काठमाडौं– चीन सरकारले नेपालका लागि नयाँ राजदूत सिफारिस गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी उप–कार्यकारी निर्देशक हाउ यानकीलाई चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा सिफारिस गरेको हो।
_x000D_
_x000D_
नेपाल सरकारले यानकीका नाममा ‘एग्रिमो’ पठाएपछि यानकीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालका लागि चीनको २१औँ राजदूतका रुपमा नियुक्त गर्नेछन्। हाल चिनियाँ राजदूत रहेकी यू होङ आफ्नो दुई वर्षे कार्यकाल सकी स्वदेश फर्किन लागेकी छन्।
_x000D_
_x000D_
नेपालका लागि सिफारिस राजदूत यानकी दक्षिण एसियाली मामिला विषयको जानकार रहेको बताइएको छ। उनी नेपाल–चीन सम्बन्ध र विकसित घटनाक्रमका विषयमा पनि जानकार रहेको स्रोतको दाबी छ।
_x000D_
_x000D_
नेपाली राजनीतिक नेतामाझ परिचित यानकीले पेकिङ विश्वविद्यालयबाट उर्दू भाषामा स्नातकोत्तर गरेकी छिन्। सन् १९९६ मा चिनियाँ विदेश मन्त्रालयमा प्रवेश गरेकी उनमा पाकिस्तान र लाओसस्थित चिनियाँ महावाणिज्य दूतावासमा रही कूटनीतिक कार्यसम्पादन गरेको अनुभव छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।