काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन घटना दोषीहरूलाई उन्मुक्ति दिने तथा द्वन्द्वपीडितलाई न्यायबाट विमुख गराउने कार्य नर्गन सरकारलाई आग्रह गरेको छ।
_x000D_
_x000D_
आज एक विज्ञप्ति जारी गर्दै आयोगले द्वन्द्वपीडितले पाउने न्याय ओझेलमा नपरोस् भन्दै द्वन्द्वपीडितहरु एकढिक्का भएर न्यायको लागि लड्नुपर्ने बताएको छ।
_x000D_
_x000D_
संक्रमणकालीन न्यायका संयन्त्रहरु प्रभावकारी भइदिएनन् भने न्याय अल्मलिन्छ भन्दै अध्यक्ष अनुपराज शर्माले समयमै प्रतिवेदन/सिफारिसहरू नेपाल सरकारलाई बुझाएको अवस्थामा मात्रै मानव अधिकारका विषयले मूर्त रूप लिन सक्ने बताए।
_x000D_
_x000D_
द्वन्द्वपीडितहरू बीच नै द्वन्द्वको रेखा देखा नपरोस् भन्दै अध्यक्ष शर्माले त्यसो भएको खण्डमा मात्रै मानव अधिकारको विषयलाई संस्थागत रूपमा सम्बोधन गर्न सहज हुने बताए। द्वन्द्वपीडितको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।