गौशाला– महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करिब २ लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ।
_x000D_
_x000D_
भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
_x000D_
_x000D_
भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।