काठमाडाैं– जिल्लामै कर तिर्ने वातावरण बनाउन रसुवाका व्यवसायीले माग गरेका छन्।
_x000D_
_x000D_
साताैँ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व कार्यालय बालाजुले सोमबार सदरमुकाम धुन्चेमा आयोजना गरेको उत्कृष्ट करदाता सम्मानितत तथा करदाता सचेतना कार्यक्रममा सहभागी व्यवसायीले जिल्लामै कर तिर्ने वातावरण बनाउन माग गरेका हुन्।
_x000D_
_x000D_
थोरै कर तिर्न पनि धेरै रकम खर्च गरेर आन्तरिक राजस्व कार्यालय बालाजु जानुपर्ने हुदाँ जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत कर तिर्ने व्यवस्था गर्नुपर्ने व्यापारी गीता श्रेष्ठले बताइन्।
_x000D_
_x000D_
कर तिर्न काठमाडाैंसम्म जानुपर्दा धेरै खर्च र झन्झटिलो हुने गरेको होटल व्यवसायी निसान गजुरेलले बताए।
_x000D_
_x000D_
उनले भने, ‘एउटै व्यवसायीले धेरै स्थानमा कर तिर्नुपर्छ, जसले गर्दा खर्चिलो र झन्झटिलो भएको छ, त्यसैले पनि जिल्लाबाटै कर तिर्ने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग हो।’
_x000D_
_x000D_
१५ सय रुपैयाँ कर तिर्न कम्तिमा ६ हजार खर्च हुने गरेको समेत गजुरेलले बताए। त्यस्तै कर तिर्नुपर्छ भन्दैमा व्यवसायीलाई मारमा पारेको व्यवसायी दावा पेम्बा तामाङले बताए।
_x000D_
_x000D_
सरकारले एकद्वार प्रणालीमा कर तिर्ने व्यवस्था गरेको बताए पनि धेरै ठाउँमा कर तिर्नुपर्दा व्यवसायीलाई समस्या भएको रसुवा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुबसाङ तामाङले बताए।
_x000D_
_x000D_
जिल्लाबाटै कर तिर्ने व्यवस्था नहुदाँ रसुवाका व्यवसायी मारमा परेका छन्। करिब ७ घण्टाको यात्रा गर्दै आन्तरिक राजस्व कार्यालय बालाजु पुग्ने गरेका छन्।
_x000D_
_x000D_
आन्तरिक राजस्व कार्यालय बालाजुमा जिल्लाबाट प्यानमा दर्ता गर्ने व्यवसायी १ हजार ९ सय र भ्याटमा दर्ता गर्ने व्यवसायी करिब २ सय रहेका छन्।
_x000D_
_x000D_
व्यवसायीलाई कर तिर्न सहज बनाउनका लागि जिल्लामा शिविर सञ्चालन गरिने प्रमुख कर अधिकृत इन्द्र बहादुर देवकोटाले बताए।
_x000D_
_x000D_
पहिलो चरणमा फागुनदेखि चैत र दोस्रो चरणमा आउँदो असोजमा सञ्चालन गरिने अधिकृत देवकोटाले बताए।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।