विराटनगर– पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका-३ स्थित थापाचोकमा सोमबार सुमोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
_x000D_
_x000D_
पूर्व जाँदै गरेको को १ ज २९२१ नम्बरको टाटा सुमोले ठक्कर दिँदा उर्लाबारी नगरपालिका-३ का पैदलयात्री ५५ वर्षीय मनबहादुर राईको मृत्यु भएको हो।
_x000D_
_x000D_
बाटो काट्ने क्रममा सुमोको ठक्करबाट घाइते भएका राईको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ।
_x000D_
_x000D_
सुमोका चालक ईटहरी उपमहानगरपालिका ५ का २० वर्षीय राजु राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।