लमही– दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ। बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ।
_x000D_
_x000D_
विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर बनाउन सकेका छैनन्। उनीहरु अहिलेसम्म बाँसका टहरामा नै बस्दै आएका छन्।
_x000D_
_x000D_
हिउँदमा टहरामा बस्न मुस्किल हुने तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका बाढीपीडित जीतबहादुर चौधरी बताउँछन्। 'वर्खामा बाढी भित्रै पस्ने समस्या हुन्थ्यो', उनले भने, 'हिउँदमा जाडोले सताउने गर्छ।'
_x000D_
_x000D_
सरकारले घर निर्माणका लागि ७५ हजार उपलब्ध गराएको अर्का बाढीपीडित शरद चौधरीले गुनासो गरे। 'बाँस कुहिएकाले भत्किने डर छ,' उनले भने।
_x000D_
_x000D_
जिल्लाका बाढीपीडितले चार वर्षसम्म घर बनाउन सकेका छैनन्। सरकारले रकम नदिँदा उनीहरुले घर निर्माण गर्न नसकेका हुन्। सरकारले राहत रकम चार किस्तामा उपलब्ध गराउने भने पनि अहिलेसम्म दुई किस्ता मात्रै दिएको चौधरीले बताए।
_x000D_
_x000D_
भवन डिभिजन कार्यालयका इञ्जिनियर सन्तोष यादव राहत रकम उपलब्ध गराउने काम जिल्ला प्रशासन कार्यालयको भएको बताउँछन्। 'भवन डिभिजन कार्यालयले घर निर्माणको नक्सा तयार पारिदिने हो, सोहीअनुसार जिल्ला प्रशासनले राहत उपलब्ध गराउने हो,' उनले भने।
_x000D_
_x000D_
विसं २०७१ मा जग्गा भएका तर घर नभएका २ सय ५० परिवारलाई २५ हजारका दरले ६२ लाख ५० हजार राहत उपलब्ध गराइएको यादवले बताए।
_x000D_
_x000D_
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश आचार्यका अनुसार बाढीले ३ सय ५९ घर पूर्ण रुपमा क्षति तथा २ सय ८२ घरमा आंशिक क्षति पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।