गत कात्तिक १ गते भुटानमा भएको तेस्रो संसदीय निर्वाचनको परिणामबाट भारतलाई ठूलो धक्का लागेको छ। हिमाली राज्य भुटानमा रहँदै आएको भारतको प्रभाव निकट भविष्यमा नै निष्प्रभावी हुन सक्नेछ।
_x000D__x000D_
भुटानको वामपन्थी दल ड्र्युक न्यान्पोक सोप्गा (डिएनटी, भुटान युनाइटेड पार्टी) दोस्रो चरणको निर्वाचनमा राष्ट्रियसभा र तल्लो सदनका कुल ४७ सिटमध्ये ३० सिटमा विजय भएको छ। निर्वाचनका प्रचारका क्रममा सो पार्टीले भुटानमा रहेको भारतको प्रभाव सतहमा आउन नदिने रणनीति अख्तियार गरेको थियो। यसो गर्न नमान्नेलाई दण्डित गर्ने उसको नीति थियो। भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको ‘जनता प्रजातान्त्रिक पार्टी’ (पिडिपी) भदौ ३० मा भएको पहिलो चरणको निर्वाचनबाट नै बाहिरिएको थियो।
_x000D__x000D_

_x000D__x000D_
तस्बिरः निर्वाचनमा मतदाता परिचयपत्र प्रदर्शन गर्दै एक मतदाता
_x000D__x000D_
_x000D_
भारत पक्षीय नेता तथा पूर्वप्रधानमन्त्री तोब्गेका राजनीतिक दल पहिलो चरणको निर्वाचनबाटै बाहिरिएपछि भारतका रणनीतिक विश्लेषकहरू आगामी पाँच वर्षमा भुटानको आन्तरिक राजनीतिबाट भारतीय प्रभाव कम हुने भन्दै चिन्तित छन्। निर्वाचनबाट भुटानी जनताले डिएनटी पार्टीलाई विजयी बनाए। डिएनटीबाट प्रधानमन्त्री निर्वाचित भएका छिरिङ लोटेले निर्वाचन घोषणापत्रमा जनता समक्ष गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।
_x000D__x000D_
डिएनटीका तीन चुनावी प्रतिबद्धता
_x000D_भुटानमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले भारतीय राजनीतिलाई असर पार्ने निश्चित छ। नवनिर्वाचित प्रधानमन्त्री छिरिङ लोटेको पार्टी डिएनटीले निर्वाचन घोषणापत्रमा मुख्यतः तीन कुरामा प्रतिबद्धता जनाएको छ। भुटानको अर्थतन्त्रलाई भारतीय एकल प्रभावबाट मुक्त गर्ने उसको मुख्य लक्ष्य छ। भुटानका जलविद्युत आयोजनामा भारतको एकल प्रभाव हाबी छ।
_x000D__x000D_
यस्तै, भुटानी अर्थतन्त्रमा रहेको करिब साढे दुई अर्ब अमेरिकी डलर बाह्य ऋण न्यूनीकरण गर्ने डिएनटीको अर्को लक्ष्य छ। जबसम्म भुटानले भारतीय ऋण न्यूनीकरण गर्न सक्दैन तबसम्म भुटानको आन्तरिक राजनीतिबाट भारतीय प्रभाव कम गर्न मुस्किल छ।
_x000D__x000D_
यसैगरी, डिएनटीको तेस्रो लक्ष्य भनेको भुटानको दीर्घकालीन आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउने रहेको छ। नवनियुक्त प्रधानमन्त्री लोटेको आर्थिक नीतिमा भारत बाहेकका अर्थतन्त्रबाट लगानी भित्र्याउनु रहेको छ। भुटानको अर्थतन्त्र विविधीकरण भएको खण्डमा भुटानमा लागनी गर्न चीनलाई रोक्न सक्ने हैसियत भारतको रहँदैन।
_x000D_
_x000D_यी तीनै आर्थिक नीति भुटानको आन्तरिक राजनीतिबाट भारतीय प्रभाव घटाउने प्रमुख अस्त्रका रुपमा हेरिएको छ। भारतीय प्रभाव न्यूनीकरण गर्दै एक सार्वभौमसत्तासम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास भुटानको नयाँ सरकारले गर्ने देखिएको छ।
_x000D__x000D_
भारतीय रणनीति विफलताको सुरुवात
_x000D_भुटानमा रहेको भारतीय राजनीतिक प्रभाव गत वर्षको डोकलाम घटनाबाट तुहिन थालेको धेरै विश्लेषकहरूको मत छ। तर, सन् १९९० बाट नै भुटानको आन्तरिक राजनीतिमा भारतीय प्रभाव कमजोर हुन थालेको हो। एक लाख १० हजार (तत्कालीन समयमा भुटानको कूल जनसंख्याको २० प्रतिशत) नेपाली भाषी हिन्दु भुटानीलाई देश निकाला गरेपछि भुटानमाथि रहँदै आएको भारतीय प्रभाव निस्तेज हुने क्रम सुरु भएको मान्न सकिन्छ।
_x000D__x000D_
भारतीय गुप्तचरका अधिकृतहरू सन् १९९० मा नेपालको पञ्चायती व्यवस्था निर्मूल गर्न जनताले गरेको आन्दोलन अरु देशमा पनि फैलन सक्ने कुरामा त्रसित थिए। भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ, डुअर्स क्षेत्र, दक्षिण भुटान लगायतले स्वतन्त्र राज्यको माग गर्नेछन् भन्ने भारतीय पक्षको आँकलन थियो। भुटानका ल्होत्साम्पा (भूटानका नेपाली भाषी) ले सन् १९८९ मा नै मानव अधिकार र प्रजातन्त्रको माग गरेकाले पनि भारतीयहरूमा यस्तो भय पैदा भएको थियो।
_x000D__x000D_

_x000D__x000D_
यसबाट भयभीत बनेको भारतले ल्होत्साम्पाहरूलाई देश निकाला गर्ने रणनीतिमा भुटानलाई आश्वस्त भनायो। नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (१९९२–९५) र पूर्व राष्ट्रपति रामवरण यादव (२००८–१५) का सहयोगी हरि शर्माले भुटानका पूर्वराजा जिग्मे सिग्मे वाङ्चुकलाई उद्धृत गर्दै गत कात्तिक १० को एक नेपाली दैनिक पत्रिकालाई भनेका छन्, ‘भारतीय प्रधानमन्त्री राजीव गान्धीको दबाब दिएको र गुप्तचर संस्थाले आसामको संयुक्त लिबरेसन फ्रन्टलाई आर्थिक प्रलोभन देखाएका कारण भुटानबाट ल्होत्साम्पालाई देश निकाला गरिएको थियो।’
_x000D__x000D_
‘भुटानी राजाले ल्होत्साम्पालाई एक राष्ट्र, एक राष्ट्रियताको नारासहित देश निकाला गरे, भुटानी राजाको कदमलाई भारतले बिनाअवरोध स्वीकार गर्यो,’ भुटान जनता पार्टीका निर्वासित नेता बलराम पौडेलले नेपालको एक प्रमुख दैनिक समाचारपत्रमा गत साउन ६ मा लेखेका छन्।
_x000D__x000D_
ल्होत्साम्पाहरू प्रायजसो हिन्दु धर्मावलम्बी थिए। हिन्दुहरूले मोक्षप्राप्तिमा विश्वास गर्छन् भने जीवनबाट पुनर्जन्म र त्यसबाट मुक्तिको अपेक्षा गर्छन्। हिन्दुका सबै कर्म र धर्मको उद्देश्य भनेको जीवनपछिको मोक्षसँग जोडिएको हुन्छ। हिन्दुका लागि प्रमुख कर्म र धर्म आफ्नो जीवनकालमा हिन्दु धर्मले मान्यता दिएका चारधाम पुग्नु हो। यी चारैधाम भारतमा पर्छन्। हिन्दुका लागि भारत जीवनभरको मात्रै नभई मृत्युपछिको आस्था केन्द्रका रुपमा रहेको छ।
_x000D__x000D_
अतः ल्होत्साम्पालाई भुटानबाट निकाला नगरिएको भए उनीहरू भुटानको राजनीतिमा सहभागी हुने थिए। धार्मिक आस्थाका कारण उनीहरू भुटानी राजाप्रति भन्दा पनि भारतप्रति निष्ठावान् हुने सम्भावना नकार्न सकिँदैन। तथापि, भारतका विदेश नीति निर्माताले भुटानीहरूको धार्मिक आस्थाका विषय अस्विकार गर्दै देश निकाला गर्न भुटानी राजालाई राजी बनाए। १९९० मा नेपालमा भएको जनआन्दोलनबाट प्रभावित भएर ल्होत्साम्पाहरुले मानव अधिकार र प्रजातन्त्रको माग गरेकाले भारतको उत्तरपूर्वी क्षेत्र ‘चिकन नेक’ मा पनि त्यही किसिमको माग सिर्जित हुन सक्ने भय भारतीयमा देखियो।
_x000D__x000D_
भुटान भारतवेष्टित देश हो। भुटानबाट नेपाल-भारतको सीमा जम्मा ३ सय ५० किमि मात्र पर्छ। भारतीय सीमा सुरक्षा बल (बिएसएफ) र वेष्ट बंगाल पुलिसले भुटान-भारत सीमाक्षेत्रमा ट्रक राखी भुटानी शरणार्थीलाई जबरजस्ती नेपाल प्रवेश गराए। तर जब भुटानी शरणार्थीहरू त्यही बाटो भएर भुटान फर्किने कोसिस गरे, त्यतिबेला भारतीय सीमा सुरक्षा बलले उनीहरूलाई भुटान प्रवेशमा रोक लगायो। यदि भारतले यस किसिमको ढाडस नदिएको भए भुटान एक्लैले नेपाली भाषी भुटानीलाई देश निकाला गर्ने विषयमा सोच्ने पनि थिएन।
_x000D__x000D_

_x000D__x000D_
पूर्वी नेपालको एक भुटानी शरणार्थी शिविर
_x000D__x000D_
_x000D_
भारतले अख्तियार गरेको भुटानमा जातीय विभाजन ल्याउने रणनीति उसका लागि प्रत्युत्पादक साबित भयो। भुटानका राजाले अन्य देशसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न प्रयास गरे। भुटानी राजा जिग्मे सिग्मे वाङ्चुकले भारतीय प्रभाव कम गर्न प्रयास गरेको भारतले चाल पायो। उनलाई दण्डित गर्न सन् २००६ मा उनका छोरालाई राज्यसत्ता हस्तान्तरण गर्न बाध्य पार्यो।
_x000D__x000D_
यसैगरी, प्रजातान्त्रिक सुधारका लागि भारतले भुटानलाई दबाब दियो, तर यो पनि भारतका लागि प्रत्युत्पादनक नै ठहरियो। भुटानका पहिलो निर्वाचित प्रधानमन्त्री जिग्मे थिङग्ले (२००८–२०१३) ले थप ३२ देशसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न सफल भए।
_x000D__x000D_
थिङग्लेले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को 'भिटो' शक्ति प्रयोग गर्ने अधिकार पाएको चीनसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रयास गरेका थिए। यसको प्रयासका लागि उनले आफ्ना समकक्षी चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्ता गरे। दुई देशका प्रधानमन्त्रीद्वयको भेट ब्राजिलको रियो दि जेनेरियोमा २०६९ असार ७ मा भएको थियो।
_x000D__x000D_
यस विषयमा भारतलाई भुटानले जानकारी दिएको थिएन। दुई देशका प्रधानमन्त्रीबीच भएको भेटघाटका विषयले भारत रुष्ट भयो। अनुदानमा भुटानलाई दिँदै आएको खाना पकाउने ग्यासमा भारी मात्रामा कटौती गर्यो। २०१३ को निर्वाचनमा भारतले भुटानलाई दिँदै आएको सहुलियतको ग्यास आपूर्तिमा कटौती भएपछि थिङग्लेको दलले दोस्रो चरणको निर्वाचनमा पराजय बेहोर्न बाध्य भयो।
_x000D__x000D_
तर, भारतको यो कदम र निर्वाचन परिणामले भुटानलाई खासै प्रभाव पार्न सक्ने सम्भावना थिएन। भुटानको राजनीतिमा भारतीय प्रभाव निस्तेज गर्ने शक्तिको उदय भइसकेको थियो। केही समयअघि सम्पन्न भुटानको संसदीय निर्वाचनमा लोटेको विजयीसँगै भुटान एक स्वतन्त्र देशका रुपमा उदाउने संकेत मिलेको छ।
_x000D__x000D_
भुटानको अर्थतन्त्र आयामिक ढङ्गबाट अघि बढेको अवस्थामा भारतीय प्रभाव हाबी हुन सक्दैन। डिएनटीको चुनावी घोषणापत्रमा भनिए जस्तै भुटानको अर्थतन्त्र चीनसँगको सहकार्यमा अघि बढेको अवस्थामा भुटानले भविष्यमा चिनियाँ समुद्रीमार्गको प्रयोग गर्न सक्नेछ। भुटानका ड्र्युकहरूको भारतीय धर्म, संस्कृति, भाषासँग मेल खाँदैन। उनीहरूको धर्म, भाषा, संस्कृतिमा कुनै मेल नभएका भुटानका पुर्खाहरू चिनियाँ स्वशासित क्षेत्र तिब्बतबाटै बसाइँ सरी त्यहाँ गएका थिए।
_x000D__x000D_
भारतीय विदेश नीति निर्माताहरू भूटानसँगको सम्बन्धमा ज्यादै होसियारीका साथ अघि बढेको बताउँछन्। उनीहरूलाई आफूले गरेको गल्तीको आभाष भएको पाइँदैन। भुटानका ल्होत्साम्पालाई भुटानबाट निकाला गर्दा सिक्किम, दार्जिर्लिङ, कालिम्पोङ, डुअर्स क्षेत्रमा रणनीतिक सुरक्षा हुने महसुस गरेका थिए। भारतीय स्वार्थ इतरको व्यक्ति नयाँ प्रधानमन्त्रीका रूपमा भुटानमा आएपछि २८ वर्षअघि गरेको अनुमान उल्टिएको छ।
_x000D__x000D_
म अझै सम्झन्छु, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (१९९०–९१) सँगको भेटमा उनले भारतको विदेश नीतिका विषयमा भनेको कुरा। उनले भनेका थिए,‘ल्होत्साम्पालाई भुटानबाट देश निकाला गर्दा भारतीय राजनीतिमा कस्तो असर पर्छ भन्ने कुरा दिल्लीलाई नै थाहा छैन।’
_x000D__x000D_
भट्टराईले त्यो बेला भारतीय रणनीतिका विषयमा गरेको आशंका हाल आएर साबित भएको छ। भुटानी अर्थतन्त्रलाई भारतीय प्रभावबाट मुक्त गर्दै विविधीकरण गर्ने भुटानको अबको रणनीति हुनेछ। आन्तरिक ऋण घटाउँदै चीन लगायतका देशबाट वैदेशिक लगानी भित्र्याउनु उसको आगामी पाँच वर्षको रणनीति हुनेछ। सम्भवतः भारतले हाल आएर भुटानसँगको विदेश नीतिमा गल्ती गरेको महसुस गरेको होला।
_x000D__x000D_
भुटानमा भएको भारतको रणनीतिक हारलाई व्याख्या गर्न कार्टुनिष्ट पुथुकी नायर कट्टीले कस्तो किसिमको कार्टुन बनाउँथे होलान्। कट्टी जीवित रहेको भए सम्भवतः राष्ट्रिय झन्डा ओढेको भारतीय नागरिकले राष्ट्रिय झन्डा ओढेको चिनियाँ नागरिकलाई भुटानसँग सम्बन्धित सबै कागजपत्र थमाउँदै भन्थे होला, 'मिस्टर चाइना! के तपाईं मेरा यी सबै उपहार स्वीकार गर्नुहुन्छ?
_x000D__x000D_
भावानुवाद : पुरुषोत्तम पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।