डोटी– डोटी जिल्लाको आर्दश गाउँपालिका वडा नं ७ दडिमाना नजिकैको पाछाखाली वनको भिरबाट लडेर ४९ वर्षीय कालीदेबी विष्टको मृत्यु भएको छ।
_x000D_
_x000D_
गाजो काटने क्रममा मंगलबार साँझ ३ बजे भीरबाट खसेर करिब एक सय मिटर तल खसेर घाइते भएकी विष्टलाई उपचारका लागि दिपायल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीय वीर बहादुर विष्टले जानकारी दिए।
_x000D_
_x000D_
डोटीका ग्रामीण भेगमा यसरी घाँस/दाउरा काट्ने क्रममा धेरै घटना हुने गरेका छन्। ग्रामीण क्षेत्रका बासिन्दाले समयमा औषधि उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहिआएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।