काठमाडाैं–नेपाल खाद्य संस्थानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न संस्थानका शाखा कार्यालयका साथै जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरेको छ।
_x000D_
_x000D_
संस्थानले मोटो धानको प्रति क्विन्टल २ सय ३३ र मध्यम धानको प्रति क्विन्टल २ सय ४६ न्यूनतम समर्थन मूल्य तोकेको प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ।
_x000D_
_x000D_
किसानले उत्पादन गरेको धानको उचित मूल्य होस् भन्ने उदेश्यले न्यूनतम समर्थन मूल्य तोकेको खाद्य संस्थानले उल्लेख गरेको छ।
_x000D_
_x000D_
नेपाल सरकारले तोकेको न्यूनतम मूल्यमा नै किसानबाट धान खरिद गर्ने वातावरण सिर्जना गर्न संस्थानले सबैलाई आग्रह समेत गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।