चितवन– प्रचण्डपुत्र प्रकाश दाहालको पहिलो स्मृति दिवसका अवसरमा चितवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
_x000D_
_x000D_
तत्कालीन माओवादी केन्द्र र एमाले निकट ४ वटा संगठन मिलेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन्। सोे अवसरमा १२ जना महिलासहित १ सय ३ जनाले रक्तदान गरेका अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रकाश कँडेलले जानकारी दिए।
_x000D_
_x000D_
वाइसिएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) चितवनद्वारा संयुक्तरूपमा नारायणगढको लायन्सचोकमा कार्यक्रम आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।