ललितपुर- ललितपुर महानगरपालिकाले करारमा कर्मचारी राख्ने योजना अघि सारेको छ।
_x000D_
_x000D_
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी राख्ने योजना सार्वजनिक गर्नु भएको हो। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि’ आफूहरु करारमा कर्मचारी राख्न बाध्य हुनु परेको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
'करारमा राखेका कर्मचारीहरुले राम्रो काम गरे २ वर्षपछि उनीहरूको म्याद थप गर्ने ललितपुर महानगरपालिकाको योजना छ। मेयर महर्जनले सबै वडामा इन्जिनियरहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको छ' उनले भने।
_x000D_
_x000D_
ललितपुर महानगरपालिका भित्र २९ वटा वडा रहेका छन्। स्थानीय तह संचालन ऐन अनुसार महानगरपालिकाले हरेक वडामा इन्जिनियर नियुक्त गर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
मेयर महर्जनले नेपाल सरकारको नीतिगत निर्णयमा ढिलाई हुँदा स्थानीय सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।