूनीकरण गर्न के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिने अख्तियारी प्रदान गरिएको थियो। काम-कारबाही प्रभावकारी रुपमा गरेको यो आयोगका कारण दक्षिण अफ्रिकी नागरिकले शान्ति प्रक्रिया टुङ्गिदै गएको र देशमा शान्ति स्थापना हुने क्रममा रहेको महसुस गर्न थाले।
_x000D_
_x000D_
न्याय तथा मेलमिलाप संस्थाका अध्यक्ष डेस्मोड टुटलेु एक अन्तराष्ट्रिय सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन हिंसाका घटनाहरू हामीलाई सुनाउन आएका दक्षिण अफ्रिकाका जनताप्रति आभारी छौं। उनीहरूकै कारण हाम्रो देश आज विश्व माझ प्रशंसित भएको छ। आयोगको अध्यक्षका रूपमा पुर्याएको भूमिकाका कारण टुटुले नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भए।
_x000D_
_x000D_
'हाम्रो न्याय तथा मेलमिलाप संस्थाले प्राप्त गरेको सफलताका कारण विश्वका अन्य देशले पनि हाम्रो उदाहरण दिने गरेका छन्। त्यो हाम्रा लागि गौरवको विषय हो' अन्तर्वार्ताका क्रममा उनले थपेका थिए।
_x000D_
_x000D_
दक्षिण अफ्रिकाको मेलमिलाप संस्थाले २१औं शताब्दीका हिंसात्मक आन्दोलन कसरी अन्त्य गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ। ‘बितेका घटना सम्झेर मन अमिलो बनाउनुभन्दा ती घटनाका दोषीलाई माफी दिनु नै उत्तम विकल्प हुने कुरा हाम्रो अनुभवले देखाएको छ। हामीलाई ईश्वरले दिएको क्षमताका कारण हाम्रो शान्ति प्रक्रिया अभूतपूर्व रुपमा सफल भयो। हिंसाका दोषीलाई माफी दिएर पूर्ण रूपमा शान्ति स्थापना गर्न सक्छौं। अरूले यसैगरी शान्ति स्थापना गर्न सक्छन्। सुन्दा अप्ठेरो लाग्न सक्छ तर यसलाई आफूमा लागू गरियो भने परिणामले जो कोहीलाई पनि चकित पार्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।