बेत्रावती– नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन्। नुवाकोट उद्योग वाणिज्य संघकाे पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन छन्।
_x000D_
_x000D_
संघको पहलमा ३५ लाखको लागतमा ती क्यामरा जडान गरिएका हुन्। क्यामरा बिग्रिएपछि मर्मत गर्न सम्बन्धित पक्षले चासो देखाएको छैन। एक वर्षदेखि बिग्रन थालेका क्यामरा क्रमशः सबै बिग्रिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए।
_x000D_
_x000D_
एक वर्षअघि संघले साविक जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा क्यामरा जडान गरेको हो।
_x000D_
_x000D_
'८ लाख जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ,' नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले भनिन्।
_x000D_
_x000D_
सरोकारवाला संस्थाबाट आर्थिक सहयोग उपलब्ध नहुँदा बिग्रिएका क्यामरा मर्मत गर्न नसकिएको हो।
_x000D_
_x000D_
गगङ्टेदेखि बट्टार, विदुर, ढुङ्गे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर क्षेत्रको मुख्य सडकमा जडान गरिएका क्यामराको सहयोगमा सदरमुकामसहित बजारक्षेत्रमा शान्ति, सुरक्षा कायम गराउन तथा चोरी र अपराधका घटना कम गर्न सहयोग पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।