कास्की– पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन लागि परेको बताएका छन्।
_x000D_
_x000D_
उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोत साधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताए।
_x000D_
_x000D_
विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डले महानगरपालिका प्रतिनिधिसँग सोमबार गरेको शिक्षा योजनाबारे छलफलमा मेयर जिसीले पोखरालाई सबैको शैक्षिक गन्तव्य बनाउने बताए।
_x000D_
_x000D_
‘शिक्षा कार्यविधि अनुसार शिक्षा परिषद् गठन गरेर पोखराको शिक्षाको अध्ययन अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादनमा महानगरले प्राथमिकता दिएको छ,’ उनले भने।
_x000D_
_x000D_
नेपालका लागि फिनल्यान्डका राजदूत पे्रती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतसँग छलफल गरेको हो।
_x000D_
_x000D_
कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताइन्। ‘शिक्षा बिना विकास सम्भव नभएकाले त्यसप्रति महानगर सचेत छ,’ उनले भनिन्।
_x000D_
_x000D_
प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संघीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी पनि महानगरमा आएकाले योजनावद्ध रुपमा काम गर्ने बताउँदै शिक्षालाई प्राथमिकतामा राखेको बताए।
_x000D_
_x000D_
महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगर भित्रका विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाएर सेतोपाटी राख्ने बताए।
_x000D_
_x000D_
पोखरामा २ सय ११ सामुदायिक र १ सय ७८ वटा संस्थागत विद्यालय छन्।
_x000D_
_x000D_
छलफलमा राजदूत प्रेती एन्टिनेनले योजनावद्ध रुपमा काम गरेका पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताए।
_x000D_
_x000D_
उनले भने, ‘पोखराको सुन्दरताबाट म निकै प्रभावित छु। यहाँको शैक्षिक विकास गर्न म सधैँ लागिपर्ने छु।’
_x000D_
_x000D_
राजदूतसहितको टोलीले पोखराका केही विद्यालयको भ्रमण समेत गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।