• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसरी विफल बन्यो भुटान रणनीतिमा भारत

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  ०४:२७
1140x725

गत कात्तिक १ गते भुटानमा भएको तेस्रो संसदीय निर्वाचनको परिणामबाट भारतलाई ठूलो धक्का लागेको छ। हिमाली राज्य भुटानमा रहँदै आएको भारतको प्रभाव निकट भविष्यमा नै निष्प्रभावी हुन सक्नेछ। 

_x000D_ _x000D_

भुटानको वामपन्थी दल ड्र्युक न्यान्पोक सोप्गा (डिएनटी, भुटान युनाइटेड पार्टी) दोस्रो चरणको निर्वाचनमा राष्ट्रियसभा र तल्लो सदनका कुल ४७ सिटमध्ये ३० सिटमा विजय भएको छ। निर्वाचनका प्रचारका क्रममा सो पार्टीले भुटानमा रहेको भारतको प्रभाव सतहमा आउन नदिने रणनीति अख्तियार गरेको थियो। यसो गर्न नमान्नेलाई दण्डित गर्ने उसको नीति थियो। भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको ‘जनता प्रजातान्त्रिक पार्टी’ (पिडिपी) भदौ ३० मा भएको पहिलो चरणको निर्वाचनबाट नै बाहिरिएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तस्बिरः निर्वाचनमा मतदाता परिचयपत्र प्रदर्शन गर्दै एक मतदाता

_x000D_ _x000D_
_x000D_

भारत पक्षीय नेता तथा पूर्वप्रधानमन्त्री तोब्गेका राजनीतिक दल पहिलो चरणको निर्वाचनबाटै बाहिरिएपछि भारतका रणनीतिक विश्लेषकहरू आगामी पाँच वर्षमा भुटानको आन्तरिक राजनीतिबाट भारतीय प्रभाव कम हुने भन्दै चिन्तित छन्। निर्वाचनबाट भुटानी जनताले डिएनटी पार्टीलाई विजयी बनाए। डिएनटीबाट प्रधानमन्त्री निर्वाचित भएका छिरिङ लोटेले निर्वाचन घोषणापत्रमा जनता समक्ष गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्। 

_x000D_ _x000D_

डिएनटीका तीन चुनावी प्रतिबद्धता
_x000D_ भुटानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले भारतीय राजनीतिलाई असर पार्ने निश्चित छ। नवनिर्वाचित प्रधानमन्त्री छिरिङ लोटेको पार्टी डिएनटीले निर्वाचन घोषणापत्रमा मुख्यतः तीन कुरामा प्रतिबद्धता जनाएको छ। भुटानको अर्थतन्त्रलाई भारतीय एकल प्रभावबाट मुक्त गर्ने उसको मुख्य लक्ष्य छ। भुटानका जलविद्युत आयोजनामा भारतको एकल प्रभाव हाबी छ। 

_x000D_ _x000D_

यस्तै, भुटानी अर्थतन्त्रमा रहेको करिब साढे दुई अर्ब अमेरिकी डलर बाह्य ऋण न्यूनीकरण गर्ने डिएनटीको अर्को लक्ष्य छ। जबसम्म भुटानले भारतीय ऋण न्यूनीकरण गर्न सक्दैन तबसम्म भुटानको आन्तरिक राजनीतिबाट भारतीय प्रभाव कम गर्न मुस्किल छ। 

_x000D_ _x000D_

यसैगरी, डिएनटीको तेस्रो लक्ष्य भनेको भुटानको दीर्घकालीन आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउने रहेको छ। नवनियुक्त प्रधानमन्त्री लोटेको आर्थिक नीतिमा भारत बाहेकका अर्थतन्त्रबाट लगानी भित्र्याउनु रहेको छ। भुटानको अर्थतन्त्र विविधीकरण भएको खण्डमा भुटानमा लागनी गर्न चीनलाई रोक्न सक्ने हैसियत भारतको रहँदैन।
_x000D_  
_x000D_ यी तीनै आर्थिक नीति भुटानको आन्तरिक राजनीतिबाट भारतीय प्रभाव घटाउने प्रमुख अस्त्रका रुपमा हेरिएको छ। भारतीय प्रभाव न्यूनीकरण गर्दै एक सार्वभौमसत्तासम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास भुटानको नयाँ सरकारले गर्ने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

भारतीय रणनीति विफलताको सुरुवात 
_x000D_ भुटानमा रहेको भारतीय राजनीतिक प्रभाव गत वर्षको डोकलाम घटनाबाट तुहिन थालेको धेरै विश्लेषकहरूको मत छ। तर, सन् १९९० बाट नै भुटानको आन्तरिक राजनीतिमा भारतीय प्रभाव कमजोर हुन थालेको हो। एक लाख १० हजार (तत्कालीन समयमा भुटानको कूल जनसंख्याको २० प्रतिशत) नेपाली भाषी हिन्दु भुटानीलाई देश निकाला गरेपछि भुटानमाथि रहँदै आएको भारतीय प्रभाव निस्तेज हुने क्रम सुरु भएको मान्न सकिन्छ।

_x000D_ _x000D_

भारतीय गुप्तचरका अधिकृतहरू सन् १९९० मा नेपालको पञ्चायती व्यवस्था निर्मूल गर्न जनताले गरेको आन्दोलन अरु देशमा पनि फैलन सक्ने कुरामा त्रसित थिए। भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ, डुअर्स क्षेत्र, दक्षिण भुटान लगायतले स्वतन्त्र राज्यको माग गर्नेछन् भन्ने भारतीय पक्षको आँकलन थियो। भुटानका ल्होत्साम्पा (भूटानका नेपाली भाषी) ले सन् १९८९ मा नै मानव अधिकार र प्रजातन्त्रको माग गरेकाले पनि भारतीयहरूमा यस्तो भय पैदा भएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

यसबाट भयभीत बनेको भारतले ल्होत्साम्पाहरूलाई देश निकाला गर्ने रणनीतिमा भुटानलाई आश्वस्त भनायो। नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (१९९२–९५) र पूर्व राष्ट्रपति रामवरण यादव (२००८–१५) का सहयोगी हरि शर्माले भुटानका पूर्वराजा जिग्मे सिग्मे वाङ्चुकलाई उद्धृत गर्दै गत कात्तिक १० को एक नेपाली दैनिक पत्रिकालाई भनेका छन्, ‘भारतीय प्रधानमन्त्री राजीव गान्धीको दबाब दिएको र गुप्तचर संस्थाले आसामको संयुक्त लिबरेसन फ्रन्टलाई आर्थिक प्रलोभन देखाएका कारण भुटानबाट ल्होत्साम्पालाई देश निकाला गरिएको थियो।’

Xtrem

Xtrem
_x000D_ _x000D_

‘भुटानी राजाले ल्होत्साम्पालाई एक राष्ट्र, एक राष्ट्रियताको नारासहित देश निकाला गरे, भुटानी राजाको कदमलाई भारतले बिनाअवरोध स्वीकार गर्‍यो,’ भुटान जनता पार्टीका निर्वासित नेता बलराम पौडेलले नेपालको एक प्रमुख दैनिक समाचारपत्रमा गत साउन ६ मा लेखेका छन्।  

_x000D_ _x000D_

ल्होत्साम्पाहरू प्रायजसो हिन्दु धर्मावलम्बी थिए। हिन्दुहरूले मोक्षप्राप्तिमा विश्वास गर्छन् भने जीवनबाट पुनर्जन्म र त्यसबाट मुक्तिको अपेक्षा गर्छन्। हिन्दुका सबै कर्म र धर्मको उद्देश्य भनेको जीवनपछिको मोक्षसँग जोडिएको हुन्छ। हिन्दुका लागि प्रमुख कर्म र धर्म आफ्नो जीवनकालमा हिन्दु धर्मले मान्यता दिएका चारधाम पुग्नु हो। यी चारैधाम भारतमा पर्छन्। हिन्दुका लागि भारत जीवनभरको मात्रै नभई मृत्युपछिको आस्था केन्द्रका रुपमा रहेको छ।  

_x000D_ _x000D_

अतः ल्होत्साम्पालाई भुटानबाट निकाला नगरिएको भए उनीहरू भुटानको राजनीतिमा सहभागी हुने थिए। धार्मिक आस्थाका कारण उनीहरू भुटानी राजाप्रति भन्दा पनि भारतप्रति निष्ठावान् हुने सम्भावना नकार्न सकिँदैन। तथापि, भारतका विदेश नीति निर्माताले भुटानीहरूको धार्मिक आस्थाका विषय अस्विकार गर्दै देश निकाला गर्न भुटानी राजालाई राजी बनाए। १९९० मा नेपालमा भएको जनआन्दोलनबाट प्रभावित भएर ल्होत्साम्पाहरुले मानव अधिकार र प्रजातन्त्रको माग गरेकाले भारतको उत्तरपूर्वी क्षेत्र ‘चिकन नेक’ मा पनि त्यही किसिमको माग सिर्जित हुन सक्ने भय भारतीयमा देखियो।

_x000D_ _x000D_

भुटान भारतवेष्टित देश हो। भुटानबाट नेपाल-भारतको सीमा जम्मा ३ सय ५० किमि मात्र पर्छ। भारतीय सीमा सुरक्षा बल (बिएसएफ) र वेष्ट बंगाल पुलिसले भुटान-भारत सीमाक्षेत्रमा ट्रक राखी भुटानी शरणार्थीलाई जबरजस्ती नेपाल प्रवेश गराए। तर जब भुटानी शरणार्थीहरू त्यही बाटो भएर भुटान फर्किने कोसिस गरे, त्यतिबेला भारतीय सीमा सुरक्षा बलले उनीहरूलाई भुटान प्रवेशमा रोक लगायो। यदि भारतले यस किसिमको ढाडस नदिएको भए भुटान एक्लैले नेपाली भाषी भुटानीलाई देश निकाला गर्ने विषयमा सोच्ने पनि थिएन।

_x000D_ _x000D_

_x000D_ _x000D_

पूर्वी नेपालको एक भुटानी शरणार्थी शिविर

_x000D_ _x000D_
_x000D_

भारतले अख्तियार गरेको भुटानमा जातीय विभाजन ल्याउने रणनीति उसका लागि प्रत्युत्पादक साबित भयो। भुटानका राजाले अन्य देशसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न प्रयास गरे। भुटानी राजा जिग्मे सिग्मे वाङ्चुकले भारतीय प्रभाव कम गर्न प्रयास गरेको भारतले चाल पायो। उनलाई दण्डित गर्न सन् २००६ मा उनका छोरालाई राज्यसत्ता हस्तान्तरण गर्न बाध्य पार्‍यो। 

_x000D_ _x000D_

यसैगरी, प्रजातान्त्रिक सुधारका लागि भारतले भुटानलाई दबाब दियो, तर यो पनि भारतका लागि प्रत्युत्पादनक नै ठहरियो। भुटानका पहिलो निर्वाचित प्रधानमन्त्री जिग्मे थिङग्ले (२००८–२०१३) ले थप ३२ देशसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न सफल भए।

_x000D_ _x000D_

थिङग्लेले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को 'भिटो' शक्ति प्रयोग गर्ने अधिकार पाएको चीनसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रयास गरेका थिए। यसको प्रयासका लागि उनले आफ्ना समकक्षी चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरे। दुई देशका प्रधानमन्त्रीद्वयको भेट ब्राजिलको रियो दि जेनेरियोमा २०६९ असार ७ मा भएको थियो। 

_x000D_ _x000D_

यस विषयमा भारतलाई भुटानले जानकारी दिएको थिएन। दुई देशका प्रधानमन्त्रीबीच भएको भेटघाटका विषयले भारत रुष्ट भयो। अनुदानमा भुटानलाई दिँदै आएको खाना पकाउने ग्यासमा भारी मात्रामा कटौती गर्‍यो। २०१३ को निर्वाचनमा भारतले भुटानलाई दिँदै आएको सहुलियतको ग्यास आपूर्तिमा कटौती भएपछि थिङग्लेको दलले दोस्रो चरणको निर्वाचनमा पराजय बेहोर्न बाध्य भयो। 

_x000D_ _x000D_

तर, भारतको यो कदम र निर्वाचन परिणामले भुटानलाई खासै प्रभाव पार्न सक्ने सम्भावना थिएन। भुटानको राजनीतिमा भारतीय प्रभाव निस्तेज गर्ने शक्तिको उदय भइसकेको थियो। केही समयअघि सम्पन्न भुटानको संसदीय निर्वाचनमा लोटेको विजयीसँगै भुटान एक स्वतन्त्र देशका रुपमा उदाउने संकेत मिलेको छ।

_x000D_ _x000D_

भुटानको अर्थतन्त्र आयामिक ढङ्गबाट अघि बढेको अवस्थामा भारतीय प्रभाव हाबी हुन सक्दैन। डिएनटीको चुनावी घोषणापत्रमा भनिए जस्तै भुटानको अर्थतन्त्र चीनसँगको सहकार्यमा अघि बढेको अवस्थामा भुटानले भविष्यमा चिनियाँ समुद्रीमार्गको प्रयोग गर्न सक्नेछ। भुटानका ड्र्युकहरूको भारतीय धर्म, संस्कृति, भाषासँग मेल खाँदैन। उनीहरूको धर्म, भाषा, संस्कृतिमा कुनै मेल नभएका भुटानका पुर्खाहरू चिनियाँ स्वशासित क्षेत्र तिब्बतबाटै बसाइँ सरी त्यहाँ गएका थिए।

_x000D_ _x000D_

भारतीय विदेश नीति निर्माताहरू भूटानसँगको सम्बन्धमा ज्यादै होसियारीका साथ अघि बढेको बताउँछन्। उनीहरूलाई आफूले गरेको गल्तीको आभाष भएको पाइँदैन। भुटानका ल्होत्साम्पालाई भुटानबाट निकाला गर्दा सिक्किम, दार्जिर्लिङ, कालिम्पोङ, डुअर्स क्षेत्रमा रणनीतिक सुरक्षा हुने महसुस गरेका थिए। भारतीय स्वार्थ इतरको व्यक्ति नयाँ प्रधानमन्त्रीका रूपमा भुटानमा आएपछि २८ वर्षअघि गरेको अनुमान उल्टिएको छ।

_x000D_ _x000D_

म अझै सम्झन्छु, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (१९९०–९१) सँगको भेटमा उनले भारतको विदेश नीतिका विषयमा भनेको कुरा। उनले भनेका थिए,‘ल्होत्साम्पालाई भुटानबाट देश निकाला गर्दा भारतीय राजनीतिमा कस्तो असर पर्छ भन्ने कुरा दिल्लीलाई नै थाहा छैन।’

_x000D_ _x000D_

भट्टराईले त्यो बेला भारतीय रणनीतिका विषयमा गरेको आशंका हाल आएर साबित भएको छ। भुटानी अर्थतन्त्रलाई भारतीय प्रभावबाट मुक्त गर्दै विविधीकरण गर्ने भुटानको अबको रणनीति हुनेछ। आन्तरिक ऋण घटाउँदै चीन लगायतका देशबाट वैदेशिक लगानी भित्र्याउनु उसको आगामी पाँच वर्षको रणनीति हुनेछ। सम्भवतः भारतले हाल आएर भुटानसँगको विदेश नीतिमा गल्ती गरेको महसुस गरेको होला।

_x000D_ _x000D_

भुटानमा भएको भारतको रणनीतिक हारलाई व्याख्या गर्न कार्टुनिष्ट पुथुकी नायर कट्टीले कस्तो किसिमको कार्टुन बनाउँथे होलान्। कट्टी जीवित रहेको भए सम्भवतः राष्ट्रिय झन्डा ओढेको भारतीय नागरिकले राष्ट्रिय झन्डा ओढेको चिनियाँ नागरिकलाई भुटानसँग सम्बन्धित सबै कागजपत्र थमाउँदै भन्थे होला, 'मिस्टर चाइना! के तपाईं मेरा यी सबै उपहार स्वीकार गर्नुहुन्छ?

_x000D_ _x000D_

भावानुवाद : पुरुषोत्तम पौडेल

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  ०४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्