काठमाडौं– स्वास्थ्य सेवाको सङ्घीय संरचनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं आजदेखि विधिवत रुपमा प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित भएको छ।
_x000D_
_x000D_
सो कार्यालयले काठमाडौंसहित ललितपुर र भक्तपुर जिल्लाको स्वास्थ्य सेवाको समन्वय गर्नेछ। तीन नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आज यहाँ आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य कार्यालयको शुभारम्भ गर्दै अगामी दिनमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गरिने चर्चा गरे। उनले अन्य पाँच स्थानमा छिट्टै यस्ता कार्यालय सञ्चालनमा आउने पनि जानकारी दिए।
_x000D_
_x000D_
सो अवसरमा प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले स्थानीय तहले सञ्चालन गर्ने र गरिराखेका स्वास्थ्य सेवाको अझ प्रभावकारिताका लागि कार्यालयले समन्वयात्मक काम गर्ने जानकारी दिए।
_x000D_
_x000D_
तीन नम्बर प्रदेशले यसअन्तर्गतका १३ जिल्लाका स्वास्थ्य सेवालाई समन्वय गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत ५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्न लागेको छ। स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।